Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Feb 28, 2018

प्रकाशन: असल अभ्यास


Cover Image of Asal Abhyas Book

राष्ट्रिय अपाङ्ग महासँघको जिल्ला च्याप्टर र स्वावलम्बन समुहले आफ्नो कार्यक्षेत्रमा गरेका असल अभ्यास र सह्रानीय कामहरुको वारेमा छोटकरीमा यस पुस्तकमा समेट्ने प्रयास गरिएको छ । यसवाट अन्य अपाङ्गता भएका ब्यक्ति तथा सँस्थाहरुले केही सिक्न र आफ्नो व्यवहारमा उतार्न सकुन् भन्ने यस पुस्तक प्रकाशनको अभिप्राय रहेको छ।

यस प्रकासनमा समावेश भएका सामाग्री निम्मानुसर प्रकासित गरिएको छ।

यस प्रकाशनलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


लेखक: सुदर्शन सुवेदी
असल अभ्यास (Good Practice) स्थापित गर्नु सहज काम होइन । यसको लागि धेरै चुनौतिको सामना गर्नुपर्छ र मेहेनत र संघर्षको पनि त्यतिकै जरूरी हुन्छ । असल अभ्यास सबैतिर एकैपटक स्थापित हुने कुरा पनि होइन । यसलाई एकठाउँमा स्थापित गरेर विस्तारै अन्यत्र पुन प्रयोग गर्दै लैजानुपर्छ । तपाँइ हामीले गरेका राम्रा कामहरूबाट अरू पनि लाभान्वित हुने अवसर मिलोस भनेर यस्ता अभ्यासहरूलाई समुदायमा विभिन्न माध्यमहरूबाट पुर्‍याउनु सबैको कर्तव्य पनि हो र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल यस्ता कर्तव्यहरू प्रति सचेत छ ।
विहान ७ बजेको छ । मान्छेहरु झुरुप्प बसिरहको देखिन्छन् । एक छिन त म अलमल्ल परें । कतै केही त भएको होईन भनेर । पछि बुझ्दा त पवित्राको पसलमा चिया पिउने, घरमा चाहिने सरसमान र तरकारी किन्ने मानिसहरुको भिड रहेछ । पवित्रा पनि पसलमा हतार हतार गर्दै सामान दिने, चिया पकाउने, चिया दिने, गिलास माझ्ने, पैसा लिने काममा व्यस्त थिईन् । हामीले पवित्रालाई भेट्न आएको कुरा जानकारी गरायौं । उनी मुसुक्क मुस्कुराईन् अनि बस्न अनुरोध गरिन् । करिब १ घण्टापछि क्रमैसँग भिड कम हुँदै गयो । हामी पनि चिया पिउँदै गफ गर्न सुरु गर्यौ ।
ईलाम जिल्लाका पञ्चकन्या गाविसमा सीताराम रेग्मीको सम्पन्न परिवारमा जन्म भयो । सीताराम सरले जीवनलाई कहिले फर्केर हेर्नु परेको थिएन । आईएड पढ्दा पढ्दै उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुभयो । आइएड पास गरेपछि स्थानीय श्री पञ्चकन्या प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनु भयो । यता घरमा गाई पालन तथा चिया खेति थियो । यसले उनको आम्दानी पनि राम्रो थियो । परिवारमा ५ जना सदस्यहरुको जीवन खुसीसाथ वितिरहेको थियो ।

ईलाम जिल्लाको बरबोटे गाविस वडा नं ४ मा आज भन्दा ३५ वर्ष अगाडि उमादेवी घिमिरेको जन्म भएको थियो । उनको परिवारमा उनी सहीत ११ जना सदस्य रहेका छन् । सामान्य खेतीपाती गर्ने परिवारमा जन्मेकी उमाको परिवारमा दुई छाक खान भने चटारो थिएन ।

कैलाली जिल्लाको दुर्गम ठाउँ बलिया गाविस वार्ड नं. ४ लम्कीमा वि.सं. २०३६ सालमा यम रसाईलीको  गरिब परिवारमा जन्म भएको थियो । यम जन्मदै शारीरिक अपाङ्गता भएर जन्मिन् । अरु अपाङ्गता भएको व्यक्तिको जस्तै उनको पनि आफ्नै कथा छ ।

गरिव भएँ त के भयो ? तर पनि खुसी थिएँ । बाल्यकालमा धेरै दुःख भोगें । तर त्यो पनि सहें । कहिले हरेस खाइन बरु गरिवीको विरुद्धमा लड्दै अगाडि बढें । तर एक्कासी म माथि बज्रपात पर्यो । जुन म भन्न पनि सक्दिन र सम्झदा पनि मलाई गाह्रो हुन्छ । भक्कानिदै शुष्मा भण्डराले आफ्नो कुरा सुनाइन् । वि.सं २०५१ सालमा कैलाली जिल्लाको  साडेपानी गाविस वडा नं. ६ मा गरिव परिवारमा उनको जन्म  भएको थियो । घरमा उनी सहीत ९ जनाको परिवार छ ।
जनचेतना अपाङ्ग स्वावलम्वन समुह वीरेन्द्रनगर ११, सुर्खेत १८ बैसाख २०७१ मा औपचारिक रुपमा स्थापना भएको समुह हो । जसलाई नर बहादुर कसेराले नेतृत्व दिईरहनु भएको छ । ९ सदस्यीय कार्यकारी समिति भएको उक्त समुहमा २२ जना साधारण सदस्य आवद्ध भएका छन् । यो समुहमा आवद्ध हुनु पूर्व सबै जनाले गाउँमा एकल रुपमा सघर्ष गरिरहेका थिए । कोही कसैले एक अर्कालाई चिनेका समेत थिएनन् । आ-आफ्ना समस्यासँग आ-आफू नै जुधिरहेका थिए । कोही दैलेख, कोही जाजरकोट, जुम्ला,  सुर्खेतको अन्य ठाउँ लगायतका विभिन्न स्थानबाट यस ठाउँमा बसाई सराई गरी विरेन्द्रनगर आएका थिए ।
मेरो नाम श्रवणकुमार यादव हो । म शारीरिक  अपाङ्गता भएको व्यक्ति हुँ । अहिले म २९ वर्षको भएँ । हाल म सनसाईन नामक संस्थामा काम गर्छु । मेरो मासिक १० हजार तलब छ । यसले मलाई आफ्नो अध्ययन र सामान्य घर परिवार चलाउन सहज भएको छ । निकै खुसी मुद्रामा श्रवणकुमार प्रस्तुत भए ।
पुर्वी नेपालको अत्यन्तै रमणीय जिल्ला ईलाम । जहाँ सुन्दरताको वयान गरेरै साध्य छैन । हो यहि ठाउँको कन्याम गाविस वडा नं ८ मा सविना राईको वि.सं. २०५२ सालमा जन्म भएको थियो । उनको परिवारको आर्थिक अवस्था सामान्य थियो । ७ जनाको परिवार चलाउन उनको बुबा आमालाई त्यति सजिलो थिएन । त्यस माथि सविना जन्मदै अपाङ्गता भएर जन्मेको कारण परिवारलाई औषधी उपचार गर्न र उनको हेरविचार गर्न पनि त्यति सजिलो थिएन ।
आफ्नो अनुहार ऐनामा हेर्छु । लाग्छ म पनि अरु जस्तै त छु । तर किन मलाई सबैले हेला गर्छन ? समाजले त हेला गर्यो तर आफ्नै घरबाट पनि किन अपमान भएको होला ? मलाई किन मान्छेले बुझ्दैनन् ? के ममा अपाङ्गता हुनु मेरै दोष हो र ? म जस्तो अपाङ्गता भएको व्यक्तिको समाजमा अरु सरह बाच्ने अधिकार छैन ? म मा यस्तै प्रकारका प्रश्नले डेरा जमाएको थियो । कहिले काही त यस्तो समाजमा बस्नु भन्दा मर्नु नै वेस जस्तो लाग्थ्यो । तर एकबारको जुनी हो, फेरि अर्को जन्म त पाईदैन नै किन मर्नु जस्तो पनि लाग्थ्यो ।
पोहरसाल खुसी फाट्यो जतन गरी मनले जोडें । त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले जोडें, यसपाली त मन नै फाट्यो के ले सिउने के ले जोड्ने हो । यो गीतको जस्तै पिडा बन्यो पुनाराम बेल्वासेलाई । उनी आजभन्दा २८ वर्ष अगाडि कपिलबस्तु जिल्लाको भालुवाडमा जन्मेका हुन् । उनको घरमा आमा बुबा सहित ८ जनाको परिवार छ ।
पूर्वको १ नम्बर प्रदेशमा झापा जिल्ला पर्छ । झापा जिल्ला शैक्षिक, आर्थिक तथा राजनितिक हिसाबले नेपालकै सुगम मानिन्छ । यद्यपी यहाँको अपाङ्गता भएको व्यक्तिको अवस्था भने नाजुक नै थियो । राज्यबाट प्रदान गरिने सेवा सुविधा पनि पाउदैनन् थिए । यसको बारेमा चेतनाको पनि अभाव थियो ।

उनले ताप्लेजुङ्ग छोडिन्, सामान्य जीवन जिउँदै झापा जिल्लाको दमक नगरपालिकामा बस्न थालिन्  । यसै समयमा २०७१ सालमा उनी राष्ट्रिय अपाङ्ग महासंघले गठन गरेको सृजनसील अपाङ्गता महिला समुहको सम्पर्कमा पुगिन् । समुहमा सदस्य भएपछि उनलाई सीपमुलक तथा आयआर्जन कार्यक्रम अन्तरगत ३ महिने “गुडिया तथा कुसन ” बनाउने तालिम लिने मौका मिल्यो । यसले सीप मात्रै होइन जीवन जिउने कलापनि सिकायो ।

विगतका दिन सम्झदै विष्णु भन्छन् । पढ्न त पढियो तर जागिर कहाँ खाने ? जागिर कसले दिन्छ ? निकै चिन्तामा थिएँ । जागिरका लागि धेरै भौतारिएँ । धेरै आश्वासन पाएँ । तर कसैले पनि जागिर दिएनन् । जिन्दगी देखि दिग्दार लागिरहेको थियो ।

म भारतको दिल्लीमा एउटा कम्पनीमा काम गर्दै थिएँ । काम गर्ने क्रममा २०६२ सालमा मेरो दाँया हातको हत्केलाको भाग मेशिनमा परी काट्यो । जसको पिडाले म असाध्यै छट्पटिएँ । यसपछि मलाई हिनताबोध भयो । अर्काको देशमा बस्नुभन्दा आफ्नै ठाउँमा गई केही काम गरौं भन्ने लाग्यो । त्यही भएर म घर फर्कें ।  मलाई भेट्न र मेरो हालचाल सोध्न गाउँका साथीहरु मेरो घर आउँथे । तर मलाई भने उनीहरुसँग भेट गर्न मन लाग्दैनथ्यो । मलाई मेरो जीवन नै वर्वाद भयो, अब म केही गर्न सक्दिन भन्ने लाग्दथ्यो । मेरो हात काटिएपछि मलाई संसार नै अन्धकार भए जस्तो लाग्थ्यो ।  जीवन कसरी चलाउने ? के गर्ने होला ? मेरो चिन्ताको कुनै सिमाना नै थिएन ।
मनिष चौधरीको कैलाली जिल्लाको साडेपानी गाविसमा  बि.सं. २०६४ सालमा जन्म भएको थियो । उनी जन्मजात बहु अपाङ्गता भएका व्यक्ति हुन् । उनको शरिरका कुनै पनि भाग चल्दैन थियो । अब केहि गर्न सकिदैन होला भनेर उनका परिवारले  आशा मारिसकेको थियो । कहिले मर्छ अनि लगेर फालिदिने भनेर बाटो कुरेर बसेका थिए । आफूले खाना खाने समयमा सामान्य खाना खुवाइदिने गर्थे । तर राम्रोसँग खाए नखाएको कसैलाई वास्ता थिएन । बास्तवमा भन्नुपर्दा मनिषको हेरचाह गर्ने जागर कसैलाई पनि थिएन ।
२०६५ सालको साउन महिना थियो । सिमसिम पानी पर्दै थियो ।  त्यसदिन आशाराम  पनि नेपालगंजको यात्रामा थिए । बस चढेको १ घण्टा भएको थिएन उनी चढेको बस दुर्घटनामा पर्यो । दुर्घटनामा केहीले  ज्यान समेत गुमाए । तर उनलाई भने भगवानले हात थापीदिए । उपचारले उनको ज्यान त जोगायो  तर उनी हिडडुल गर्न नसक्ने भए । बास्तवमै उनी शारीरिक अपाङ्गता भएका व्यक्ति भए । आशारामले सोचे मेरो जीवनका सबै आशाहरुमा अब पूर्णविराम लाग्यो ।
गाडि ढ्याक्क रोकियो । कर्ण दाई भन्ने आवाज आयो । एक जना व्यक्तिको सानो घरभित्रबाट हजुर भन्ने आवाज आयो । गाडिबाट उत्रेका व्यक्तिले कर्ण दाईलाई चुङ्गी करबापतको पैसा दिए । कर्ण दाईले वील दिए । यसपछि गाडि फेरि अगाडि बढ्यो । यस्तै दैनिकका साथ जीवन अघि बढिरहेको छ कर्णबहादुरको ।
सान, मान, इज्जतमा वसेका जितबहादुर २०४६ सालको माघ महिनामा आइपुग्दा अन्ततः हारे । भर्खरका लालाबालालाई हुर्काउनु त छदैं थियो । अर्कोतिर परिवार पनि चलाउनु थियो । त्यसकारण घरमा वस्तुभाउ पालिएको थियो । तर रुखमा घास काट्न चढेका जितबहादुर एक्कासी भूईंमा बजारिए । उपचार गराउने ठाउँ तथा आर्थिक समस्याको कारणले गर्दा उनी शारीरिक अपाङ्गता भएका व्यक्ति बन्न पुगे ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्छ भन्ने कुरा जिल्ला भरी नै हल्ला थियो । त्यही भएर सदरमुकाम नजिकैका केही अपाङ्गता भएका व्यक्तिहरु बेला बेला अधिकार खोज्नका लागि जिल्लाका सरकारी  कार्यालयमा जाने गर्दथे । तर उनीहरुको कुरा एउटा कानले सुन्ने र अर्को कानले उडाईदिने मात्र हुन्थ्यो । कसैले पनि उनिहरुको कुरालाई गम्भिरतापुर्वक लिने गरेका थिएनन् ।
२९ वर्ष अगाडि पाल्पा जिल्लाको भैरबस्थानमा जन्मेका बाबुराम शारिरीक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएको कारण पहाडमा हिडडुल गर्न अफ्ठ्यारो थियो । कुनै ठाउँ पुग्न पनि सजिलो थिएन । घरमा बस्ने बाहेक अरु कुनै काम थिएन । तराई झरे केही गर्न सकिन्थ्यो की जस्तो लाग्थ्यो । तर कसरी तराई मधेस झर्ने । उनीहरु अन्योलमा थिए । समाधान खोज्दा खोज्दै उहाँको परिवार ८ वर्ष अगाडि परिवार सहित कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा बसाई सरे ।
मलाई लाग्थ्यो अब म बर्वाद भएँ, अब म जीवनमा केही गर्न सक्दिन होला, समाज पनि कति निष्ठूरी रहेछ, हामी जस्तो व्यक्तिलाई मान्छे नै नगन्ने । दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको देख्दा मलाई निकै चित्त दुख्थ्यो । २४ वर्षीय हिमा वस्नेतले विगतलाई यसरी सम्झिन्छिन् । सुर्खेत जिल्लाको मैनतडा गाविस वडा नं ३ की हिमा शारीरिक रुपमा  अपाङ्गता भएकी महिला हुन् ।
आर्थिक अवस्था कमजोर भए पछि कसको के लाग्छ ? पैसा नै नभए पछि कैलाली जिल्लाको बौनिया गाविसका ३५ जना अपाङ्गता भएका बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोडे । यस गाविसमा कूल ४५० जना मध्ये ८७ जना विध्यार्थीहरु विद्लायमा अध्ययनरत थिए । जसमध्ये १० जना अपाङ्गता भएका विद्यार्थीहरुको घरको आर्थिक स्थिति एकदमै दयनिय थियो । उनिहरुले किन विद्यालय छोडे ? यसको वारेमा कसैको चासो पुगेन । तर स्थानीय स्तरमा भएको स्वावलम्वन समुहले चासो राख्यो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा जिल्ला च्याप्टर कैलालीले अपाङ्गता अधिकारको लागि सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालन गर्यो  । यसै कार्यक्रम अन्तरगत वि.सं. २०७० सालमा कर्णखर अधिकारीको नेतृत्वमा  साडेपानी गाविसमा साडेपानी स्वावलम्वन समुहको गठन भयो । जसमा ११ जना सदस्यहरु थिए । गठन त भयो अब के गर्ने ? सबै सदस्यहरु अन्योलमा  थियौं ।

“मेरो जीवनका ३४ बसन्त केही नगरी बिते । कहिले रुँदै हिडें । कहिले भोक मेटाउन माग्दै हिडें। दुःखै दुःखको दैनिकीमा स्वावलम्बन समुहलाई भेट्न पाएँ । यहि नै मेरा बाँकी जीवनको सहारा बन्यो । यसैले मलाई सुखी हुन र रमाउन सिकायो । म अहिले ज्यादै खुसी छु ।” बढो खुसी साथ आफ्ना कुरा सुनाए कल्छे साउदले ।
श्रृजना नेपाली, अपांगता भएकी वालिका हुन् । उनको  घर जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ५ मा छ । उनी २०६२ साउन ५ गते बुवा मुनबहादुर नेपाली र आमा नानी नेपालीको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । उनीसहित उनको घरमा ६ जनाको परिवार रहेको छ । उनी स्थानीय विद्यालयमा कक्षा ३ अध्ययनरत छिन् ।

गाउँमा म सामान्य चिया पसल गरेर बसेको थिएँ । अचानक मेरो पसलमा आगो लाग्यो । जुन आगोसँगै मेरा बाँकी सपना पनि त्यही धुवासँगै उडेर गयो । अब के गर्ने होला ? कहाँ जाने होला ? कसलाई भन्ने होला ? आफू मात्र हैन् ६ जनाको परिवार कसरी पाल्ने होला । एक माथि अर्को चिन्ता बढ्न थाल्यो ।  यो भन्दा अरु काम गर्ने सक्ने सीप पनि थिएन । जिन्दगीमा कालो बादलले एकाएक ढाकिदियो । जीवन अन्धकार नै अन्धकारले घेरिएको महशुस हुन थाल्यो । अब कता जाने, के गर्ने केही थाहा थिएन । बढो भावुक हुँदै बताए दिलिप कुमार बरईले ।

झापा पूर्वी तराईको एक जिल्ला हो । यो जिल्ला राजनीतिक, शैक्षिक र आर्थिक हिसावले समुन्नत पनि छ । यस्तो जिल्ला भएपनि अपाङ्गता भएको व्यक्तिहरुको अवस्था भने आशातित सुधार हुन सकेको थिएन ।

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.