Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Jun 19, 2019

अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम


अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुको एक झलक (Small)

तस्विरः अपाङ्गता सवालमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुको एक झलक
अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकार संरक्षण र सम्बर्धनका सवालमा राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवनमा मिति २०७६ असार ४ गते अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । हरेक निकाय अपाङ्गता सवालमा सुसूचित हुनुपर्ने आजको आवश्यकतालाई ध्यानमा राखि उक्त अभिमुखीकरण आयोजना गरिएको हो । अपाङ्गताको सवालमा आयोगले विगतमा गरेको कामहरु तथा आगामी दिनहरुमा गर्नु पर्ने कामहरु के के हुन् भन्ने विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया सो कार्यक्रमको उद्देश्य रहेको कुरा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूले प्रकाश पार्नु भयो ।

राष्ट्रिय मानव अधिकारको माननीय सदस्य श्री प्रकाश अवस्थी ज्यू कार्यक्रममा अपाङ्गता सवालमा आफ्ना भनाई राख्नहुदै‌ गरेको तस्वीर

तस्विरः राष्ट्रिय मानव अधिकारको माननीय सदस्य श्री प्रकाश वस्ती ज्यू कार्यक्रममा अपाङ्गता सवालमा आफ्ना भनाई राख्नुहुदै‌

कार्यक्रमको संचालन गर्नुहुदै आयोगका अपाङ्गता फोकल पर्शनको रुपमा काम गर्नुभएकी रञ्जिता साहले अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको अवस्था सम्बन्धी राष्ट्रिय प्रतिवेदनको छोटकरीमा प्रस्तुत गर्नुभयो । यसै क्रममा महासंघका अध्यक्ष मित्रलाल शर्माज्यूले महासंघको परिचय तथा कार्यक्षेत्र बताउनुहुदै अपाङ्गता क्षेत्रका सवालहरु तथा चुनौतिहरु, आगामी दिनमा मानव अधिकार आयोगसँग सहकार्य तथा समन्वयका पाटाहरु तथा महासँघको आयोग प्रतिको अपेक्षाहरुसहित प्रस्तुति गर्नुभयो । कार्यक्रममा सहभागी विभिन्न अपाङ्गता अधिकारकर्मीहरुले अपाङ्गताका विभिन्न वर्गीय सवाल, चुनौती र आयोगले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति नियम तथा कार्यान्वयनमा मानव अधिकारको अवधारणाबाट उठाउनुपर्ने विभिन्न सवालहरुको सम्वन्धमा सुझावहरु प्रदान गर्नुभयो । करिब ६० जनाको सहभागिता रहेको कार्यक्रममा आयोगका सदस्य माननीय प्रकाश वस्ती ज्यूले कार्यक्रमको समापन गर्नुहुदै प्राप्त सल्लाह र सुझावहरुले आयोगलाई यस क्षेत्रमा काम गर्न थप उर्जा थपेको र भविष्यमा पनि यस्तै समन्वय तथा सहकार्य हुने प्रतिवध्दता जनाउनु भयो ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.