Accessibility Options


Skip to Navigation Skip to Content
Dec 4, 2018

अपाङ्गता भएको व्यक्तिहरुको २७ औं अन्तराष्ट्रिय दिवस सम्पन्न


“मलाई गणना गर समावेश गर” भन्ने नाराको साथ मंसिर १७ अर्थात 3rd December अपाङ्गता भएका व्यक्तिहरुको २७ ‍औं अन्तराष्ट्रिय दिवस महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघको संयोजकत्वमा सम्पन्न भयो । उक्त दिवसको कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीबाट नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी माननीय मन्त्री थम माया थापाले उद्घाटन गरी बृहत र्यालीको सरुवात गर्नुभएको थियो।

करिब २ हजार जना अपाङ्गता भएका व्यक्तिहरु लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकाय, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्था तथा भातृ संगठनको उल्लेख्य सहभागिता भएको उक्त र्याली समाज कल्याण परिषद् लैनचौरमा पुगेर सभामा परिणत भएको थियो ।

Rally of IDPD 2018

नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको माननीय मन्त्री थम माया थापा ज्युबाट दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव केशव भट्टराईबाट सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश वाचन गर्नुभयो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु पर्दछ भन्ने सन्देश सम्मानीय राष्ट्रपति ज्यूबाट प्राप्त भएको छ । यसैगरी माननीय प्रधानमन्त्री केपी शर्मा ‌ओली ज्यूले संविधान नीति र कानुनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा पुर्नस्थापना सहभागिता र समावशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । उहाँको सन्देशमा सरकारले अपाङ्गता भएका व्यक्तिको विकास र सशक्तिकरणका लागि छुट्टै बृहत नीति र कार्ययोजना ल्याउने तयारी पनि गरिरहेको जानकारी दिनुभएको छ ।

कार्यक्रममा विभिन्न अतिथिहरुले नेपालमा अपाङ्गताको क्षेत्र, यसमा भइरहेको क्रियाकलापहरु, रहेको चुनौतीहरु र अबका दिनमा कसरी दिगो रुपमा अघि बढ्न सकिन्छ बारेमा आफ्नो आफ्नो धारणा राख्नुभयो ।

शुभकामना प्रदान गर्ने सन्दभमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको माननीय मन्त्री थम माया थापाले नेपालमा गणतन्त्रको लागू भएपछी बनेको सरकारले सिमान्तकृत र पछाडिपरेका समुदायलाई विकासको मूलधारमा ल्याउनका लागि नीति नियम कानूनहरु संवेदशील र समावेशी बनाइएको बताउनुभयो । देश विकासमा मलाई गणना गर समावेश गर भन्ने नारा निकै सान्दर्भिक रहेको छ । यसको लक्ष्य र उद्देश्यले अपाङ्गता भएका नागरिकहरुलाई समाजमा आफ्नो क्षमता देखाउने र अधिकारको सुनिश्चितताको महशुस गर्ने तथा सम्मानित जीवनयापन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Participants of the Program

दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री ज्यूबाट बेलकोट गढी नगरपालिकामा अवस्थित सामुदायिक जनजागरण पुस्ताकालयलाई यस वर्षको पहुँचयुक्ताको अवार्ड संस्थाका प्रतिनिधि रामचन्द्र तिमिल्सिनालाई प्रदान गरियो ।

कार्यक्रमको समापन मन्तव्य दिनुहुदैँ यस कार्यक्रमका संयोजक तथा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले विगतका समयमा भएका कामहरुको समिक्षा गर्दै अबका दिनमा सरकारको सहकार्य र समावेशिताको सिध्दान्तलाई अघि बढाउदै जानुपर्ने माग गर्नुभएको छ । यस वर्षको नारा रहेको ‘मलाई गणना गर समावेश गर’ लाई वर्षभरी नै अभियानको रुपमा सञ्चालन गरिने अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि गाउँमुखी रणनीति बनाई राज्यप्रदत्त सेवा सुविधामा पहुँच पुर्याउन सरकारलाई सघाउने प्रतिबध्दता जनाउनुभएको छ ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.