Accessibility Options


Skip to Navigation Skip to Content
Nov 27, 2018

अपाङ्गता भएका व्यक्तिहरूको मानब अधिकार अनुगमन प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न


राष्ट्रिय अपाङ्ग महासंघ नेपालले  माईराईटको सहकार्यमा सातवटै प्रदेशका  मानव अधिकार अनुगमन कार्यदललाई  तिन दिने प्रशिक्षक प्रशिक्षण  (MTOT) संचालन गर्यो। काठमाडौंमा मिति २०७५ मंसिर ३ गत देखि ५ गते सम्म संचालन गरिएको उक्त कार्यक्रमको उदघाटन महासंघका महासचिव श्री राजु बस्नेत ले गर्नु भएको थियो भने माईराईटका राष्ट्रिय संयोजक श्री शिव रायमाझीले कार्यक्रमा आफ्नो भनाई राख्नु भएको थियो।

तालिम लाई मुख्य प्रशिक्षक श्री देविकानन्द तिमिल्सिना  तथा सह प्रशिक्षक हरु  श्री जगदिश प्रसाद अधिकारि श्री निर्मला धिताल तथा महासंघका प्रशाशकिय ब्यावस्थापक श्री मनिस प्रसाई ले मानव अधिकार अनुगमन मानव अधिकार के हो र यो कसरी आयो मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र १९४८ मानव अधिकार संम्बन्धी अन्तरार्ष्ट्रिय कानुन र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधी बारे जानकारी, यूएन सिआरपिडि का सिफारिसहरु,  मानवअधिकार अनुगमन भनेको के हो र यो किन र कसरी गरिन्छ ? अपाङगता भएका व्यक्तिहरुको मानव अधिकार र यसका विशिष्टताहरु, नेपालमा मानव अधिकार सम्बन्धी काम गर्ने  संयन्त्रहरु, मानव अधिकार उलंघन र उजुरी प्रकृयाहरु अपाङ्गता सम्बन्धी नीति, कानुन, नियम, निर्देशिकाहरूमा थप जानकारी (संविधानमा भएका व्यवस्थाहरू, अपाङ्गता अधिकार ऐन, समावेशी शिक्षा नीति, पहुँच सम्बन्धी निर्देशिका)   अपाङगता भएका व्यक्तिहरुको मानव अधिकार अनुगमन चेक लिष्ट, अनुगमनका क्रममा आईपर्ने समस्या, चुनौतिहरु र अपनाउनु पर्ने होसियारी  सूचना संकलनको लागि अपानउनु पर्ने होसियारी सूचनाको गोपनियता, प्रमाण संकलन र प्रमाणहरुको सुरक्षा सम्बन्धिका बिषयबस्तुहरु माथि छलफल समुह कार्य सामुलेशन तथा प्रस्तुति तथा अभ्यास जस्ता कार्यहरु गरिएको थियो । 

Group photo of the participant of the program.

तस्विर विवरण: कार्यक्रमका सहभागीहरू सामुहिक तस्विर खिचाउँदै!

कार्यक्रममा जम्मा  ४७ जना सहभागिहरु जस्मा महिला १९ जना पुरुष २५ जना तथा अपाङगता भएका ब्यक्तिहरु  ३२ तथा अपाङ्गता नभएका ब्यक्तिहरु १२ जना थिए । कार्यक्रमको ब्यावस्थापन कार्यक्रम संयोजक चन्द्रबहादुर कटुवालले गर्नु भएको थियो भने समापन सत्रमा महासंघका उपाध्यक्ष श्री टिका दाहाल का साथै  अध्यक्ष श्री सुदर्शन सुवेदी हुनु हुन्थ्यो।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.