Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

अवरोध पञ्छाउँदै इन्जिनियर - मासिक नब्बे हजारभन्दा बढी कमाइ

लेख

कृष्ण खनाल


'जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई कपिलवस्तु जिल्लाका अपाङ्‍गता भएका बिफई प्रजापती (कोहार) ले थप पुष्टी गर्नुभएको छ । उहाँले दुवै खुट्टामा बैशाखी प्रयोग गर्नुपरेको छ । जन्मदै अपाङ्‍गता रहेका उहाँले भारतको गोखरपुरमा रहेको एमएम इन्जिनियरिङ्ग कलेजबाट कम्प्युटर इन्जिनियर विषयमा स्नातक तह उपाधि हासिल गर्नुभयो ।

पारिवारिक वातावरण सहज भएका कारण भारतको गोखरपुरमा छात्रावासमा बसेर अध्ययन पूरा गर्नुभएका कोहार अहिले कपिलवस्तु जिल्लाको विजुवा– ८ मा सञ्चालन भएको स्टेप राइज इंग्लिस बोर्डिङ्ग स्कुलको प्राचार्य (प्रिन्सिपल) हुनुहुन्छ । त्यसैगरी उहाँ प्रगतिशील सहकारी संस्थाको सञ्चालक पनि हुनुहुन्छ भने कपिलवस्तुमै ग्र्याजुवेट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्नुभएको छ ।

केही दिन पहिला रूपन्देहीमा भएको एउटा कार्यक्रममा प्रशिक्षकको रूपमा आउनुभएका कोहार भन्दै हुनुहुन्थ्यो– 'सानैमा राम्रोसँग पढ्न पाएँ, त्यही भएर अहिले जीविकोपार्जनका लागि कसैको मुखताक्नु
परेको छैन ।’

विक्रम संवत २०६८ सालमा सुरु भएको उहाँको विद्यालयमा अहिले पाँच कक्षासम्म पढाइ हुँदै आएको छ । आठ जना शिक्षक–शिक्षिकालाई समेत त्यही विद्यालयको आम्दानीबाट तलब–भत्ता खुवाउन पुग्दै आएको उहाँ बताउनुहुन्छ । आएस्सी गर्नुभएका कोहारले प्रवेशिका परीक्षा (एसएलसी) छत्रपालीतीर्थदेवी मावि पकडीबाट उत्तीर्ण
गर्नुभएको हो ।

Engineer Prajapati infront of his school

अहिले विद्यालयबाट मासिक ४० हजार, इन्स्टिच्युटबाट मासिक ३० हजार र सहकारीबाट वार्षिक २५ हजार रुपियाँ आम्दानी गर्दै आएको जानकारी उहाँले दिनुभयो । उहाँ भन्नुहुन्छ– 'म जे चाहन्छु त्यो गरेर छाड्छु । पढाइप्रतिको लगाव सानैदेखि थियो । त्यही भएर यो स्थानसम्म आएँ ।’

घर परिवारको सहयोगमा पाँच लाख रुपियाँको लागनीमा अर्धपक्की भवन निर्माण गरी विद्यालय सञ्चालन गरेका उहाँको विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । उहाँ अपाङ्‍गताहुँदैमा केही कमी नहुने भन्दै पढाइलाई निरन्तरता दिई समाजका केही फरक काम गर्नसके राम्रो हुने बताउनुहुन्छ ।

अठ्ठाइस वर्ष लाग्नुभएका कोहारले निकट भविष्यमा विद्यालयको स्तर उन्नति गर्ने योजना बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ– 'विद्यालयलाई अझ परिस्कृतरूपमा अगाडि बढाउनेगरी योजना बनाएको छु ।’

अपाङ्‍गता हुँदैमा कोही कमजोर र असक्षम नहुने र मेहनतका साथ आफ्नो काम अगाडि बढाए जो कोही पनि सफल हुने धारणा उहाँको छ । 00

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.