Accessibility Options


Skip to Navigation Skip to Content

जरूरी सुचना

नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मिति २०७४/०९/०६ सुचना अनुसार सो मन्त्रालयले तयार गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा उपर राय सुझाव पेश गर्नका लागि सबैमा अनुरोध गरेको छ। विस्तृत जानकारी तथा सुझाव दिन यहाँ थिच्नुहोस्।

Dec 25, 2017

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा मा सुझाव माग


नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मिति २०७४/०९/०६ सुचना अनुसार सो मन्त्रालयले तयार गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा  उपर राय सुझाव पेश गर्नका लागि सबैमा अनुरोध गरेको छ।

मन्त्रालयको उक्त सुचना अनुसार सो मस्यौदा उपर राय सुझाव पौष २०, २०७४ भित्र निम्न ईमेल, फोन नं वा पत्राचार गरेर पेश गर्न सकिनेछ।


सुझाव पठाउने ठेगाना:

फोन : ०१ ४२००१२५
ईमेल : mowcswdisability@gmail.com
पत्राचार : अपाङ्गता अधिकार प्रवर्द्धन शाखा, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, सिंहदरबार, काठमाडौँ


महासँघ मार्फत पनि सुझाव पठाउन सकिने:

यसै गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७४ को मस्यौदा  उपर सुझाव राष्ट्रिय अपाङ्ग महासँघ नेपाल मार्फत पनि पेश गर्न सकिनेछ। सबैबाट प्राप्त भएका त्यस्ता सुझावहरूलाई समेटेर महासँघले नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा एकमुष्ट रूपमा बुझाउनेछ।

महासँघ मार्फत सुझाव पठाउने ठेगाना:

राष्ट्रिय अपाङ्ग महासँघ - नेपाल
केन्द्रीय कार्यालय, भृकुटीमण्डप, काठमाडौँ।
फोन: 014231159, 014488540
ईमेल: gsecretary@nfdn.org.np


नियमावलीको मस्यौदा डाउनलोड:

 PDF Format मा डाउनलोड गर्नुहोस्

 Word Format मा डाउनलोड् गर्नुहोस्

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.