News & Events
राष्ट्रिय अपाङ्ग महासंघ–नेपाल मध्यमाञ्चल क्षेत्रिय अधिवेशन सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ–नेपालको मध्यमाञ्चल क्षेत्रिय समितिको अधिवेशन सम्पन्न यहि श्रावण २० र २१ गते सम्पन्न भएको छ । अधिवेशन मकवनपुरको हेटौडामा सम्पन्न भएको हो । औपचारिक रुपमा आरम्भ भएको कार्यक्रम सोही दिनमा बन्द सत्र शुरु भई आर्थिक तथा प्रगति प्रतिवेदनमा छलफल भएको थियो । उक्त अधिवेशनले शारीरिक अपाङ्गता भएका चुडामडी पौडेको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्य समितिको पदावधी ३ वर्षको हुनेछ । अधिवेशनमा मत्तयमाञ्चल विकास क्षेत्रका १०४ संस्थाहरुको सहभागिता रहेको थियो ।












Print this page