Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.
Apr 6, 2019

रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५


Cover of Rupantaran of Falgun 2075

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको २७औं अन्तराष्ट्रिय दिवसका बिभिन्न क्रियाकलापहरूलाई मुख्य सामग्री बनाईएको छ । त्यसै गरी यस अंकमा मनोसामाजिक अपाङ्गता सम्बन्धी लेखलाई कभर स्टोरी तथा हालै नेत्रहिन महिला क्रिकेट टोलीले प्राप्त गरेको सफलतालाई फोटो कथाको रूपमा प्रस्तुत गरिएको छ। यसका साथै, सदाझैं महासंघले संचालन गरेका अन्य विविध गतिविधि तथा बिभिन्न लेखकहरूका लेख रचनाहरूलाई पनि समेटिएको छ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
अब अपाङ्गता आन्दोलनको प्रमुख मुद्दा/विषय वा एजेन्डा भनेको विश्वसनीय तथ्याङ्क उत्पादनको हुनुपर्छ । अब २ वर्ष पछाडि हुने राष्ट्रिय जनगणना, २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको यथार्थ र खण्डीकृत तथ्याङ्क प्राप्त गर्नका लागि राज्यका सम्बन्धित निकाय र यस क्षेत्रमा कार्यरत  सङ्घ-संस्थाको ध्यानाकर्षण हुनु जरूरी छ । अबको जनगणनामा हामीले छुट्न नपोरोस् भनेर राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अहिलेदेखि नै केन्द्रीय तथ्याङ्क विभागसँग नजिकमा रहेर सहकार्य गरिरहेको छ ।
समाचार

Shudarson Subedi addressing the IDPD ceremony

"मलाई गणना गर, समावेश गर" भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संयोजकत्वमा सम्पन्न भयो ।

जानकारी
लेखक: नीर श्रेष्ठ
Nir ShresthaCount Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा राष्ट्रियरूपमा सुरु गरिएको छ । देशका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र पहुँच स्थापित गराउनु यस अभियानको प्रमुख उद्देश्य रहेको छ ।
कभर स्टोरी
लेखक: कृपा सिग्देल र सुजन श्रेष्ठ

A picture of man who is sitting lonely with his head down.

Picture of Kripa Sigdel and Sujan Shrestha

मनोसामाजिक अपाङ्गताको जोखिम अन्य अपाङ्गता भएका व्यक्तिहरूमा धेरै हुने भएकाले त्यस्ता व्यक्तिहरूको मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिई मानसिक समस्याहरूको सुरु अवस्थामा पहिचान, निदान र निवारण गर्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । अपाङ्गताको कुरा गर्दा मनोसामाजिक अपाङ्गतालाई पनि प्राथमिकताका साथ स्थान दिनुपर्छ । जनमानसमा यसबारेको छलफल व्यापक बनाई यसबारेका सूचनालाई उचितरूपमा प्रचार-प्रसार गरेर व्याप्त भ्रमहरूलाई चिर्नुपर्छ ।

अनुभूति
लेखक: निर्मला भण्डारी
Nirmala Bhandariअहिले म खेलकुदकै माध्यमबाट समाजमा जनचेतना जगाउने र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण गर्ने काममा सक्रिय छु । साथै, अपाङ्गता अधिकार र सवालका लागि पैरवी गर्ने र अभियानहरू चलाउने काममा पनि सक्रिय छु । कुनैबेला मलाई सहानुभूति दर्साउने मेरै आफ्ना नजिकका मानिसहरू आज मेरो कोठामा मेडलहरू झुन्डिएका देख्दा र मेरो खेल प्रदर्शन देख्दा अचम्मित छन् । उनीहरूको मप्रतिकाे दृ‌ष्टिकाेणमा परिवर्तन आएको छ । मेरो क्षमता र कलाको सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर युएन वुमन-नेपाल (UNWoman Nepal) ले नेपालका प्रेरक महिलामध्येमा मलाई पनि छानेको थियो, जुन मेरो लागि निकै ठूलो उपलब्धि हो ।
फोटो कथा
लेखक: युनिसेफ नेपाल र युनिसेफ पाकिस्तान

Group photo of Nepali and Pakistani Blind Women Cricket team after the tournament was over,तस्विर: यूएनडिपी पाकिस्तान

नेपालमा अपाङ्गता भएका महिलाहरूले महिलाले पनि उत्तिकै राम्रो क्रिकेट खेल्न सक्छन् भन्ने सावित गरेका छन् ।

गतिविधि
यस सामाग्री मा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले गत मङ्सिर देखि फागुन २०७५ को अवधि मा संचालन गरेका विभिन्न गतिविधिका समाचार र तस्विरहरूहरू संकलन गरिएको छ ।
विचार
लेखक: राजेशमान के.सी.
Rajesh Man KCनिश्चय पनि अपाङ्गता भएका व्यक्तिहरूको प्रभावकारी उपस्थितिबिना उनीहरूका लागि गरिने निर्णयले उनीहरूको आर्थिक–सामाजिक आवश्यकतालाई सम्बोधन गर्न सक्तैन । तसर्थ, अपाङ्गतालाई मानव विविधताको रूपमा स्वीकार गर्दै उनीहरूको मर्यादित जीवन, आत्मसम्मान, राजनीतिक अधिकार र समान अवसर सुनिश्चित गराउन राज्यको यथेष्ट ध्यान पुग्नु जरुरी छ ।
कभर तस्विरहरू
यस सामाग्री मा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू समावेश गरिएको छ ।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.