Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Apr 5, 2019

अधिवेशन स्थलको बारेमा आधारभूत जानकारी


राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १९ औँ वार्षिक साधारण सभा तथा ८ औँ महाधिवेशनमा पाल्नुहुने पाहुँना, प्रतिनिधि, पर्यवेक्षक, सहयोगी र दोभाषे लगायतको लागि जानकारीमुलक आधारभूत सूचना। यी सूचनाहरूले यहाँहरूको विराटनगरको वसाईलाई सुखद, सुरक्षित र आरामदायी वनाउन सहयोग पुग्नेछ। 

बिराटनगरको अहिलेको तापक्रम २८ देखी ३३ डिग्री सेल्सीयस रहेको छ । त्यसैले यहाँको वसाइको लागि गर्मीमा लगाउने कपडाहरू नै उपयुक्त हुनेछ । कहिलेकाहीँ पानी परेर केही चिसो वढ्न सक्ने हुन्छ त्यसैले सामान्य न्यानो कपडा वा पातलो ज्याकेट पनि जगेडा गरिराख्दा राम्रै हुनेछ

. सडक तथा वाटो : विराटनगरको महानगर क्षेत्रका अधिकांश भित्री बाटा र मुल सडकहरू भत्काइएका छन र निर्माण कार्य धमाधम भैरहेको हुनाले शहरमा धेरै धुलो उडीरहेको अवस्था छ । त्यसैले बाहिर हिँडदा मास्कको प्रयोग अनिवार्य गर्नुहोला ।   

.पहुँचयुक्तताः कार्यक्रम स्थल र आवास सामान्यतया ह्वीलिचयर प्रयोगकर्ताका लागि पुहुँचयुक्त नै  छन् तर  बाहिरी सडक र गल्लीहरू सबै निर्माणाधिन भएको हुनाले सडक र पेटीहरु पहुँचयुक्त छैनन । त्यसैले बाहिर जान आवश्यक भएमा आवश्यक सूचना लिएर र  सहयोगी लिएर हिडनु वेश हुन्छ ।

. स्थानीय घुमफिर वा आवतजावतको लागि अटो, सिटी रिक्सा सहज र सस्तो हुनेछ । छोटो दुरीमा सिटी रिक्सा वा अटोको भाडा अधिकतम प्रति व्यक्ति २० देखी ३० रुपैयाँ सम्म लाग्न सक्छ । विराटनगर एरपोर्टबाट कार्यक्रम स्थल वा महासंघको कार्यालय सम्मको भाडा रू. २०० देखी ३०० सम्म लाग्छ ।

. रातको विश्राम राती मच्छड लाग्छ । झुल नभएको स्थानमा सम्बन्धित आवास गृह वा स्वयमसेवक मार्फत मच्छडधुप उपलव्ध हुनेछ ।

. कार्यक्रम स्थलको नाम जैन भवन हो र उक्त भवन भाटभटेनी सुपरमार्केटबाट नजिक भएका कारण विराटनगर प्रवेश गरेर सवारी साधनलाइ भाटभटेटी सुपरमार्केटको अगाडी रोकेर ओर्लिएर सोध्न सकिन्छ । कार्यक्रम स्थलको संचालन मारवाडी समुदायले गरेको हुनाले मांसहारी भोजन, धुम्रपान, मध्यपान निषेध छ र बाहिर मदिरा सेबन गरेर कार्यक्रम स्थलमा समेत प्रवेश गर्न पाइँदैन ।

. पर्यटकिय स्थलहरू  

(१) विराटनगरवाट वेतना सिमसार ३३ किलो मिटर टाढा पर्छ जसको लागि  स्थानीय सवारी साधनमा समय करीव १ घन्टा १५ मिनेट लाग्छ जहाँ   सिमसार, जनवारहरु, जंगल, पोखरी, विभिन्न प्रकारका माछाहरुको अवलोकन गर्न र पार्कमा आनन्द लिन पाइन्छ ।

(२) ६२ किलोमिट उत्तर भेडेटार पर्छ जसको लागि स्थानीय सवारी साधनमा २ घन्टा समय लाग्छ । भेडेटार एउटा सामान्य उचाइमा रहेको पहाडी भूभाग हो जहाँबाट धरान शहर लगायत वरिपरीका तराइका सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ र नजिकैको नमस्ते झरनामा गएर नुहाउन सकिन्छ

(३) विराटनगरबाट ४०  किलोमिटर टाढा रहेको धरान अवस्थित विजयपुर डाँडोमा रहेका बुढा सुब्बा मन्दिर, दन्तकाली, पिण्डेश्वरी मन्दिर, चतारा धाम हरूको दर्शन गर्न सकिन्छ ।

(४) विरानगरवाट २२ किलोमिटर उत्तरमा रहेको गोकुलम पार्क निकै सुन्दर छ ।

(५) विराटनको पुष्पलालचोकमा रहेको ड्रिम गार्डेन, हाटखोलामा रहेको गोपाल फनपार्क, विरेन्द्र सभागृह नजिक रहेको फाउन्टेन पार्क पनि स्थानीय घुम्नलायक स्थानहरू हुन ।

. किनमेल : विराटनगर भन्दा तुलनात्मक रुपमा भारतको जोगमुनी निकै सस्तो छ तर ठगिने संभावना पनि त्यतिकै हुने हुनाले होसियार रहनुहोला । विराटनरबाट जोगबनी करिव १० किलोमिटरको दुरीमा छ ।  विराटनगरमै किनमेल गर्नको लागि कार्यक्रमस्थलबाट नजिकै भाटभटेनी सुपर मार्केट, नेपाल बजार रहेका छन् ।  

. स्थानीय यातायात : कार्यक्रम स्थल र होटेलहरूको दुरी त्यति टाढा छैन तर पनि वसको ब्यवस्था गरिएको छ ।

 

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.