Accessibility Options


Skip to Navigation Skip to Content
Dashai Subhakamana Card (Text Below)

 

बडादशै—२०७५ को सुखद उपलक्ष्यमा महासंघका सदस्य संस्था, अपाङ्गता अधिकारकर्मी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैसस प्रतिनिधि, अपाङ्गता भएका ब्यक्ति, महासंघका संघीय तथा प्रादेशिक कार्यालयका पदाधिकारी, कर्मचारी एवम् सम्पूर्ण नेपालीमा सुस्वास्थ्य दिर्घायू तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

साथै असोज ३० गतेदेखि कार्तिक ७ (पूर्णिमाको भोलिपल्ट) गतेसम्म महासंघको संघीय कार्यालय तथा सम्पूर्ण प्रादेशिक कार्यालयहरु बन्द रहने जानकारी गराईन्छ ।

Oct 3, 2018

पहुँचयुक्तता र रोजगारी प्रवर्द्धन तर्फका ईनोभेसन अवार्ड वितरण कार्यक्रम सम्पन्न


काठमाडौंमा एक कार्यक्रममा तीन कम्पनीलाई ईनोभेसन अवार्ड प्रदान गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना एवम् सीबीएम् र डिआरपीआइसंगको साझेदारीमा सञ्चालित कार्यक्रममा पहुँचयुक्तता तर्फको अवार्ड बागबजार स्थित होटेल हार्दिक एवम् चन्द्रागिरि हिल्सलाई प्रदान गरियो । साथै समावेशी रोजगारी तर्फको अवार्ड खेम्स क्लिनिङ सर्भिसेसलाई प्रदान गरिएको हो ।

अवार्ड प्रदान गर्दै माननीय महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले यस किसिमका कार्यबाट अन्य निकायलाई समेत अपाङ्गता भएका व्यक्तिहरूलाई थप सेवा पुर्याउने काम गर्न उर्जा मिल्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूका लागि भनेर बनाइएका संरचना तथा सेवाहरू उनीहरूका लागि मात्र नभई अन्य व्यक्तिका लागि समेत उपयोगी हुने बताउदै यस किसिमका क्रियाकलापमा नेपाल सरकारले समेत आफ्नो तर्फबाट पहल गर्ने र यस किसिमका कार्य गर्ने संस्था एवम् व्यक्तिलाई सघाउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Innovation Award Program Bannerतस्विर विवरण: कार्यक्रमको मुख्य ब्यानर

सन् २०१६ अगस्टदेखि सेवा शुरु गरी छोटो समयमै हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक, दर्शनीय तथा रमणीय स्थल—चन्द्रागिरी डाँडा भ्रमण गराई पर्यटन उद्योगमा टेवा पु¥याउन सफल चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो परिसरभित्रका मुख्य संरचनाहरु अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक तथा बालबालिका मैत्री बनाएको छ । पहुँचयुक्तता प्रबद्धन गर्ने ¥याम्प, पदमार्ग, शौचालय, बिधुतीय गाडी तथा ह्वीलचियरको व्यवस्थाले परिसरभित्र सुन्दरतासंगै सहजता पनि थपेको छ ।

बागबजारमा अवस्थित होटल हार्दिक भव्य मात्र होइन, आफ्नो सभ्य संरचना र पाहुनाप्रति गरिने आत्मीय व्यवहारका कारण पनि चर्चित छ । यस होटेलका अधिकांश संरचनाहरु पहुँचयुक्त बनेका छन् । अपाङ्गता भएका ब्यक्ति यो होटलमा निर्वाध प्रवेश गर्न सक्छन् , स्वतन्त्र रुपले घुमफिर गर्न सक्दछन्, यहाँका सेवा सुविधाहरु कसै सहयोगविना नै आफैं प्रयोग गर्न सक्छन् र आफूलाई सम्मानित महसुस गर्न सक्छन् । यस होटेलका शौचालय, लबी, रिसेप्सन, हल र पार्किङ स्थलहरु पहुँचयुक्त बनेका छन् । अपाङ्गता भएका ब्यक्तिले यहाँ रोजगारी समेत पाएका छन् ।

'नयाँ नेपाल स्वच्छ नेपाल' भन्ने नाराका साथ दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिद्धारा खेम्स क्लिनिङ सर्भिसेसले सरसफाई सम्बन्धी उच्च व्यवसायिक सेवा प्रदान गर्दै आईरहेको छ । विभिन्न किसिमका भवन संरचना तथा तिनका परिसरलाई दक्ष जनशक्ति र उपकरणद्धारा सफा, स्वच्छ र सुरक्षित बनाउने काममा कटिबद्ध खेम्स क्लिनिङ सर्भिसेसले राष्ट्रिय अपांग महसंघसंगको सहकार्यमा २० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई रोजगार प्रबद्धनगरी जीविकोपार्जनको मूल प्रवाहमा जोड्ने काम गरेको छ ।

Group photo of the awardees and guest with Honorable Ministerतस्विर विवरण: अवार्ड प्राप्त गर्ने कम्पनीका प्रतिनिधीहरूको माननीञ मन्त्रीज्यू तथा अन्य पाहुनाहरू सँगको सामुहिक फोटो

कार्यक्रममा महासंघका अध्यक्ष सुदर्शन सुबेदी, योर्क विश्वविद्यालय, क्यानडाका प्रोफेसर मार्सिया रिउ, सीबीएमका राष्ट्रिय निर्देशक सुरज सिग्देल, दुरसञ्चार प्राधिकरणका उपनिर्देशक आनन्दराज पाण्डे, मानव संसाधन समाजका उपाध्यक्ष बिन्दु भट्टराई लगायतले बोल्दै यस किसिमका पहलबाट विभिन्न तहमा काम गरिरहेका सरोकारवालाहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन देखिने गरी काम गर्न साँच्चिकै उर्जा प्रदान गरेको बताउनु भएको थियो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.