Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
May 23, 2017

रुपान्तरण पत्रिका - २०७३ पौष अंक, बर्ष २१ अंक ०१


यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार महाभेला को सामाचारलाई मुख्य सामाग्री बनाईएको छ।यसै अंकमा सो सम्मेलनबाट जारी काठमाडौँ घोषणा पत्र पनि संलग्न छ। यस बाहेक महासँघका गतिविधि र उपलब्धीहरू यसमा पढ्न सकिनेछ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
सबैले समानरूपमा मानव अधिकारको उपयोग गर्न पाउनु पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरू यसको उपयोगबाट सबैभन्दा धेरै वञ्चित छन् । संयुक्त राष्ट्रसङ्घले सन् १९८० देखि गरेको अथक प्रयासपछि पनि अपाङ्गता भएका व्यक्तिहरू विश्वभरि नै  मानव अधिकारको उपयोगमा सबैभन्दा पछाडि पारिएपछि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको रूपमा उनीहरूका लागि छुट्टै अन्तर्राष्ट्रिय कानुन ल्याइएको हो ।
सरोकार
अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ लाई नेपालले अनुमोदन गरेको ६ वर्ष पूरा भइसक्दा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरू अझै पनि मानव अधिकारको प्रमुख मुद्दा बन्न नसकिरहेको वर्तमान परिवेशमा उनीहरूका मानव अधिकारसम्बन्धी सवालहरूलाई देशव्यापीरूपमा उठान गर्ने, सरोकारवालाहरूलाई यस विषयमा जानकारी गराउन र संयुक्त प्रतिबद्धता हासिल गर्ने मुख्य उद्देश्यले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै अवसर पारेर राष्ट्रिय अपाङ्ग महासङ्घले डिसेम्बर १२ र १३, २०१६ मा अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानव अधिकार महाभेला आयोजना गर्यो ।
दस्तावेज
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, क्षमता विकास, आर्थिक सशक्तीकरण, शैक्षिक विकास, सहायक सामग्री, तालिम, सहयोगी सेवा, पहुँचयुक्त प्रविधिको प्रवर्द्धन, स्वरोजगारी तथा बजार प्रवर्द्धन, अपाङ्गता क्षेत्रमा काम गर्ने पेशागत सीप र क्षमता भएको मानवस्रोत विकास तथा परिचालन, प्रारम्भिक पहिचान र हस्तक्षेपको लागि प्राविधिक क्षमताको विकास, तथ्याङ्क र वैज्ञानिक सूचना प्रणालीको विकास, अपाङ्गता विषयमा अध्ययन तथा अनुसन्धान, पहुँचयुक्त भौतिक संरचनाको निर्माण तथा यस विषयमा सरोकारवालाको क्षमता विकास, अपाङ्गता सचेतीकरण, अपाङ्गता भएका व्यक्तिका संस्थाहरूको क्षमता विकास तथा परिचालन जस्ता क्षेत्रमा लगानी गर्नु पर्ने र सरकारलाई पनि यस्ता क्षेत्रमा काम गर्न उत्प्रेरित गर्नु पर्ने ।
गतिविधि
"हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य" भन्ने मूल अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बरमा मनाउने प्रचलन रही आएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी यो दिवस मनाइएको छ ।
Inside story
लेखक: Major Pawan Ghimire
Any disability including blindness is not that much severe as most people perceive. If his or her few of the psychological, physical, social and environmental requirements are being fulfilled, any Disabled persons can remain as happy and as productive as his normal peers.
विश्लेषण
लेखक: लिला पहाडी
समावेशी शिक्षा भन्नाले विभिन्न भाषा-भषी, वर्ग, क्षेत्र र अपाङ्ता भएका बलबालिकाले हाँस्दै, खेल्दै घरनजिकैको विद्यालयमा जाने, समान आधारमा सबै बालबालिकासँगै सिक्न पाउने वातावरण सिर्जना गर्नु नै हो । यस पद्धतिले बालकेन्द्रित शिक्षामा जोड दिन्छ ।
गतिविधि
नेपाल सरकारद्वारा विद्यालय क्षेत्र विकास योजना, २०१६-२२ अनुमोदन भर्इ लागू गरिएको छ । यसले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच पुर्‌याउनका लागि आवश्यक पर्ने विशिष्टीकृत कुराहरूलाई स्पष्टरूपमा समेटेको छ । यो योजनाको कार्यान्वयन प्रभावकारी ढङ्गबाट हुने परिस्थिति सिर्जना भए अपेक्षा गरिएका लक्ष हासिल गर्न महत्वपूर्ण कोशेढुङ्गो सावित हुनेछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७२ को विधेयक व्यवस्थापिका संसद्‌मा पेश गर्न २०७३ असोज २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति प्राप्त भएको छ । यस अवधिमा व्यवस्थापिका संसद्‌बाट त्यो विधेयक स्वीकृत गराउन महासङ्घले निरन्तर पैरवी एवं दवावमूलक कामहरू गरिरहेको छ ।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.