scholarships – National Federation of the Disabled – Nepal

कक्षा १ देखी ८ सम्मका अपाङ्गता भएका वालवालिकाको लागि छात्रवृत्तिको व्यवस्था (Scholarships for Class 1-8 students)
सुविधा :

विद्यालय स्तरमा छात्रवृत्तिको व्यवस्था गरी अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने व्यवस्था गरिएको छ । यस्तो छात्रवृत्ति उनीहरूका लागि छात्रावासको सुविधा, विद्यालय पोसाक, शैक्षिक सामग्री (कापी, कलम, मसी, यातायात भाडा तथा अन्य मसलन्द आदि) खरिदका लागि प्रदान गरिन्छ । आर्थिक वर्ष २०६८/०६९ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम र वजेट मार्फत कक्षा १ देखी ८ सम्मका देशभरिका सबै अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ ।

शैक्षिक सत्र २०७०/०७१ का लागि शिक्षा विभागले श्रेणी विभाजन गरी प्रतिव्यक्ति छात्रवृत्तिको रकम निम्नानुसार तोकेको छ ।

“क” श्रेणी :

आफ्नो घरबाट दैनिक आवतजावत गर्न नसक्ने एवं अध्ययनका लागि डेरा गरी बस्नुपर्ने अपाङ्गता भएका विद्यार्थीलाई दार्चुला, हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, मुस्ताङ्ग, मनाङ्ग, रसुवा, सोलु, ताप्लेजुङ्गमा प्रतिमहिना रु. ३००० का दरले १० महिनाका लागि रु. ३०,००० अन्य जिल्लाहरुका लागि प्रतिविद्यार्थी प्रतिमहिना रु. २५०० का दरले १० महिनाका लागि रु. २५,००० ।

“ख” श्रेणी :

घरबाट आउँदाजाँदा र विद्यालयमा रहँदा निरन्तररूपमा अरूको सहयोग र साधन आवश्यक पर्ने अपाङ्ग बालबालिकालाई प्रतिविद्यार्थी प्रतिमहिना रु. ५०० का दरले १० महिनाको रु. ५०००

“ग” श्रेणी :

घरबाट आउँदाजाँदा यातायातको साधन वा अन्य उपकरण प्रयोग गर्नुपर्ने अपाङ्ग बालबालिकालाई प्रतिमहिना प्रतिविद्यार्थी रु. ३०० का दरले १० महिनाको रु. ३०००

“घ” श्रेणी :

घरबाट आउनजान सक्ने सामान्य अपाङ्ग बालबालिकालाई प्रतिमहिना प्रतिविद्यार्थी रु. १०० का दरले १० महिनाको रु. १००० ।

सुविधाका हकदार नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरण अन्तर्गत समेटिने विद्यालय जाने उमेरका अपाङ्गता भएका बालबालिकाहरू ।

सुविधा प्रदान गर्ने निकाय :

क) जिल्ला शिक्षा कार्यालयमार्फत् स्थानीय सरकारी प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक विद्यालयहरू

(द्रष्टव्य : स्थानीय स्तरमा कार्यरत गैरसरकारी संस्थाहरूमार्फत् पनि सुविधाजनक छात्रवृत्ति कार्यक्रमहरू सञ्चालन गरिने गरिएको छ ।)

ख) केन्द्रीय सरोकारवाला निकाय : शिक्षा मन्त्रालय/शिक्षा विभाग

सुविधा प्राप्त गर्ने प्रक्रिया

क) छात्रवृत्ति अपाङ्गता भएका विद्यार्थीले आफूले पढ्दै गरेको विद्यालयबाट प्राप्त गर्नेछन । यसको लागि विद्यार्थीले आफ्नो अपाङ्गता परिचयपत्र सहित विद्यालयमा सो छात्रवृत्तिको लागि दावी गर्न सक्नेछ ।

ख) हरेक विद्यालय प्रशासनले आफ्नो विद्यालयमा भएका अपाङ्गता भएका विद्यार्थीको संख्याको आधारमा सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट निकासा माग्नुपर्ने र विद्यार्थीलाइ छात्रवृत्ति उपलब्ध गराउनुपर्ने

घ) जिल्ला शिक्षा कार्यालयको लागि माग भए अनुसारको छात्रवृत्तिको बजेट शिक्षा विभागले उपलब्ध गराउनेछ ।

सुविधा प्राप्त गर्ने आधार

क) आर्थिक वर्ष २०६७/०६८ तथा २०६८/०६९ को सरकारको नीति तथा कार्यक्रम

ख) विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०६०

ग) कार्यक्रम कार्यान्वयन पुस्तिका, आ.ब. २०६८/०६९, नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग ।

छात्रवृत्ति सम्वन्धी अन्य व्यवस्था (Other Scholarships Provisions)
सुविधा :

कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरु वाहेक पनि विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुलाई शिक्षा सम्वन्धि नीति र कानूनमा छात्रवृत्तिको व्यवस्था गरिएको छ । संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको ५ प्रतिशत अपाङ्गता भएका विद्यार्थि, गरिव, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ भने विश्वविद्यालय स्तरमा पनि यस्ता छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

सुविधाका हकदार :

संस्थागत विद्यालयमा अध्ययन गरिरहेका वा गर्न चाहने अपाङ्गता भएका विद्यार्थीहरु र उच्च शिक्षा हासिल गरिरहेका वा गर्न चाहने अपाङ्गता भएका विद्यार्थीहरु ।

सुविधा प्रदान गर्ने निकाय :

संस्थागत विद्यालयहरु

सुविधा प्राप्त गर्ने आधार :

क) शिक्षा नियमावली, २०५९ को परिच्छेद २६ को “छात्रवृत्ति तथा नि:शुल्क शिक्षासम्बन्धी व्यवस्था” अन्तर्गत नियम १५१ को उपनियम २ : संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तीमा ५ प्रतिशत गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ ।

ख) विश्वविद्यालय अनुदान आयोगले जारी गरेको छात्रा शिक्षा कोष, छात्रवृत्ति सञ्चालन निर्देशिका, २०६३ को परिच्छेद ३, दफा ३.१, ३.२.३, ३.३, ४.१

प्राविधिक शिक्षा तथा तालिममा छात्रवृत्ति (Scholarships for Technical Education and Vocational Trainings)
सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा छात्रवृत्तिको व्यवस्था गरिएको छ । यो सुविधा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सानोठिमी, भक्तपुरबाट प्रदान गरिन्छ । परिषदका आङ्गिक तथा सम्बन्धन प्राप्त संस्थाहरूमा संचालित विभिन्न कार्यक्रममा भर्ना भएका जम्मा ६ जना अपाङ्गता भएका विद्यार्थीहरूलाई निर्वाह स्वरूप प्रतिविद्यार्थी विशेष छात्रवृत्ति स्वरूप रू. ५०००/– (पाँच हजार) को छात्रवृत्ति परिषद् कार्यालयबाट प्रदान गरिनेछ । तर सम्बन्धित सस्ंथामा बझाउनुपर्ने अन्य सम्पुर्ण रकमहरू भने विद्यार्थीले बुझाउनुपर्नेछ। यसैगरी वर्गीकृत छात्रवृत्तिका हकमा अपाङ्गता भएका विद्यार्थीलाई छनौट गर्ने प्रिक्रयामा थप छट्टुै ५ अङ्क भार दिने गरिएको छ ।

सुविधाको हकदार :

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिन आवश्यक योग्यता पुगेका अपाङ्गता भएका व्यक्ति ।

सुविधा प्रदान गर्ने निकाय :

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र, सानोठिमी भक्तपुर वा परिषद्ले तोकेको शिक्षालय ।

सुविधा प्राप्त गर्ने प्रक्रिया :

परिषद् वा परिषद्ले तोकेको स्थानीय निकायमा आफूले लिन चाहेको प्राविधिक शिक्षा वा व्यावसायिक तालिमको लागि तोकिएको ढाँचा र प्रक्रिया पुर्याई आवेदन दिने । परिषद्अन्तर्गत अध्ययन गर्न प्रवेश परीक्षा संचालनको प्रक्रियामा विद्यार्थीहरूलाई छनौट गर्दा अन्य विद्यार्थीभन्दा अपाङ्गता भएका विद्यार्थीका लागि ५ अङ्क बढी प्रदान गरीने बेहोरा परिषद्को भर्ना सम्बन्धी निर्देशिकामा विस्तृतरुपमा उल्लेख गरिएको छ ।

सुविधा प्राप्त गर्ने आधार :

अपाङ्गताको सम्बन्धमा परिषद्को विद्यार्थी भर्नासम्बन्धी निर्देशिका ।

नेपाल टेलिभिजनमा कार्यरतहरूका लागि छात्रवृत्ति (Nepal Television Scholarships)
सुविधा :

नेपाल टेलिभिजनमा कार्यरत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका छोराछोरीहरूका लागि छात्रवृत्ति प्रदान गर्ने प्रावधान रहेको छ ।

सुविधाका हकदार :

नेपाल टेलिभिजनमा कार्यरत अपाङ्गता भएका व्यक्तिहरू

सुविधा प्रदान गर्ने निकाय :

नेपाल टेलिभिजन

सुविधा प्राप्त गर्ने प्रक्रिया :

यो सुविधा प्रदान गर्ने प्रक्रिया नेपाल टेलिभिजनले निर्धारण गरेको छ । सो सुविधा प्राप्त गर्नका लागि निवेदन दिनुपर्ने हुन्छ र प्राप्त निवेदनमाथि आवश्यक छानबिन गरी निर्णय गरिन्छ ।

सुविधा प्राप्त गर्ने आधार :

वार्षिक बजेटमा व्यवस्था गरिएको ।

उच्च शिक्षा अध्ययनको लागि अपाङ्गता भएका व्यक्तिहरुको लागि छात्रवृत्ति (Scholarships for Higher Education)
सुविधा :

नेपाल सरकारले छात्रवृत्ति सम्वन्धी ऐन २०२१ लाई कार्यान्वयन गर्न वनेको नियमावलीमा प्रतिश्पर्धाको आधारमा छात्रवृत्तिको लागि उम्मेद्वार छनौट प्रक्रियामा अपाङ्गता भएका व्यक्तिलाई आरक्षणको व्यवस्था गरेको छ ।

सुविधाको हकदार :

उच्च शिक्षाको लागि योग्यता पुगेका र नेपाल सरकारको परिभाषा र वर्गीकरण अन्तर्गत पर्ने अपाङ्गता भएका व्यक्ति ।

सुविधा प्रदान गर्ने निकाय :

शिक्षा मन्त्रालय, शिक्षा विभाग

सुविधा प्राप्त गर्ने प्रक्रिया :

हरेक वर्ष छात्रवृत्तिको लागि शिक्षा मन्त्रालयले आवेदनको लागि सूचना प्रकाशित गर्ने गर्छ । सूचना प्रकाशित भएपछि तोकिएको ढाँचाको आवेदन भरी शिक्षा मन्त्रालयमा वुझाउने । अपाङ्गता भएको व्यक्तिको हकमा आवेदनको साथमा अपाङ्गता परिचयपत्रको प्रतिलिपी र सम्वन्धीत जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय अपाङ्ग महासंघको सिफारिस पनि संलग्न गराउनुपर्नेछ ।

सुविधा प्राप्त गर्ने आधार:

क) छात्रवृत्ति सम्वन्धी नियमावली २०६० (चौथो संसोधन २०६७) : नियम १०. क) छात्रवृत्ति आरक्षण गरिने : (१) नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये पैँतालीस प्रतिशत स्थान सामूदायिक विद्यालयवाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न देहायका समुदाय तथा व्यक्तिलाई आरक्षण गरी सो प्रतिशतलाई शत प्रतिशत कायम गरी देहायको प्रतिशतका आधारमा वितरण गरिनेछ ।

ग) अपाङ्गका लागि दुई प्रतिशत