Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

समन्वय गर्न सके सम्भव रहेछ


आर्थिक अवस्था कमजोर भए पछि कसको के लाग्छ ? पैसा नै नभए पछि कैलाली जिल्लाको बौनिया गाविसका ३५ जना अपाङ्गता भएका बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोडे । यस गाविसमा कूल ४५० जना मध्ये ८७ जना विध्यार्थीहरु विद्लायमा अध्ययनरत थिए । जसमध्ये १० जना अपाङ्गता भएका विद्यार्थीहरुको घरको आर्थिक स्थिति एकदमै दयनिय थियो । उनिहरुले किन विद्यालय छोडे ? यसको वारेमा कसैको चासो पुगेन । तर स्थानीय स्तरमा भएको स्वावलम्वन समुहले चासो राख्यो । अभिभावकसँग भेटघाट् गर्यो । विद्यालयमा भेटघाट गर्यो । यसको मुल कारण गरिवी हो भन्ने  कुरा थाहा भयो । विद्यालयमा निःशुल्क भए पनि उनीहरुलाई शैक्षिक सामग्री कापी, कलम, किताब र स्कूल ड्रेस किन्ने हैसियत उनीहरुमा थिएन । जुन अभावले उनिहरुलाई विद्यालय छोड्न बाध्य बनायो ।

यसका लागि स्वावलम्वन समुहले घरदैलो कार्यक्रम गर्यो । अभिभावकहरुलाई सम्झायो र अपाङ्गता भएका वालवालिकालाई विद्यालयमा भर्ना त गरायो । तर कसरी अध्ययनलाई निरन्तरता गराउने उनीहरुको ठूलो चिन्ता थपियो । अभाबको कारण फेरि पनि उनिहरुले विद्यालय छोड्ने सम्भावना प्रवल थियो । शैक्षिक सत्रको शुरुमा त शैक्षिक सामग्रीको व्यवस्था गर्न स्वावलम्वन समुह लागि परेको थियो । तर समुहको समेत आर्थिक अबस्था कमजोर भएको कारण निरन्तरता दिन सम्भव भएन ।

स्थानीय स्वावलम्वन समुह साझेदार संस्थाको खोजिमा जुट्यो । लामो समयको अथक प्रयास पछि एन.एल.आर. धनगढीमा पुग्यो । सो  संस्थालाई सबै  बालबालिकाको पृष्ठभूमि अवगत गराईयो । त्यसपछि एन.एल.आर.ले ती बालबालिकाको वास्तविकता अध्ययन गर्यो । वास्तविकताको अध्ययनपछि १० जना विद्यार्थीलाई जनही रु. ५ हजार बराबरको शैक्षिक सामग्री प्रदान गरियो । यसका साथै ८ जना अपाङ्गता भएका छात्राहरुलाई लत्ता कपडा पनि प्रदान गरियो । जसका कारण उनीहरु सबैले विद्यालयमा निरन्तरता थाले ।

अहिले ती बालबालिकाहरुमा पढाई प्रति हौसला जागेको छ । अहिले ती विद्यार्थीहरु भन्छन् –“हामीले शैक्षिक सामग्री नपाएर नै विद्यालय छोडेका हौं, अब मेहनत साथ पढ्छौं र फेरि पनि सहयोगको अपेक्षा राख्छौं ।”

यो शैक्षिक सामग्री वितरण कार्यक्रमले अरु अपाङ्गता भएका विद्यार्थी र तिनका अभिभावकहरुमा पनि हामीले बालबालिका पढाउनु पर्दोरहेछ भन्ने चेतना जागेको छ । विद्यार्थीहरुमा पनि  राम्ररी पढेमा शैक्षिक सामग्रीको खाँचो नपर्दो रहेछ  भन्ने उत्प्रेरणा जागेको छ ।

आगामी शैक्षिक सत्रदेखि गाउँका सबै अपाङ्गता भएका विद्यार्थीहरुलाई विद्यालय भर्ना गर्ने अभियान चलाउँछु समाजसेवी  प्रेम चौधरी भन्छन् । वास्तवमा यो स्थानीय स्वावलम्बन समुहको उदाहरणीय र उत्प्रेरणादायी कार्य हो । जसले समाजका सबै वर्ग र समुहका व्यक्तिहरुको शिक्षाप्रति ध्यानाकर्षण गराएको छ ।

(यो लेख महासँघको असल अभ्यास पुस्तकमा छापिएका लेखहरू मध्य एउटा हो। यस प्रकाशनका अन्य लेखहरू पढ्न यहाँ जानुहोस्।)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.