Accessibility Options


Skip to Navigation Skip to Content
Dec 7, 2018

समावेशी शिक्षा सम्बन्धी दुई दिने कार्यशाला सुरु


काठमान्डौमा समावेशी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठीको सुरुवात  गरिएको छ । एक कार्यक्रमका बीच आज शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रि गिरिराज मणि पोख्रेलले पानसमा बत्ति बालेर गोष्ठीको उद्घाटन गर्नु भएको   हो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्रि पोख्रेलले विगत देखि अपाङ्गता भएका व्यक्तिको शिक्षामा पहुँच अविवृद्धिका लागि भएगरेका कुराहरूको पुनरावलोकन गर्दै अब थप गर्नु पर्ने विषयवस्तु वारे सुझाव दिन सहभागीहरूलाई अनुरोध गर्नु भयो । कार्यक्रमको पुर्ण सफलताको सुभकामना दिँदै मन्त्रि पोख्रेलले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्ति सरह एउटै पाठ्यक्रम र पद्धति मार्फत शिक्षा प्रदान गर्न प्रयास गर्ने, तर त्यसले समेट्न नसकेका समूहलाई विशेष व्यवस्था गरेर भएपनि सबैलाई शिक्षाको पहुँचमा ल्याउने हाल सरकारको निती रहेको बताउनु भयो । यसकै लागि नेपाल सरकाले हाल सात ओटै प्रदेशमा विशेष व्यवस्था सहित नमुना विद्यालयहरू निर्माण गर्नका लागि बजेट समेत छुट्याइ सकेको जानकारी गराउनु भयो ।

Minister of Education giving his remarks during the summit

तस्विर विवरण: माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरीराजमणि पोखरेल कार्यक्रममा वक्तव्य प्रस्तुत गर्नुहँदै!

कार्यक्रमको सुरुमा बोल्दै उक्त उद्घाटन समारोहका अध्यक्ष समेत रहनु भएका राष्ट्रिय अपाङ्ग महासँघ नेपालका अध्यक्ष शुदर्सन सुबेदिले आफुहरूले नेपाल सरकारलाई नै सघाइ रहेको बताउनु भयो । उहाँले विकाशका क्रियाकलापमा सघाउने उदेश्यका साथ आएका अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले अपाङ्गताको क्षेत्रमा समेत लगानी गर्नु पर्ने र उनीहरूलाई आफ्ना कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको मर्म अनुरूप सञ्चालन गर्न समेत अनुरोध गर्नु भएको थियो ।

उक्त कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूको २७ औँ अन्तरराष्ट्रिय दिवसका सन्दर्भमा शिक्षा, विझ्यान तथा प्रविधी मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकाश केन्द्रसँगको समन्वय एवम् राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, सीबीएम, ह्युमानिटि इन्क्लुजन र आर्.सीआर्डी भक्तपुरसँगको साझेदारीमा आयोजना गरेको हो ।

Participants of the Program

तस्विर विवरण: कार्यक्रममा सहभागी

उद्घाटन सत्रमा अनुसन्धानकर्ता सपना बस्नेत बिस्ठ, माननीय प्रकाश पन्त, माननीय जीवन बुडा लगायतले बोल्दै कार्यशाला गोष्ठीको सफलताका लागि सुभकामना दिनु भएको छ ।

दुई दिन सम्म काठमान्डौ नयाँ-बानेश्वर स्थित अल्फा हाउसमा सञ्चालन हुने कार्यशाला २१ गते शुक्रवार एक प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न हुनेछ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.