training – राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल

अपाङ्गता भएका व्यक्तिहरुलाइ रोजगार मुलक तालिमको अवसर!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका केहि वडाहरुमा अपाङ्गता समाबेशी हाम्रो कफी परियोजना संचालन गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको  रोजगारी र स्वरोजगारीको लागि कफी मुल्य श्रृङ्खलामा ( उत्पादन देखि उपभोग सम्म) अपाङ्गता भएका व्यक्तिहरुलाइ समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको मुख्य उदेस्य रहेको छ ।

जसलाई निरन्तरता दिने क्रममा केहि समय अगावै  १० जना बहिरा अपाङ्गता भएका व्यक्तिहरुले बरिस्ता  तालिम लिएका थिए I उक्त तालिम पाइसकेपछि लगभग सबैजनाले  रोजगारी समेत पाएको हुनाले सोहि कुरा बाट उत्साहित भइ यसै परियोजना अन्तर्गत काठमाडौं उपत्यका भित्र संचालन हुन लागेको बारिस्ता तालिममा सहभागी भइ आर्थिक उपार्जन गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि पुन अर्को तालिम संचालन गर्ने योजना बनाइएको छ, तसर्थ बारिस्ता तालिम लिन चाहने अपाङ्गता भएका व्यक्तिहरुले तपशिल बमोजिमको सम्पर्क नम्बर तथा इमेल ठेगानामा यथाशिघ्र सम्पर्क गर्नुहुन अनुरोध  छ ।

फोन नम्बर: ९८६०२७८६८७/ ९८४९१७०९८२  E-mail: advocacy@nfdn.org.np

नोट :- बारिस्ता तालिक के हो र यसमा के गरिन्छ त ?

बारिस्ता तालिममा क्याफे तथा कफीसपहरुमा कफी तयार गर्ने देखि ग्राहकको टेवल सम्म पुर्याउने क्रममा आवस्यक पर्ने सबै प्रकारका सिपहरु सिकाइन्छ I सो शिलशिलामा बिभिन्न प्रकारका औजारहरु तथा उपकरणहरु चलाउन तथा नियन्त्रण गर्न सिकाउने लगायत कफीमा बिभिन्न खालका सजावट गर्ने,कफीको मात्रा मिलाउने,  बुट्टा भर्न सिकाउने, उपकरणहरुको सरसफाई तथा  भण्डारण आदि प्रक्रियाहरुको बारेमा प्रयोगात्मक तथा सैदान्तिक ढंगवाट सिकाइन्छ I

लक्षित नगरपालिकाहरुमा  बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको हकमा  कफी खेतिको लागि प्रोत्साहन गर्नको साथै अन्य  आवस्यक  प्राबिधिक सहयोग गरिनेछ l

बारिस्टा तालिम लिएका सहभागीको सामुहिक तस्विर

समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माईराईटसँगको साझेदारीमा समावेशी शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम (MTOT) मिति २०७८ साल असोज १९- २१ गतेसम्म उदयपुरको गाईघाटमा सम्पन्न भएको छ । बालबालिकाको रुचि, क्षमता र वैयक्तिक आवश्यकताका आधारमा अपाङ्गता भएका बालबालिकाहरुलाई सुहाउँदो शिक्षा अरू बालबालिकासँगै उपलब्ध गराउने कार्य समावेशी शिक्षा हो । शिक्षा पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो ।  नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच र प्रतिनिधित्वका लागि समावेशी शिक्षाको सवाललाई संघदेखि प्रदेश र स्थानीय तहसम्म पुर्याउन अधिकारकर्मीहरुलाई अझै सकृय बनाउनु यस तालिमको प्रमुख उद्देश्य रहेको छ । उक्त तालिम अपाङ्गता अधिकारमा लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुद्वारा संचालित संस्थाका क्रियाशिल ३८ जना अधिकारकर्मीहरुलाई  प्रदान गरिएको थियो ।

समावेशी शिक्षा सम्बन्धी MTOT पश्चात सहभागिहरुसँग लिइएको सामूहिक तस्विर

तालिममा सहभागिहरुबीच जीवनको खेलको माध्यमबाट अपाङ्गता प्रकारको जानकारी सहित अपाङ्गता भएका व्यक्तिहरुले जन्मदेखि विभिन्न समयखण्डमा भोग्नु परेको बहिष्करण र विभेदलाई जीवनको खेलको माध्यमबाट समबुझाई गरिएको थियो । समावेशी शिक्षा र विषेश शिक्षाको भिन्नता, अपाङ्गता भएका व्यक्तिहरु/बालबालिकाहरु बहिष्करणमा कसरी र किन परेको छ ?, समावेशीताको अवधारणा तथा आयामहरु, नेपालमा समावेशी शिक्षाको व्यवस्था, समावेशी शिक्षाका राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन नीति तथा कार्यक्रम, नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरु (अपाङ्गताको प्रकार तथा सोमा समावेशी शिक्षामा पहुँच), समुदाय, विद्यालय र कक्षाकोठामा अपाङ्गता भएका बालबालिकाहरुको भोगाइ तथा चुनौति र व्यवस्थापनका रणनीतिहरु लगायत विभिन्न विषयहरुमा प्रस्तुतिकरण, प्रश्न उत्तर, समूह कार्य, खेल र भूमिका निर्वाह तथा प्रवचन लगायतका विधिहरु सहित तालिममा महासंघका पदाधिकारीहरुः उपाध्यक्ष रमा ढकाल, महासचिव राजु बस्नेत र कोषाध्यक्ष केपी अधिकारी ज्यूले सहजकर्ताको भुमिका निवार्ह गर्नुभएको थियो ।

तालिमको पहिलो सत्र जीवनको खेलको माध्यमबाट अपाङ्गताको समबुझाइमा सहजीकरण गर्नुहुदै महासंघका महासचिव राजु बस्नेत .

अपाङगता भएका व्यक्तिहरु तथा बालबालिकाहरुलाई शिक्षा सहज रुपमा प्राप्त गर्नमा विभिन्न अवरोधहरुको सामना गर्नुपरिरहेको सहभागीहरुले समूह छलफलमा बताउनु भयो । अपाङ्गता भएका बालबालिकाहरु अरु भन्दा भिन्न हुने र उनीहरुको आवश्यकताहरु फरक फरक हुने हुनाले अलगै राखेर शिक्षा दिनुपर्छ भन्ने पुरातनवादी सोच एक तर्फ अझै विद्यमान रहेको छ भने भौतिक तथा शैक्षिक प्रणाली सबै बालबालिकाहरुलाई सहज र पहुँचयुक्त नभएको हुनाले संविधानले परिकल्पना गरेको समावेशी  शिक्षा लागू हुन नसकेको अवस्था  रहेको निष्कर्ष आएको छ । यसले अपाङ्गता भएका बालबालिकाहरुलाई समाजबाट अलग गरिदिन्छ र समाजसँगै हुर्कने, बढ्ने, पढ्ने एवं सँगसँगै प्रतिस्पर्धी बन्ने अवसरबाट वञ्चित गर्छ । अवसर पाएमा र सबैलाई समतामूलक पहुँचयुक्त वातावरणमा सबै बालबालिकाहरुले पढ्न र सिक्न सक्छन् भन्ने मान्यताका साथ समावेशी शिक्षाले अरु थप बहिष्करण हुनबाट रोक्छ । विविध वर्ग, क्षेत्र, लिङ्ग, क्षमता, आर्थिक-समाजिक परिवेशका बालबालिकाहरुलाई सँगसँगै पढ्ने र सिक्ने वातावरण प्रदान गर्ने सके एकले अर्काबाट सिक्ने मौका पाउँछन् र एकले अर्काको सम्मान र कदर गर्न पनि सिक्छन् ।

तालिममा लिइएका केही तस्विरहरुः

बहिस्करण र समावेशीताको अवधारणा तथा आयामहरुका सत्र सहजीकरण गर्नुहुदैँ महासंघका कोषाध्यक्ष केपी अधिकारी

तालिमको दोस्रो दिनको पुनरावलोकनमा सहभागीहरु आफ्नो अनुभव, सुझाव तथा जिज्ञासा राख्नुहुदैँ गरेको तस्विर

नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुका विषयमा सहजीकरण गर्नुहुदै महासंघको उपाध्यक्ष रमा ढकाल

नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुको सामूहिक कार्य पश्चात प्रस्तुतिकरण गर्नुहुदै कृष्ण माया अधिकारी

नेपालमा समावेशी शिक्षाको विद्यामान अवस्था, अवसर तथा चुनौतिहरुका विषयक समूहकार्य पश्चात समूहको नेतृत्व गर्नुहुदै शिव श्रेष्ठ

तालिम पश्चात नयाँ विधिबाट सहभागीहरु एक अर्कालाई प्रमाणपत्र प्रदान गर्नुहुदैँ

तालिम पश्चात नयाँ विधिबाट सहभागीहरु एक अर्कालाई प्रमाणपत्र प्रदान गर्नुहुदैँ

अपाङ्गता भएका व्यक्तिहरूका लागि नि:शुल्क व्यावसायिक तालिम (Free Vocational Training for People with Disabilities)
(कानुनमा उल्लेखित व्यवस्था)

सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि राज्यले नि:शुल्क तालिमको व्यवस्था गरेको छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिने तालिमका लागि तोकिएको योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय

क) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय/समाजकल्याण परिषद्अन्तर्गत सञ्चालित “राष्ट्रिय अपाङ्ग कोष”

ख) सीटीईभीटी, यसका स्थानीय शैक्षिक तथा तालिम केन्द्रहरू

ग) घरेलु तथा साना उद्योग विभाग र जिल्ला घरेलु कार्यालय

घ) जिल्ला विकास समितिहरू

ङ) जिल्ला कृषि कार्यालयहरू

च) अपाङ्गता क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरू

सुविधा प्राप्त गर्ने प्रक्रिया

माथि उल्लेख गरिएका निकायहरूले तालिमका लागि आवेदन गर्न निश्चित ढाँचामा तयार गरिएको फाराम वा तोकिएको प्रक्रिया वा जारी गरिएको सूचनाअनुसार आवेदन दिने । आवेदनको साथमा अपाङ्गता परिचयपत्र संलग्न हुनुपर्ने ।

सुविधा प्राप्त गर्ने आधार

क) अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ८ को उपदफा १ : अपाङ्गलाई आर्थिक रूपमा स्वावलम्बी बनाउन उपयुक्त तालिम तथा रोजगारीको व्यवस्था मिलाउन सकिनेछ । निजहरूको अवस्था सुहाउँदो वातावरणमा श्रमको उचित प्रतिफल पाउनसक्ने प्रकारको तालिम दिने व्यवस्था गर्न सकिनेछ ।

ख) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ को नियम १५ को उपनियम ५ : नेपाल सरकार र नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्वमा रहेको कुनै संगठित संस्थाले प्रदान गर्ने प्राविधिक तथा व्यावसायिक तालिममा उनीहरूका लागि पाँच प्रतिशत स्थान सुरक्षित गरिनेछ र यस किसिमका तालिममा अपाङ्गहरूलाई कुनै किसिमको शुल्क लाग्ने छैन ।

ग) अपाङ्ग संरक्षण तथा कल्याण नियमावलीको नियम १९ को उपनियम १ : अपाङ्ग सेवा कोषको व्यवस्था : अपाङ्गहरूको शिक्षा, तालिम, स्वास्थ्योपचार र पुनर्स्थापना कार्यका लागि नेपाल सरकारले एउटा अपाङ्ग सेवा कोष स्थापना गर्न सक्नेछ ।

रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम सुविधा (Radio Jockey and Journalism training facilities)
सुविधा :

अपाङ्गता भएका व्यक्तिहरूलाई आधारभूत रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम दिने प्रावधान रहेको छ । यस्ता तालिमका लागि लाग्ने शुल्क रकम अनुदान दिनेसमेत व्यवस्था गरिएको छ ।

सुविधाका हकदार :

नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने तथा उक्त तालिमका लागि आवश्यक योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू ।

सुविधा प्रदान गर्ने निकाय :

सूचना तथा सञ्चार मन्त्रालय/सूचना विभाग

सुविधा प्राप्त गर्ने प्रक्रिया :

अपाङ्गता परिचयपत्रसहित सूचना विभाग वा तोकिएको निकायमा निवेदन दिने ।

सुविधा प्राप्त गर्ने आधार :

आव २०६६/०६७ को वार्षिक कार्यक्रम ।