mobility – National Federation of the Disabled – Nepal

हवाई यातायातमा लाग्ने भाडामा ५० प्रतिशत छुट (Fifty percentage of Discount in Airfare)
(कानुनमा उल्लेखित व्यवस्था)

सुविधा :

आन्तरिक हवाई यात्रामा अपाङ्गता भएका व्यक्तिहरूलाई भाडामा ५० प्रतिशत छुट दिइन्छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्राप्त गर्ने ठाउँ/निकाय :

सम्बन्धित हवाई सेवाको टिकट बिक्री कक्ष ।

सुविधा प्राप्त गर्ने प्रक्रिया

क) यो सुविधा लिनका लागि सुविधा लिने व्यक्तिसँग अपाङ्गता परिचयपत्र हुनु अनिवार्य छ ।

ख) परिचयपत्रको प्रतिलिपिसहित आफ”ले उपयोग गर्न चाहेको हवाई सेवाको टिकट बिक्री कक्षमा हवाई टिकटका लागि अनुरोध गर्ने ।

सहुलियतको सीमा

यो सुविधा देशभित्रका सबै निजी तथा सरकारी हवाई उडानमा प्रतिउडान एकजना अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइनेछ ।

सुविधा प्राप्त गर्ने आधार

क) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा ३ : कुनै अपाङ्गलाई बस, रेल, हवाईजहाजबाट यात्रा गर्दा निजलाई र अरू कुनै व्यक्तिको सहारा निरन्तर चाहिने भए एकजना व्यक्तिलाई यात्रु भाडाको आधा छुट दिन सकिनेछ ।

ख) सम्बन्धित मन्त्रालयले २०६३ जेठ २६ गते मन्त्रीस्तरीय निर्णय गरी लागू गरेको …अपाङ्गता भएका व्यक्तिलाई आन्तरिक हवाई यात्रामा दिइने छुट वा सहुलियतसम्बन्धी कार्यविधि, २०६३,

सार्वजनिक सडक यातायातमा भाडा छुट (Discount in Public Road Transportation)
(कानुनमा उल्लेखित व्यवस्था)

सुविधा :

सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणमा समेटिने सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्राप्त गर्ने ठाउँ/निकाय :

लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक भाडाका सबारी साधनहरू सञ्चालन गर्ने व्यावसायिक संस्थाहरू ।

सुविधा प्राप्त गर्ने प्रक्रिया :

सार्वजनिक सबारीका साधनहरूमा यात्रा गर्दा वा यात्रा गर्नका लागि टिकट काउन्टरबाट टिकट खरिद गर्दा अपाङ्गता परिचयपत्र देखाउने वा सोको प्रतिलिपि पेस गर्ने ।

सुविधा प्राप्त गर्ने आधार

अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा ३ : कुनै अपाङ्गलाई बस, रेल, हवाईजहाजबाट यात्रा गर्दा निजलाई र अरू कुनै व्यक्तिको सहारा निरन्तर चाहिने भए एकजना व्यक्तिलाई यात्रु भाडाको आधा छुट दिन सकिनेछ ।

सार्वजनिक सडक यातायातमा सिट आरक्षणको व्यवस्था (Seat Reservation in Public Road Transportation)
(कानुनमा उल्लेखित व्यवस्था )

सुविधा :

सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई सिट आरक्षण गनर्’पर्ने प्रावधान छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिने अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्राप्त गर्ने ठाउँ/निकाय :

सार्वजनिक सबारी साधन सञ्चालकहरू (हरेक १५ जना वा सोभन्दा बढी यात्रुहरू लिएर हिँड्ने क्षमता भएका सबारीसाधनमा अपाङ्गता भएका व्यक्तिका लागि सिट आरक्षित गरिएको हुन्छ । सबारीसाधनमा आरक्षित गरिएको सिटको ठीक माथि “अपाङ्गहरूका लागि आरिक्षत” भनेर लेखिएको पनि हुन्छ ।)

सुविधा प्राप्त गर्ने आधार

क) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा १० को उपदफा १० : सार्वजनिक यातायातका साधनहरूमा अपाङ्ग व्यक्तिहरूका लागि केही स्थान सुरक्षित राख्ने प्रबन्ध गर्न सकिनेछ ।

ख) सबारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०७ को उपदफा १ : स्थानीय बाटोमा चल्ने यात्रुवाहक सार्वजनिक ठूला सबारीमा चारवटा सिट अशक्त व्यक्तिका लागि र दुईवटा सिट महिलाहरूका लागि सुरक्षित राख्नुपर्ने कर्तव्य सो यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सबारी धनीको हुनेछ ।

विशेष प्रकारका सबारी साधनमा भन्सार छुटको व्यवस्था (No Custom Taxs in Special types of 4 wheeler scooters)
(वार्षिक नीति तथा कार्यक्रममार्फत् निरन्तरता दिइएको )

सुविधा :

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने विशेष प्रकारका चारपाङ्ग्रे स्कुटरमा नेपाल सरकारले आव २०६५/०६६ देखि पूर्णरूपमा भन्सार छुटको व्यवस्था गरेको छ र आव २०६६/०६७ को बजेटमा यसलाई निरन्तरता दिँदै भ्याटमा समेत छुट दिने व्यवस्था थप गरिएको छ ।

सुविधाका हकदार :

नेपाल सरकारको परिभाषा र वर्गीकरणमा समेटिने र आवागमनका लागि चारपाङ्ग्रे स्कुटर प्रयोग गर्न आवश्यक पर्ने शारीरिक अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्राप्त गर्ने ठाउँ/निकाय

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय निकाय : महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, सामाजिक सुरक्षा शाखा । अर्थ मन्त्रालय भन्सार विभाग स्थानीय भन्सार कार्यालय

सुविधा प्राप्त गर्ने प्रक्रिया

क)आफुलाई चारपाङ्ग्रे स्कुटर आवश्यक परेको कारण स्पष्ट खुलाई अपाङ्गता परिचयपत्रको प्रतिलिपि र अपाङ्गता स्पष्ट खुल्ने एक प्रति फोटोसहित राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालय वा यसका क्षेत्रीय कार्यालय वा जिल्ला शाखाहरूमा आवेदन दिने ।

ख) राष्ट्रिय अपाङ्ग महासंघबाट आवश्यक छानबिनपश्चात् सिफारिससहित उक्त निवेदनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सामाजिक सुरक्षा शाखामा पठाइन्छ ।

ग) सामाजिक सुरक्षा शाखाले उक्त निवेदन प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयको राजस्व महाशाखामा पठाउँछ ।

घ) अर्थ मन्त्रालयको राजस्व महाशाखाले आवश्यक कारबाहीका लागि केन्द्रीय भन्सार विभागमा पठाउँछ ।

ङ) केन्द्रीय भन्सार विभागले उक्त स्कुटर नेपाल ल्याउन चाहेको नाकाको भन्सार कार्यालयलाई आवश्यक कार्यान्वयनका लागि निर्देशन दिन्छ ।

सुविधा प्राप्त गर्ने आधार

क) बजेट वक्तव्य २०६५/०६६ राजस्वमा सहुलियतसम्बन्धी कार्यनीति तथा कार्यक्रमअन्तर्गतको बुँदा नं. २६८ :

(क) अपाङ्गहरूले प्रयोग गर्ने स्कुटरमा भन्सार महसुल पूर्ण रूपले छुट दिने प्रस्ताव गरिएको छ, साथै अशक्त, अपाङ्गहरूको नाममा पारित हुने घरजग्गा रजिस्ट्रेसन दस्तुरको छुटमा वृद्धि गरिएको छ ।

ख) बजेट वक्तव्य २०६६/०६७ को बुँदा नं. २८५ (ख) : अपाङ्गले प्रयोग गर्ने स्कुटर पैठारी वा स्थानीय खरिद गर्दा तिरेको भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर त्यस्तो स्कुटर यातायात व्यवस्था कार्यालयमा निजको नाममा दर्ता भएको अवस्थामा सम्बन्धित निकायको सिफारिसमा फिर्ता गर्ने व्यवस्था मिलाइएको छ ।