Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Oct 12, 2017

रुपान्तरण पत्रिका - २०७४ असार अंक, बर्ष २१ अंक ०३


Cover of Rupantaran of Poush 2073

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ।


यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
नेपालको संविधान (२०७२), स्वास्थ्य नीति – २०७२, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी १० वर्षे नीति, रणनीति तथा कार्ययोजना – २०७४ लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुमा समेत स्पष्ट र महत्वपूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सम्बन्धी विविध सवाल समावेश गरी अघि दिन निकै नै महत्वपूर्ण हुने प्रायः पक्कापक्की छ । कुनै विषयमा कानुन तथा नीतिहरु बन्नु आफैँमा महत्वपूर्ण हुँदाहुँदै पनि तिनको वास्तविक एवं प्रभावकारी परिवर्तन ल्याउन सक्छ किनभने कागज आफैँले काम गर्दैन भन्ने कुरा बितेका केही वर्षयताका हाम्रा अनुभवले समेत प्रमाणित गरिरहेका छन् ।
सरोकार
लेखक: कृष्ण गहतराज
स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।
सरोकार
लेखक: डा. माधवप्रसाद लम्साल
अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ ।
जानकारी
लेखक: विकासमान सिंह
हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापन प्रक्रियामा आधुनिक चिकित्सा विज्ञानको सिद्धान्त अनुसार प्रयोग हुने उपकरणलाई अर्थोपेडिक तथा पुनर्स्थापनका उपकरण (Orthopedic and rehabilitation aid) भनिन्छ । यी साधनमा अर्थोसिस (Orthotic),कृत्रिम अङ्ग(Prosthesis),हिँडाइका उपकरण (Walking aid),गुड्ने उपकरण (mobility aid),बस्ने तथा उठ्ने उपकरण (Sitting & standing aid) र अन्य उपकरण पर्छन् ।
जानकारी
लेखक: लक्ष्मण नाथ
मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्छ ।
जानकारी
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो व्यवस्था अब आउने 'राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४' मा समेटिन लागेको हो । विधेयक हाल मन्त्रिपरिषद्‌मा पारित हुने क्रममा छ । विधेयक पारित हुनासाथ उक्त विधेयकलाई परिमार्जन गर्दै त्यसमा अपाङ्गता भएका व्यक्ति तथा उसको स्याहारसुसार गर्ने व्यक्तिको स्वास्थ्य बिमा समेत सरकारले नै गर्ने स्वास्थ्यमन्त्री गगनकुमार थापाले दिनुभयो ।

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर मैला जहाँ पायो त्यहीँ फालिन्थ्यो । समग्रमा हेर्दा स्वस्थकर जीवनशैलीबारे जानकारीको अभाव देखिन्थ्यो ।

जानकारी
सुदूरपश्चिमका ५ वटा जिल्लामा कार्यरत अपाङ्गता भएका नेतृत्व तहका व्यक्तिहरूलाई अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा दस्तावेजीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरियो ।
गतिविधि

नेपालका कतिपय ठाउँका साथै समुदायमा अझै पनि अपाङ्गताको अवस्थालाई दैवीप्रकोप र पूर्व जन्मको पापको फल जस्ता परम्परागत धारणाबाट हेर्ने गरेको पाइन्छ । समुदायमा केही पक्ष अपाङ्गतालार्इ व्यक्तिको वा तिनका परिवारको समस्याका साथै उपचार गर्नुपर्ने विषयका रूपमा मात्र लिने गरेको पाइन्छ । तर, राज्यको संरचना र समुदायमा केही पक्ष अपाङ्गतालाई मानवीय विविधताका रूपमा र वञ्चितीकरणमा पारिएका व्यक्तिहरूको मानव अधिकारको सवालको रूपमा हेर्नु र बुझ्नुपर्छ भनेर अगाडि बढेको देखिन्छ ।

सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वार्ड नं. १ मा वस्ने चन्दर यादब एक कुष्ठ प्रभवित भएका व्यक्ति हुन । उमेरले ४९ बर्षका चन्दरका ४ छोरी श्रीमति र आफु गरि ६ जनाको परिवार छ । भारत सग सिमाना जोडिएको श्रीपुरजब्दीका चन्दर लाई २०५५ साल देखिनै विस्तार शरिरमा नचिलाउने दागहरु देखा परेको थियो तर कहिले पनि वास्ता गरेका थिएन्न तर बिस्तारै हाथ र खुट्टाको औलाहरु बाङिगदै गए ।

जानकारी
अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य उपचार र पुनस्थापना केन्द्रहरुको जानकारी संकलन गरी काठमाडौं उपयका लगायत नेपालका पाँचै विकास क्षेत्रहरुमा रहेका यी केन्द्रहरुको ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराएको छ ।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.