Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Dec 16, 2018

मुनिश्वर स्मृति दिवस मनाइयो


राष्ट्रिय अपाङ्ग महासंघले आज एक कार्यक्रम गरी यसका पुर्व अध्यक्ष मुनिश्वर पाण्डेको स्मृति दिवस मनाएको छ । स्वर्गीय मुनिश्वर पाण्डे राष्ट्रिय अपाङ्ग महासंघको वि.सं. २०५६ को महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरुको आन्दोलनलाई मुर्त रुप दिदै उनिहरुको सर्वाङ्गिण विकासको लागी भुमिका खेलेका पाण्डे वि.सं. २०५९ मा भएको अर्को महाधिवेशनबाट दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको थियो ।

अपाङ्गता भएका व्यक्तिहरुको हकहित र अधिकारको लागी स्थापित यो संस्थालाई उच्च स्थानमा ल्याउने श्रेय भने मुनिश्वर पाण्डेलाई जाने जानकारहरु बताउँछन।

मुनिश्वर पाण्डेलाई हजुरले कसरी स्मरण गर्नुहुन्छ भन्ने प्रश्नमा राष्ट्रिय अपाङ्ग महासंघका सङ्घिय अध्यक्ष सुदर्शन सुवेदीले मुनिश्वर पाण्डे राष्ट्रिय अपाङ्ग महासंघका पुर्व अध्यक्ष मात्र नभएर अपाङ्गता आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन अथक र अविरल लागिरहेका कर्मशिल योद्धा भएको बताउनुभयो।

Shudarson Subedi paying his remarks to Munishwor Pande

तस्विर विवरण: सुदर्शन सुवेदी, सङ्घीय अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासंघ स्वं पाण्डेको तस्विरमा माल्यार्पण गर्नुहुँदै।

महासंघकी सङ्घिय उपाध्यक्ष टिका दाहालले मुनिश्वर पाण्डे अपाङ्गताको सवाललाई मानवअधिकारको सवाल बनाउन र अधिकारमुखी अवधारणालाई स्थापित गर्न सफल अधिकारकर्मी भएको र आफुहरु पनि उहाँकै चेलाचेली भएको बताउनुभयो ।

शारिरीक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले पाण्डे अध्यक्ष हुँदा आफु महासचिव भएको स्मरण गर्नुभयो । मुनिश्वर अध्यक्ष हुँदा नै सरकारले पहिलो पटक अपाङ्गता भएका व्यक्तिको कार्यक्रमको लागी बजेट छुट्याउन सुरु गरेको बताउनुभयो । "अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बनाउने पहलको सुरुवात पनि उहाँकै पालोबाट सुरुवात भएको थियो ", शिल्पकारले थप्नुभयो ।

यस्तै अपाङ्गता भएका व्यक्तिको लागी स्वावलम्बन जिवन पद्धति केन्द्र काठमाण्डौँका अध्यक्ष गणेश केसीले मुनिश्वर पाण्डे महासंघका अध्यक्ष रहँदा आफु महासंघको कर्मचारी रहेको स्मरण गर्नुभयो । उहाँले तत्कालिन अवस्थामा महासंघको संक्रमणकालिन अवस्थालाई सुधार गरी देशभरी नै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न विभिन्न स‌ंघसंस्थाहरु खोल्नलाई प्रोत्साहन गर्ने र अधिकारकर्मी साथिहरुलाई उत्प्रेरणा प्रदान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई राज्यको मुल मुद्धाको रुपमा स्थापित गर्न पाण्डेले भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सङ्घिय अध्यक्ष सुदर्शन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो समाचार राष्ट्रिय अपाङ्ग महासंघ नेपालका लागी श्री मिलन खरालले तयार गर्नुभएको हो। यस लेखमा प्रयोग भएका तस्विर पनि वहाँले नै खिच्नुभएको हो।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.