introduction-to-resource-book – National Federation of the Disabled – Nepal

प्रमुख उद्देश्यहरू, अपेक्षित उपलब्धिहरू र पुस्तकको प्रयोग (Objectives, Expected Outcomes and Use of Resource Book)
प्रमुख उद्देश्यहरू :

क) अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई राज्य तथा गैरसरकारी क्षेत्रबाट प्रदान गरिएका सेवा, सुविधा, अवसर र यससँग सम्बन्धित कानुनी व्यवस्थाका बारेमा सुसूचित गराई अधिकार उपभोगमा सघाउ पुर्याउने ।

ख) अपाङ्गता अधिकारका लागि पैरवीमा सहयोग पुर्याउने ।

ग) अपाङ्गता भएका व्यक्तिहरूलाई सेवासुविधामा पहुँच पुर्याउन कार्यरत संघसंस्था, निकाय, व्यक्तिलाई आवश्यक र अद्यावधिक सूचना प्रवाह गर्ने।

घ) अपाङ्गता भएका व्यक्तिका लागि सेवासुविधा प्रवाह गर्न स्थानीय सरकारी निकायमा आवश्यक वातावरण तय गर्ने ।

ङ) अपाङ्गता विषयको मूल प्रवाहीकरणमा सघाउ पुर्याउने ।

अपेक्षित उपलब्धिहरू :

क) अपाङ्गता विषयसँग सम्बन्धित सम्पूर्ण सेवासुविधा र कानुनी व्यवस्थाहरू एउटै पुस्तकमा समेटिने ।

ख) सेवा/सुविधाग्राहीलाई राज्यबाट पाउने सेवा, सुविधा र अवसरका बारेमा जानकारी लिन र सम्बन्धित निकायबाट सुविधा उपभोग गर्न सहज हुने।

ग) स्थानीय स्तरका सेवाप्रदायक निकायहरूलाई आवश्यक सूचना प्रदान गरी पर्याप्त मार्ग निर्देश गर्ने ।

घ) अपाङ्गता अधिकारका लागि काम गर्ने स्वावलम्बी संस्था, सीबीआर कार्यकर्ता, अपाङ्गता अधिकारकर्मी र यससँग सम्बद्ध संघसंस्थालाई अपाङ्गता भएका व्यक्तिका विभिन्न विषयमा पैरवी गर्न सहज हुने ।

ङ) सेवासुविधा र कानुनी व्यवस्थाका बारेमा स्थानीय सरोकारवाला र लक्षित समूहहरू सूसुचित हुने ।

च) सेवासुविधाको उपभोग र यसमा देखिएका समस्याका बारेमा पृष्ठपोषण हुने ।

यस पुस्तकको प्रयोग ककसले गर्न सक्छन् ?

यस पुस्तकको प्रयोग निम्न सरोकारवाला समूह वा व्यक्तिले गर्न सक्छन् ।

1. अपाङ्गताका क्षेत्रमा काम गर्ने सामुदायिक अपाङ्गता सहयोगी कार्यकर्ता, सीबीआर कार्यकर्ता ।

2. अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरू ।

3. अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संघसंंस्था र अपाङ्गताका क्षेत्रमा काम गर्ने अन्य संघसंस्था ।

4. नेपाल सरकार र नेपाल सरकारका क्षेत्रीय, जिल्ला तथा गाउँ तथा नगरपालीकास्तरीय निकायहरू ।

5. अपांगता अधिकारकर्मी, मानव अधिकारकर्मी तथा नागरिक समाज ।

6. अपाङ्गताका सबालमा चासो राख्ने वा यस विषयमा अध्ययन अनुसन्धान गर्न चाहने व्यक्ति तथा संस्थाहरू ।