Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Apr 3, 2019

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम


राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा अष्ट्रेलियन एम्बेसीसँगको साझेदारीमा सञ्चालित समावेशी शिक्षा सम्बन्धीपरियोजना "Let Us go to the School" अन्तर्गत मिति २०७५ चैत्र १९ मंगलबार तारकेश्वर ५ नगरपालिका काठमाडौं स्थित पृथ्वी नारायण माध्यमिक विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरुलाई कक्षाको सिकाइ प्रकृयामा सहभागी हुन सहयोग गर्ने विशेष प्रकारका शैक्षिक सहायक सामग्री विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको सहभागितामा यस विद्यालयका प्रधानाध्यापक समक्ष हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको मूल उद्देश्य समावेशी तथा विशेष विद्यालयमा भएका अपाङ्गता भएका बालबालिकाहरुको आवश्कता पहिचान गरी उनीहरूकोशिक्षण सिकाइ प्रकृयामा पहुँच बढाउन योगदान गर्नु हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री सुदर्शन सुवेदीबाट विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री ईश्वरी प्रसाद धिताललाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुहुदैै

'शिक्षा पाउनु हरेक बालबालिकाहरुको अधिकार हो र यो अधिकार अपाङ्गता भएका बालबालिकाहरुमा पनि समान रुपमा लागू हुन्छ । पढने पढाउनेक्रममा कतिपय अवश्यकताहरू अन्य बालबालिकाहरूको भन्दा अपाङ्गता भएका बालबालिकाहरूको फरक हुन सक्छ तर उनीहरूले पनि सिकाइ प्रकृया पहुँचयुक्त र समावेशी भयो भने अन्य सरहनै सिक्न सक्छन् । उनीहरूका लागि कतिपय सिकाइ प्रकृयाहरू फरक र विशेष हुन सक्छन जुन कुरा सुनिश्चित गर्नु विद्यालय, हामी अधिकारकर्मी र सरोकारवालाको दायित्व हो । भएकोले उनीहरुका लागि सिकाईका माध्यम रप्रक्रिया पनि फरक हुन सक्छ ।' कार्यक्रममा शैक्षिक सामग्री प्रदान गर्दै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदीलेउक्त कुरा व्यक्त गर्नुभयो । यो सहयोले यस विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकाहरूकका थोरै भएपनि सिकाइ प्रकृयामा सहयोग गर्ने विश्वास श्री सुवेदिले व्यक्त गर्नुभयो ।

विद्यालय प्रधानाध्यापक श्री नारायण प्रसाद शर्माले महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदीबाट हस्तान्तरण पत्र बुझीलिदै

विद्यालय प्रधानाध्यापक श्री नारायण प्रसाद शर्माज्यूले महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदीबाट हस्तान्तरण पत्र बुझीलिदै

विद्यायलका प्रधानाध्यापक नारायण प्रसाद शर्मा, विद्यालय सञ्चालक समितिका अध्यक्ष इश्वरी प्रसाद धितालले विद्यालयमा अध्ययरत दृष्टिविहिन बालबालिकाहरुको लागि प्रदान गरिएको शैक्षिक सामग्रीहरुले शिक्षकहरूलाइ सिकाउन र विद्यार्थीहरूलाइ सिक्न दुवै प्रकृयामा थप्नेमा विश्वास व्यक्त गर्दै खुसी व्यक्त गर्नुभयो र सहयोगका लागि महासंघ तथा अष्ट्रेलियन दुतवास दुवैलाइ धन्यवाद दिनुभयो । महासंघले उक्त विद्यालयलाइ देहायबमोजिमका सामग्रीहरू हस्तान्तरण गरेको हो ।

तपशिल सामग्रीहरु हस्तान्तरण गरिएकोः

१ स्लेट स्टाइलस १५ थान
२ स्कूल ब्याग १५ थान
३ ब्रेल कपी २५ वन्डल
४ पेन ड्राइभ १२ वटा
५ अडियो डिभाइस १२ वटा
६ टकिङ क्यालकुलेटर १२ वटा
७ सेतो छडी १५ वटा

केही तस्विरहरु

हस्तान्तरण पछी सामूहीक तस्विर

दृष्टिविहिन बालबालिकाहरुसँगै अरु बालबालिकाहरुको कार्यक्रममा सहभागिहुदै

बालबालिकाहरुको सामग्रीको प्रयोग गर्दै

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.