legal – National Federation of the Disabled – Nepal

कानुनी सेवा प्राप्त गर्ने (Receive Legal Services)
(कानुनमा उल्लेखित व्यवस्था)

सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक परेमा सरकारले कानुनी सुविधा प्रदान गर्नु पर्ने प्रावधान छ । यस अन्तर्गत कानुनी परामर्श, अदालती वा सरकारी सेवा लिँदा पेस गर्नु पर्ने आवश्यक कागजपत्र वा निवेदन तयार गर्ने, मुद्दाको निवेदनपत्र तयार गर्ने, मुद्दाका सबै काम गर्ने जस्ता कार्यहरू पर्छन् ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने कानुनी सेवा आवश्यक परेका अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय

– प्रत्येक जिल्लामा रहेका जिल्ला सरकारी वकिलको कार्यालय

– जिल्ला बार एसोसिएसन

सुविधा प्राप्त गर्ने प्रक्रिया :

उल्लिखित संस्थाहरूले तय गरेको प्रक्रियाअनुसार आफ्नो अपाङ्गता परिचयपत्रको प्रतिलिपि संलग्न गरी चाहेको कानुनी सेवाका लागि आवेदन गर्ने ।

सुविधा प्राप्त गर्ने आधार

क) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ को नियम २० : कुनै अपाङ्गले मुद्दामामिला सुनुवाइका क्रममा कुनै किसिमको कानुनी सुविधा लिन चाहेमा निजलाई नेपाल सरकारबाट नियुक्त वैतनिक वकिलमार्फत् आवश्यक कानुनी सेवा उपलब्ध गराउन सकिनेछ ।

अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न सेवासुविधा, अधिकार तथा अवसर समानीकरणका लागि काम गर्ने संघसंस्था आदिका लागि कानुनमा गरिएका केही व्यवस्था (Legal Provision for Organizations working to promote rights of Persons with Disabilities)
अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९

दफा १० को उपदफा २ :

कुनै अपाङ्गले खेलकुद, मनोरञ्जन वा सांस्कृतिक प्रदर्शन इत्यादिमा भाग लिन चाहेमा सो कामका लागि सम्बन्धित संस्थामा उपयुक्त तालिम दिने, सिकाउने र सो कामका लागि व्यवस्था गरिदिने सम्बन्धमा प्राथमिकता दिन सकिनेछ ।

दफा १० को उपदफा ४ :

अपाङ्गले प्रयोग गर्ने सहायक साधन, उपकरण वा औजार तथा अपाङ्गको तालिमको लागि वा निजी रोजगारीमा लागेको अपाङ्गको रोजगारीका लागि प्रयोग गर्ने मालसामान, यन्त्र, पार्टपुर्जा तथा कच्चा पदार्थमा भन्सार, अन्त:शुल्क, बिक्री कर, स्थानीय कर, सरचार्ज र अन्य दस्तुरसमेत नेपाल सरकारले सम्पूर्ण वा आंशिकरूपमा छुट दिन सकिनेछ ।

दफा १० को उपदफा ६ :

अपाङ्गलाई रोजगारी दिने कारखानालाई सो कारखानाले नियुक्त गरेको, अपाङ्गको अनुपातमा नेपाल सरकारले तोकिएबमोजिमको दरले आयकर छुट दिन सक्नेछ । अपाङ्गलाई नियुक्त गर्न आˆनो कारखानाको यन्त्रमा गरिएको विशेष अदलबदल वा जडान गरिएको पार्टपुर्जाबापतमा भएको खर्चलाई तोकिएबमोजिमको परिमाणमा आयकर छुट पाउने अङ्कमा जोड्न अनुमति दिन सकिनेछ ।

दफा १० को उपदफा ७ :

अपाङ्गको निम्ति तालिम दिने वा रोजगारी दिने वा रोजगारीको व्यवस्था गरिदिने सामाजिक संस्था, व्यापारिक वा औद्योगिक प्रतिष्ठानलाई बैंक तथा आर्थिक संस्थाहरूबाट सरल ब्याजदरमा ऋण दिलाउने व्यवस्था गर्न सकिनेछ ।