Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Feb 18, 2019

प्रेश विज्ञप्ती


मिति २०७५/११/६ गते

प्रेश विज्ञप्ती

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवा शर्त सम्बन्धमा गर्न बनेको बिधेयकमा साविकको निजामती सेवा ऐनमा भएको ब्यवस्था अनुसार अपाङ्गता भएका ब्यक्तिहरुको आरक्षण ५ प्रतिशतबाट घटाएर ३ प्रतिशत र सेवा प्रवेश उमेर हद ४० वर्षबाट घटाएर ३५ वर्ष बनाइएकोकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गंभीर ध्यानाकर्षण भएपछि उक्त प्रस्तावित बिधेयकमा साविकको ५ प्रतिशत आरक्षणको ब्यवस्था सेवा प्रवेश अवधी ४० वर्ष उमेरको हद कायम गरियोस भनि महासंघले विभिन्न सदस्य संस्था र राजनैतिक दलका अपाङ्गताको सवाल हेर्ने भातृ संगठन सँगको सहकार्यमा मिति २०७५ माघ २९ गतेदेखी निरन्तर जनवकालत र सम्बन्धित निकाय र सरोकारवालामाथि शान्तिपूर्ण दवाव  दिने कामहरू गरिरहेको छ ।   

यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा २०७५ फागुण २ गते प्रतिनिधि सभाका माननीय ज्यूहरुलाई भेटघाट गरि अवस्थाको वारेमा जानकारी गराइयो र महासंघले राखेका मागहरूमा गंभीर रूपले सोचेर मात्र निर्णय गर्न अनुरोध गरियो । फागुन ३ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, कानून न्याय तथा संसदीय ब्यवस्था मन्त्री, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सचेतक शान्ता चौधरी र प्रतिनिधि सभाका माननीयहरुलाई भेटी उक्त बिषयमा ध्यानाकर्षण गराइएको छ । यसैगरि फागुन ४ गते कार्य ब्यवस्था तथा सुशासन समिति, नेकपा का अध्यक्ष श्री पुष्पकमल दहाल प्रचण्ड र अन्य समितिका माननीय ज्यूहरुलाई भेटघाट गरि लिखित माग सहित ध्यानाकर्षण गराउनुका साथै र प्रतिनिधि सभाका २७५ जना माननीय ज्यूहरुलाई मोबाइल सन्देश पठाइएको छ । यसैगरी फागुन ५ गते कार्य ब्यवस्था समितिका सभापती र प्रतिनिधी सभाका अन्य माननीय ज्यूहरुलाई भेटघाट यसैगरी नेपाली काग्रेसका सचेतकलाई ध्यानकर्षण पत्र बुझाउने काम गरिएको छ ।  

२०७५ फागुण ३ गते संघीय निजामती सेवा विधेयक २०७५ प्रतिनिधि सभामा प्रस्तुत भएको छ भने संघीय निजामती सेवा विधेयक २०७५ मा बिचार गरियोस भन्ने प्रस्ताव २०७५ फागुण ६ गतेको सम्भावित दैनिक कार्यसूचिमा रहेको छ । यस प्रस्तावित बिधेयकमा साविकको ५ प्रतिशत आरक्षणको ब्यवस्था सेवा प्रवेश अवधी ४० वर्ष उमेरको हद कायम गरेर मात्र विधेयक  पारित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल नेपाल सरकार लगायत, प्रतिनिधिसभाका सांसदज्यूहरूसँग जोडदार माग गर्दछ । अपाङ्गता भएका ब्यक्तिहरुको साविकको ५ प्रतिशत आरक्षण र सेवा प्रवेश उमेर हद ४० कायम नरहे आम अपाङ्गता भएका व्यक्तिहरू अधिकार रक्षाको लागि सडक संघर्षमा उत्रन बाध्य हुनेछौ ।

 

 

...........................
टीका दहाल  
उपाध्यक्ष  

डाउनलोड लिङ्क

 PDF फर्म्याटमा डाउनलोड गर्नुहोस्

 MS Word फर्म्याटमा डाउनलोड गर्नुहोस्

 

 

 

 

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.