Accessibility Options


Skip to Navigation Skip to Content

Advocacy Documents on Disability Issues


The following are the original documents that are circulated by different government agencies at different dates which people with disabilities and their organizations can use as an evdence for advocacy in many occasions.

महासँघको पैरवी अभियानको उपलब्धि: यातायात मन्त्रालयको अपाङ्गतामैत्री निर्णय

Published on Sep 15, 2017

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा संचालन गरेको पैरवी अभियानले एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। पैरवी अभियान मार्फत महासँघले बुझाएको ध्यानाकर्षण पत्र प्राप्त भएपछि श्री भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहातका निकायहरू यातायात व्यवस्था विभाग, रेल विभाग तथा सडक विभाग लाई पत्र लेख्दै ती निकायबाट निर्माण वा पुननिर्माण हुने भौतिक संरचना तथा सबै प्रकारका यातायातका साधनहरूमा अपाङ्गता भएका व्यक्तिहरूको सवालहरू सम्बोधन गर्न निर्देशन दिएको छ।

Read Full Story

दिगो विकास लक्ष्यहरु: एक परिचय

Published on Jul 31, 2017

Sustainable Development Goals (SDG) all icons of the goalsदिगो विकास लक्ष्य(एसडीजी)हरूको उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । विश्वका नेताहरूले मानिस, पृथ्वी र समृद्धिका लागि एक कार्ययोजना तयार गरेका छन् । चरम गरिबी लगायत गरिबीका सबै स्वरूप तथा आयामहरूको उन्मूलन गर्नु विश्वको सबैभन्दा ठूलो चुनौती रहेको छ र दिगो विकासका लागि गरिबीको अन्त्य एउटा अपरिहार्य आवश्यकता बनेको छ ।

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेलाद्वारा जारी संयुक्त काठमाडौं घोषणापत्र २०१६

Published on Dec 25, 2016

मिति २०७३ मंसिर २७ र २८ गते काठमाडौँ सम्पन्न भएको अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला संयुक्त काठमाडौँ घोषणा पत्र जारी गर्दै समाप्त भयो। सो घोषणा पत्र यस प्रकार रहेको छ।

Read Full Story

Joint Kathmandu Declaration Adopted by National Human Rights Summit of Persons with Disabilities

Published on Dec 24, 2016

A National level human rights summit of persons with disabilities was organized in Kathmandu on Dec 12-13, 2016. The two day summit ended with the adoption of a joint declaration that contains recommendations for various stake holders to bring disability as a top development priority.

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्नका लागी सही शब्दावली (Correct terminologies to address Persons with Disabilities)

Published on Dec 18, 2016

आम मानिसहरूले जानेर वा नजानीकनै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्न अमर्यादीत र गलत शब्दावलीहरूको प्रयोग गरेर उनीहरूको मनोवलमा ठेस पुर्याउने काम गरीरहेका हुन्छन्। पाठकहरूको सहजताका लागी हामीले बिभिन्न खालका अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्दा प्रयोग गर्नहुने र नहुने शब्दावलीहरूलाई समेटेर यो सामाग्री तयार गरेका छौँ।

While addressing people with disabilities, knowingly or unknowingly, many of us use undignified and incorrect terminologies. To make it easier for our readers, we have compiled both the incorrect terminologies and the dignified words that should be used while addressing people with different kind of disabilities.

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को नारामा उल्लेख भएका दिगो विकासका १७ लक्ष्यहरू

Published on Nov 30, 2016

Poster for IDPD 2016

संयुक्त राष्ट्रसंघले यस वर्षको लागि दिगो विकासका १७ वटा लक्षहरूमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्य रूपमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवसको नारा तय गरेको छ । यस वर्षको नारा अंग्रेजीमा "Achieving 17 goals for the future we want" रहेको छ भने यसलाई नेपालीमा "हासिल गरौँ दिगो विकासका १७ लक्ष, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य" भनि अनुवाद गरिएको छ ।

के के हुन् त दिगो विकासका १७ लक्षयहरू?

Read Full Story

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

Published on Jul 13, 2016

अपांगता क्षेत्र अत्यन्तै संवेदनशिल क्षेत्र भएको कारणले गर्दा अपांता भएका नागरिकहरुको हक अधिकार संरक्षण प्रवर्धनकालागी बिशेषगरि कानूनका अगाडी समानताको सिद्धान्तका आधारमा अपांगताको सवालमा बिशेष कानून र अपांगतामैत्री कानूनको निर्माण गर्नु अपरिहार्य हुन आउँदछ । तसर्थ यो बिधेयक छिटो भन्दा छिटो पारित गर्ने कार्यमा सम्पुर्ण माननीय सांसद, राजनीतिक दल, सवैदलका प्रमुख तथा पदाधिकारी,संसदिय दल प्रमुख र सचेतकहरुमा हार्दिक अनुरोध गर्दछौ ।

Read Full Story

लोक सेवा आयोगले दृष्टिबिहिन परिक्षार्थीका लागी गरेको निर्णय (अतिरिक्त समय तथा सहयोगी बारे)

Published on Jan 24, 2016

लोक सेवा आयोग ले दृष्टिबिहिन परिक्षार्थीहरूको लागी गरेको अतिरिक्त समय, सहयोगी र प्रश्नहरूको प्रकार सम्बन्धको निर्णय यस प्रकार रहेको छ।

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस, डिसेम्वर ३ – एक परिचय

Published on Nov 27, 2015

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन, समावेशीकरण, शसक्तिकरण र अपाङ्गताका विविध सवालहरूमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवस सन १९९२ वाट मनाउन थालिएको हो । यो दिवस हरेक वर्ष विभिन्न अन्तराष्ट्रिय नाराहरूका साथ डिसेम्वर ३ मा मनाउने गरिन्छ । यस वर्षको अपाङ्गता दिवस २४ औँ हो र यस पटकको अन्तराष्ट्रिय नारा अङ्ग्रेजीमा  "Inclusion Matters : access and empowerment for the people of all abilities." भन्ने रहेको छ ।

Read Full Story

नेपालको संविधान २०७२ ले समेटेका अपाङ्गता भएका व्यक्तिका अधिकारहरू

Published on Sep 21, 2015

नेपाली नागरिक भएको हैसियतले यस सम्बीधानमा उल्लेख भएका सबै अधिकारहरू अपाङ्गता भएका व्यक्तिहरूले अन्य सरह समान आधारमा निर्वाध रूपमा उपयोग गर्न पाउँछन । यद्दपी यस वाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केहि विशेष अधिकारहरू सहित विशेष व्यवसथाहरू समेत गरिएका छन् जो यस प्रकार छन् ।

Read Full Story

नेपालको नयाँ सम्बिधानको मस्यौदामा उल्लेख गरिएका अपाङ्गता सम्बन्धी प्रावधानहरू

Published on Jul 14, 2015

आम नागरिकहरूसरह सम्बिधानमा सुनिश्चित गरिएका सबै अधिकारहरूको समानरूपमा उपयोग गर्न पाउने शुनिश्चितताका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि देहायबमोजिम थप र विशेष व्यवस्थाहरू संविधानको नयाँ मस्यौदामा गरिएको छ ।

Read Full Story

नेपाल राष्ट्र बैंकको सबै बैंकहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज सेवा दिनुपर्ने परिपत्र

Published on Dec 26, 2014

नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तिय संस्थाहरूलाई नियमन गर्ने बिभागले नेपालका सम्पुर्ण क,ख र ग बर्गका ईजाजत प्राप्त बैंक तथा बित्तिय संस्थाहरूका लागी उनीहरूले अनिवार्य लागु गर्नुपर्ने केहि व्यवस्थाहरू समेटेर अस्ति शुक्रबार एउटा नया सर्कुलर पठाएको रहेछ। त्यस सर्कुलरको बुदा नं ४ मा लेखिएको रहेछ- "ज्येष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई सरल बैंकिङ्ग सुविधा उपलब्ध गराउन बैंक तथा बित्तिय संस्थाहरूले आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। त्यस्ता व्यक्तिहरूका लागी सहज र अपाङ्गमैत्री काउन्टरको आवश्यकता भए सो समेत व्यवस्था गर्नुपर्न छ।"

Read Full Story

त्रिभुवन विश्ववद्यालयका सबै आङ्गिक क्याम्पसहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना र अन्य शुल्क मिनाहा सम्बन्धी निेर्णय

Published on Mar 1, 2005

सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयमा निशुल्क भर्ना गराई, भर्ना पछि पनि कुनै पनि सेवा शुल्क नलिनु भन्न सम्मानीय सर्वोच्च अदालतको निर्देशनात्मक आदेश अनुसार त्रिभुवन विश्वविद्यालयको मिति २०६१्/११्/१७ गतेको बसेको कार्यकारी परिषदको निर्णय अनुसार आफ्ना सबै आङ्गिक क्यापसहरूलाई पत्राचार गरेर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क भर्ना गराउन र भर्ना पछि पनि निजहरू सँग मासिक शुल्क, परिक्षा शुल्क, लब्धाङ्क पत्र शुल्क तथा अन्य सबै शुल्क मिनाह गर्न निर्देशन गरेको छ।

Read Full Story

अपाङ्गता भएका व्यक्तिहरूलाई काम बाट ननिकाल्ने बारे मन्त्रीपरिषदको निर्णय

Published on Jan 2, 2005

नेपाल सरकार मन्त्रीपरिषदको बैठकले मिति २०५७/०४/१६ मा नेपाल सरकारको स्वामित्व भएका सङ्घठित सँस्थाहरू (सँस्थान, समिति, निगम, परिषद्,प्रतिष्ठान, प्राधिकरण आदि) मा अस्थायी करार वा ज्यालादारीमा नियुक्त भई कार्यरत अपाङ्ता भएका वयक्तिहरूलाई उनीहरूको करार समाप्त भएपनि मानवीय आधारमा अवकार नलिने निति लिने र अवकाश दिसकेको भए प्रकिया पुर्याई पुन सोही स्थाननमा नियुक्त गर्ने निर्णय गरेको छ।

Read Full Story


The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.