Projects – National Federation of the Disabled – Nepal

प्रतिवेदन सार्वजनिकिकरण
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी(UNCRPD) २००६ को कार्यान्वयन अनुगमन (संघीय तह) संक्षिप्त प्रतिवेदन मिति २०८० साउन ३ गते एक समारोहका बिच काठमाण्डौमा सार्वजनिक गरियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयहरुबाट उच्च पदस्थ कर्मचारीहरु समावेशी आयोग, महिला आयोग र मानव अधिकार आयोगका पदाधिकारीहरु, अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, स्वयंसेवक र नागरिक समाजको समुपस्थितिमा अपाङ्गता विज्ञ मनिष प्रसाईले सार्वजनिकिकरण गर्नुभएको अनुगमन प्रतिवेदनमाथि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व अध्यक्ष एंव वर्तमान सल्लाहकार डा विरेन्द्रराज पोख्रेलले संक्षेपिकरण गर्नुभएको थियो । त्यसै गरि अपाङ्गता अधिकारकर्मी भोजराज श्रेष्ठले थप प्रष्टिकरण गर्दै कार्वान्वयनको अवस्था प्रष्ट्याउनुभएको थियो ।

सरकारी निकायबाट आउनुभएका समावेशी आयोगका माननिय सदस्य हरिदत्त जोशी, महिला आयोगका माननिय सदस्य विध्या सिन्हा, योजना आयोगका सह सचिव डा किरण रुपाखेति, साझेदार संस्था डिपिओडी तथा एफएफओ प्रतिनिधि रेनु लोहनी, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव डण्डुराज घिमिरे, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सहसचिव रघुराम विष्ट, सर्वोच्च अदालत सह रजिष्ट्रार राम प्यारी सुनुवार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय प्रतिनिधि प्रतिभा राई, मानव अधिकार आयोग जेष्ठ नागरिक तथा अपाङ्गता फोकल पर्सन कल्पना नेपाल आचार्य, स्वास्थ्य विभागका प्रतिनिधि डा प्रशन्न नापित, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रतिनिधि लोक बहादुर खड्का लगायत विभिन्न मन्त्रालयका उप सचिव र अधिकृत एंव अन्य कर्मचारीहरुले सरकारले गरेका कार्यहरुको अपनत्व लिदै गर्न नसकेका कार्यहरु आगामी दिनमा कार्वान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।