Accessibility Options


Skip to Navigation Skip to Content
Apr 12, 2018

अपाङ्गता परिचय पत्रको लागि सरकारको ध्यानकर्षण


राज्य एकात्मक शासन प्रणालिबाट संघीय शासन प्रणालिमा रुपान्तरण भइरहेको सन्दर्भमा महिला तथा बालबालिका कार्यालयहरु २०७४ चैत्र २८ गतेबाट खारेज भएका छन् । स्थानीय सासन संचालन ऐन २०७४ को परिच्छेद ३ (११) त मा अपाङ्गता परिचय वितरण गर्न सक्ने ब्यावस्था रहेको छ।

तर अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण निर्देशिका २०६५ को (७) घ अनुसार परिचय सिफारिस समितिको संरचना स्थानीय सरकारमा छैन । त्यसैले अपाङ्गता परिचय पत्र प्राप्त गर्न कठिनाइ भएको हुँदा उक्त अवरोध हटाइ अपाङ्गता परिचय पत्र प्राप्त गर्न सहज हुने ब्यवस्था गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालका उपाध्यक्ष श्री टीकादेवी दाहालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयका माननीय मन्त्री थममाया थापा ज्यू लाई भेटी ध्यानकर्षण पत्र बुझाएको छ ।

भेटपछि माननीय मन्त्रीले उक्त समस्या समाधान गर्न सरकारले छिट्टै निर्णय लिने प्रतिवद्धता जनाउनु भएको छ ।

माननीय मन्त्रीज्यू समक्ष बुझाईएको ध्यानाकर्षण पत्र

मिति २०७४/१२/२९

माननीय मन्त्री थममाया थापा ज्यू

महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ ।

विषय: अपाङ्गता परिचय पत्र सम्बन्धमा ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र प्रवर्धनका लागि वि.स.२०५० साल देखि निरन्तर कृयाशिल एक मात्र राष्ट्रिय स्तरको छाता संस्था हो । जसमा ३३१ भन्दा बढि अपाङ्गता सम्बन्धी काम गर्ने संस्थाहरू आबद्ध छन् ।

हालसम्म अपाङ्गता परिचय पत्र महिला तथा बालबालिका कार्यालयबाट वितरण हुँदै आइरहेको थियो । राज्य संघियतामा रुपान्तरण भएसँगै महिला बालबालिका कार्यालय मिति २०७४ चैत्र २८ गतेबाट पुर्ण रुपमा बन्द भएका छन । नेपालको जनगणना २०६८ अनुसार ५,१३,३२१ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन ६ वर्षसम्म यो संख्यामा बृद्धि भइसकेको छ । अपाङ्गता परिचय पत्र वितरणको महिला विभागमा प्राप्त जानकारी अनुसार अझै ५० प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्गता परिचय पत्र प्राप्त गर्न सकेका छैनन् ।

स्थानीय सासन संचालन ऐन २०७४ को परिच्छेद ३ (११) त मा अपाङ्गता परिचय वितरण गर्न सक्ने ब्यावस्था रहेको छ । तर अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण निर्देशिका २०६५ को  (७) घ अनुसार परिचय सिफारिस समितिको संरचना स्थानीय सरकारमा छैन । त्यसैले अपाङ्गता परिचय पत्र प्राप्त गर्न कठिनाइ भएको हुँदा उक्त अवरोध हटाइ अपाङ्गता परिचय पत्र प्राप्त गर्न सहज हुनेगरि उचित निर्णय गरि परिचय पत्र प्राप्त गर्न सहज हुने ब्यावस्था मिलाइ दिनु हुन अनुरोध गर्दछु ।

बोधार्थ

अपाङ्गता अधिकार प्रवर्द्धन शाखा

महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय

………….

राजु बस्नेत

महासचिव

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.