Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Dec 13, 2018

पहुँचयुक्तता परिक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम सम्पन्न


काठमान्डौमा एक कार्यक्रम बीच पहुँचयुक्तता परिक्षण प्रतिवेदन सार्जनिक गरिएको छ । उक्त प्रतिवेदनले कुनै पनि संरचना अपाङ्गता भएका व्यक्तिहरूका लागि पुर्ण रूपमा पहुँचयुक्त नभएको खुलासा गरेको हो । काठमान्डौ उपत्यका भित्रका १५० वटा विभिन्न सार्वजनिक संरचनालाई समेटेर गरिएको उक्त परिक्षणबाट १८ वटा संरचनाहरू मात्रै केही मात्रामा पहुँचयुक्त रहेको देखाएको छ ।

Guests Launching the Reports

तस्बिर बिबरण: अतिथिहरू प्रतिेवेदन सार्वजनिक गर्नुहुदै।

काठमान्डौ महानगरपालीकाका मेय बिद्या सुन्दर शाक्यको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा महासँघ द्वारा पहुँचयुक्तता प्रवर्धनका लागि तयार पारिएका अन्य प्रकाशनहरू समेत सार्वजनिक गरिएको  हो ।

कार्यक्रममा बोल्दै मेयर विद्या सुन्दर शाक्यले पहुँचयुक्तता प्रतिवेदनले दिएका सुझाव कार्यान्वयनका लागि सबैले साथ दिनु पर्ने बताउनु  भएको छ । उहाँले अपाङ्गताको क्षेत्रमा गर्नु पर्ने थप कामको समिक्षा गरेर सबै खाले संस्था र व्यक्तिहरूको प्रतिनिधीत्व गर्दै एकमुष्ठ रूपमा प्रस्ताव लिएर आउन महासंघलाई पनि अनुरोध गर्नु भयो ।

Mayor Bidhya Sundar Shakya giving his remarks

तस्विर विवरण: काठमाडौं महानगरपालिकाका मेयर श्री विद्यासुन्दर शाक्य आफ्नो मनतब्य राख्नुहुदै।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले काठमान्डौ महानगरपालीकासँगको सहकार्य एवम् सीबीएम नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थासँगको साझेदारीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न मन्त्रालय, उपत्यकाका स्थानीय निकाय, प्राविधिक, अपाङ्गता सम्बन्धी संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था आदिबाट करिब ९० जना सहभागीहरूको उपस्थिती रहेको थियो ।

Participants of the program

तस्विर विवरण: कार्यक्रमका सहभागीहरू।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्धन साखा प्रमुख केशव भट्टराई, सहरी विकाश मन्त्रालयका जेसी साखा प्रमुख पोषराज धुङ्गाना, काठमान्डौ महानगरपालीका सामाजिक विकाश विभाग प्रमुख सनत थापा, महासंघका अध्यक्ष शुदर्सन सुबेदि, सीबीएमका शौरब शर्मा एवम् कृश्न सुनार लगायतले बोल्दै पहुँचयुक्तता सम्बन्धी निर्देशीका जारी भएको ५ वर्ष विति सक्दा समेत कार्यान्वयनको अवस्था नाजुक हुनु विडम्बना भएको भन्दै पहुँचयुक्तता परिक्षण प्रतिवेदनको सिफारीशहरू कार्यान्वयनका लागि सबैले मिलेर काम गर्नु पर्ने अवस्था आएको बताउनु भएको हो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.