Accessibility Options


Skip to Navigation Skip to Content
Nov 26, 2018

#CountMeIncludeMe अभियान


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूलाइ गरिने बहिष्करण, विभेद र उपेक्षाको विरूद्धमा संसारभर आबाज उठाउन र समाजमा अपाङ्गता भएका व्यक्तिका मागहरूको पक्षमा जनमत तयार गर्न  यो #CountMeIncludeMe अभियान संचालनमा ल्याएको छ । यसको मुल आसय भनेको अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिहरू सरह समान अधिकार भएका व्यक्तिहरू हुन र उनीहरूलाई जीवनका हरेक पक्षमा समान हैसियतका साथ गणना गरिनुपर्छ भन्ने हो । त्यसैले यस अभियानलाइ विश्वव्यापी बनाउन सबैले साथ दिउँ ।   

#CountMeIncludeMe अभियान किन?

किनभने अपाङ्गता भएका व्यक्तिहरूलाइ

  • रूढीवादी विचार र नकारात्मक सोचका कारण परिवार, समुदाय, समाजमा एक उत्पादनशिल र सक्षम व्यक्तिको रूपमा गणना गरिँदैन ।
  • तथ्याङ्कमा गणना गरिँदैन ।
  • निर्णय प्रकृया, समावेशी विकासका कामहरू र राज्य संयन्त्रमा गणना गरिँदैन ।
  • सार्वजनिक भौतिक संरचना निर्माण गर्दा, यातायात सेवा सुविधा संचालन गर्दा, सूचना र संचारका प्रणालीहरू स्थापित गर्दा गणना गरिँदैन।
  • समावेशी विकासका नीति, कार्यक्रम र बजेट निर्माण गर्दा मुख्य लाभान्वित वर्गको रूपमा गणना गरिँदैन ।
  • रोजगारीका क्षेत्र र श्रम बजारमा एक योग्य र सक्षम व्यक्तिको रूपमा गणना गरिँदैन ।
  • राजनैतिक क्षेत्रमा एक सक्षम नेतृत्वको रूपमा गणना गरिँदैन ।
  • शिक्षा, खेलकुद, मनोरञ्जन र तालिमका अवसरहरूमा गणना गरिँदैन 
  • मानवअधिकारका धारक र उपयोगकर्ताको रूपमा गणना गरिँदैन

त्यसैले संसारभरीका अपाङ्गता भएका व्यक्तिहरूमाथि भएको यो विभेद र अवरोधको विरूद्ध आवाज उठाउन र समाजलाइ सचेत गराउन यो #CountMeIncludeMe अभियान संचालनमा ल्याइएको हो ।

#CountMeIncludeMe अभियानमा कसरी सहभागी हुने?

यो अभियानमा जो कोहि पन सहभागी हुन सक्नुहुनेछ। यसकालागी तपाईले आफ्नो सामाजिक संजाल (फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी) आफु माथी भएको विभेदका वा आफ्ना सफलताका कथाहरूलाई #CountMeIncludeMe ह्यासट्याग सहित पोस्ट गर्न सक्नुहुनेछ।


 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.