special-education – National Federation of the Disabled – Nepal

विशेष शिक्षाको व्यवस्था (कानुन तथा नीतिमा व्यवस्था भएअनुसार सञ्चालित कार्यक्रम)
सुविधा :

यो विशेष पद्धति र ढाँचामा शिक्षा दिन आवश्यक पर्ने अपाङ्गता भएका बालबालिकाको सिकाइसम्बन्धी आवश्यकता सम्बोधन गर्दै उनीहरूलाई शिक्षाको समान अवसर प्रदान गर्नका लागि सञ्चालित शिक्षा कार्यक्रम हो ।

सुविधाको हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणअन्तर्गत समेटिने विशेष शिक्षाको सुविधा दिन आवश्यक भएका (खास गरेर बहिरा, दृष्टिविहीन, बौद्धिक अपाङ्गता भएका) बालबालिका/व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय

स्थानीय स्तरमा :

विशेष शिक्षा सञ्चालन गर्न विभिन्न जिल्लामा शिक्षा विभागबाट अनुदान प्राप्त गैरसरकारी संस्थाहरूमार्फत् विशेष शिक्षा सञ्चालन गरिएको छ । यसरी सञ्चालित विशेष शिक्षा कार्यक्रमहरूबाट यो शिक्षा हासिल गर्न सकिन्छ । विभिन्न जिल्लामा कुनकुन गैरसरकारी संस्थामार्फत् कुनकुन विद्यालयमा विशेष शिक्षा सञ्चालन गरिएको छ भन्ने जानकारी सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत् हासिल गर्नुपर्ने हुन्छ ।

(हालसम्म विशेष शिक्षा सञ्चालन गरिएका जिल्ला/विद्यालयहरूको सूची यस पुस्तिकाको अनुसूची – २ मा प्रस्तुत गरिएको छ ।)

केन्द्रीय स्तरमा :

शिक्षा विभाग/विशेष शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालय

सुविधा प्राप्त गर्ने प्रक्रिया

विशेष शिक्षा नीति, २०५३ र शिक्षा नियमावली, २०५९ मा गरिएका विशेष शिक्षासम्बन्धी व्यवस्थाअनुसार स्थानीय स्तरमा विशेष शिक्षा प्रदान गरिरहेका विद्यालयहरूले तोकेको प्रक्रिया पूरा गरी यो सुविधा प्राप्त गर्न सकिन्छ ।

सेवा सुविधा प्राप्त गर्ने आधार

क) विशेष शिक्षा नीति, २०५३ ले गरेको व्यवस्था (अनुसूची १ मा हेर्नुहोला)

ख) शिक्षा ऐन, २०२८ को दफा २, परिभाषा को “घ १” :

ग) शिक्षा नियमावली, २०५९ को परिच्छेद ११ अन्तर्गत नियम ६० :

घ) शिक्षा नियमावली, २०५९ को परिच्छेद ११ अन्तर्गत नियम ६१ : विशेष शिक्षा परिषद्को व्यवस्था

विशेष शिक्षासम्बन्धी नीति निर्माण तथा व्यवस्थापनसमेतका लागि देहायका सदस्यहरू रहेको एक विशेष शिक्षा परिषद् रहनेछ ।

अध्यक्ष : शिक्षा तथा खेलकुदमन्त्री वा राज्यमन्त्री

सदस्य : सभापति, जनसङ्ख्या तथा सामाजिक समिति, प्रतिनिधि सभा

सदस्य : सदस्य, राष्ट्रिय योजना आयोग (शिक्षा हेर्ने)

सदस्य : मन्त्रालयका सचिव सदस्य : सहसचिव (शैक्षिक प्रशासन हेर्ने), शिक्षा मन्त्रालय

सदस्य : प्रतिनिधि मन्त्रालय

सदस्य : प्रतिनिधि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय

सदस्य : प्रमुख, नाक, कान, घाँटी विभाग, वीर अस्पताल

सदस्य : अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ

सदस्य : विशेष शिक्षासम्बन्धी विशेषज्ञहरूमध्येबाट मन्त्रालयद्वरा मनोनीत एकजना ।

सदस्य : विशेष शिक्षा अध्यापन गराउने शिक्षकहरूमध्येबाट विशेष शिक्षा परिषद्ले मनोनीत गरेको एकजना ।

सदस्य : अपाङ्गहरूको उत्थानमा विशेष योगदान दिएका अपाङ्गहरूमध्ये बाट विशेष शिक्षा परिषद्ले मनोनीत गरेको एकजना ।

सदस्य–सचिव : महानिर्देशक, शिक्षा विभाग ।

परीक्षामा थप समय उपलब्ध गराइने
सुविधा :

अपाङ्गताका कारण शारीरिक अङ्गमा आएको कार्य सीमितता वा आङ्गिक क्रियाशीलतामा आएको ढिलाइका कारण कुनै अपाङ्गता भएको विद्यार्थीले सामान्यतया परीक्षाका लागि तोकिएको समयभित्र परीक्षा दिन भ्याउँदैन र केही थप समय आवश्यक छ भन्ने ठहर भएमा त्यस्ता अपाङ्गता भएका विद्यार्थीलाई बढीमा एक घन्टा तीस मिनेटसम्म समय थप गर्न सकिने व्यवस्था छ ।

सुविधाको हकदार : नेपाल सरकारद्वारा गरिएको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत पर्ने र यो सुविधा उपलब्ध गराउन आवश्यक ठानिएका अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय

क) स्थानीय स्तरमा : सम्बन्धित विद्यालय र परीक्षा केन्द्राध्यक्ष

ख) केन्द्रीय सरोकारवाला निकाय : शिक्षा मन्त्रालय/शिक्षा विभाग

सुविधा प्राप्त गर्ने प्रक्रिया अपाङ्गता भएका उल्लेखित परीक्षार्थीले आफूलाई थप समय आवश्यक भएको कारण स्पष्टरूपमा खुलाई आˆनो अपाङ्गता परिचयपत्रसहित अध्ययन गरिरहेको विद्यालयमा अग्रीमरूपमा आवेदन गरी यो सुविधा हासिल गर्न सक्छन् ।

सुविधा प्राप्त गर्ने आधार

शिक्षा नियमावली २०५९ को परिच्छेद ८ अन्तर्गत नियम ४७ :

अशक्त विद्यार्थीका लागि परीक्षामा विशेष व्यवस्था गर्न सकिने : उपनियम २) उपनियम १ बमोजिम विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वढीमा एक घन्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछ ।

परीक्षामा सहयोगीको व्यवस्था (Writers in Examination for Visually Impaired Students)
सुविधा :

दृष्टिविहीनहरूलाई परीक्षा दिँदा सहयोगी राखेर लेख्न पाउने व्यवस्था गरिएको छ ।

सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणले समेटेका दृष्टिविहीन परीक्षार्थीहरू ।

सुविधा प्रदान गर्ने निकाय :

आफूले अध्ययन गरिरहेको विद्यालय वा परीक्षा केन्द्रका केन्द्राध्यक्ष ।

सुविधा प्राप्त गर्ने प्रक्रिया :

परीक्षामा आफूलाई सहयोगी राखेर लेख्नुपर्ने आवश्यक भएको कारण खुलाई अपाङ्गता परिचयपत्रको प्रतिलिपिसहित विद्यालय वा परीक्षा केन्द्राध्यक्षलाई अग्रीम आवेदन दिने ।

सुविधा प्राप्त गर्ने आधार

शिक्षा नियमावलीको नियम १९२ लाई कार्यान्वयन गर्न बनाइएको विशेष शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०६० को परिच्छेद ७, बुँदा नं. १९.२ (ख) : दृष्टिविहीन परीक्षार्थीहरूको सहयोगका लागि परीक्षा दिने कक्षाभन्दा एक कक्षामुनिको लेखक सहयोगी राख्ने सम्बन्धी व्यवस्था ।