Similar Posts

  • प्रेश बिज्ञप्ती

    गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका  ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।

  • मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयले गरेको महत्तवपूर्ण निणर्यहरू

    मिति २०८०/३/२२ गते राष्ट्रिय अपाङ्ग महासंघ संघीय सचिवालयको बैठकले गरेको निणर्यहरू  निणर्य नं १. हालै संघीय निर्वाचन आयोग द्वारा संशोधन गरिएको राजनितिक सहभागिता…

  • प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me)…

  • महाधिवेशन तथा वार्षिक साधारण सभाको मिति परिवर्तन सम्बन्धी सूचना

    बिगत केही दिनदेखी मुलुकभर परेको अविरहल बर्षाका कारण देशका बिभिन्न सडकहरु अवरुद्ध भइ सामान्य आवागमन समेत अवरुद्ध भइहरेका छन् । यस बिषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्य समितिको मिति २०७९/०६/२२ को निर्णय अनुसार यस्तो अवस्थामा देशभरका सबै प्रतिनिधिहरु महाधिवेशन तथा वार्षिक साधारणा सभामा सहभागी हुन कठिनाइ हुने ठहर गर्दै आगामी मिति २०७९/०७/२१ र २२ गते गर्ने गरी मिति परिवर्तन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

  • पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सबलीकरण सरकारको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो ।

  • राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सवाल विषयक अन्तरकृया कार्यक्रम

    “मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल  बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम  भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७  मा सम्पन्न भएको थियो ।  केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।