Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Apr 17, 2019

पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न


राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय कार्यालय भृकुटीमण्डपमा मिति २०७६ साल बैशाख ४ गते बुधबार महासंघको १९ औ बार्षिक साधारण सभा तथा ८ औ महाधिवेशन पश्चात नव निर्वाचित संघीय कार्यसमितिको पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रम सम्पन्न भयो ।

२०७५ साल चैत्र २५ र २६ गते प्रदेश नं १ को राजधानी विराटनगरमा सम्पन्न १९औँ बार्षिक साधारण सभा तथा ८औँ महाधिवेशनबाट आगामी ३ वर्षको लागि ३९ सदस्यीय संघीय कार्यसमितिको निर्वाचन भएको थियो । कार्यक्रममा नव निर्वाचित कार्यसमितिका अध्यक्ष श्री मित्रलाल शर्मा, वरिष्ठ उपाध्यक्ष श्री रमेश लामा, उपाध्यक्ष श्री रमा ढकाल, महासचिव श्री राजु बस्नेत,अनुशासन समितिका संयोजक श्री टेक नाथ न्यौपाने लगायत उपत्यका रहेका संघीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

Former President is handovering document to the Newly elected President

तस्विरः नव निर्वाचित महासंघका अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूलाई निर्वतमान अध्यक्ष श्री सुदर्शन सुवेदी ज्यूले पदभार हस्तान्तरण गर्नुहुदैं 

कार्यक्रमको सञ्चालन महासंघका निर्वतमान अध्यक्ष श्री सुदर्शन सुवेदीले गर्नुहुदैं महासंघमा रहदा दुई कार्यकाल विताउनु भएको अनुभव र सिकाइ आदानप्रदान गर्नुभयो । महासंघले अपाङ्गता मैत्री संविधान तथा कानूनहरुको निर्माण तथा कार्यान्वयन, संस्थागत विकास, स्थानीय तहसम्मसञ्जालविस्तार तथा राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध स्थापना गर्ने कार्य भएको र अबको रणनीति गाउँमूखी अवधारणाबाट अपाङ्गता भएका व्यक्तिको आवश्यकता र मर्मलाई समेटिने कार्य गर्न योजना बनाइ अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नव निर्वाचित अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुलाई फूलमाला तथा अविर लगाइ पदभार हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना प्रदान गर्नुभयो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्री मित्रलाल शर्माले मन्तव्य राख्नुहुदैं अपाङ्गता भएका ब्यक्तिका लागि हालसम्म हासिल भएका उपलब्धीहरुको रक्षा गर्दै थप अधिकारको लागि निरन्तर लाग्ने बताउनु भयो । अपाङ्गता क्षेत्रमा भएका ज्ञान, सीप तथा क्षमता एक अर्कामा हस्तारन्तण हुनु नयाँ संस्कार तथा असल अभ्यासको विकासको संकेत भएको र सबैले आ- आफ्नो निकाय तथा स्थानबाट सहयोग तथा सहकार्य गरी महासंघले लिएको लक्ष्य तथा उद्देश्य सफल पार्न सकिने विचार व्यक्त गर्नुभयो ।

Group photo after handover program

तस्विरः हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रमको समापनपछी लिइएको सामूहिक तस्विरको एक झलक ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.