Accessibility Options


Skip to Navigation Skip to Content
A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Disability Related Videos


पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने (भिडियो)

Published on Feb 6, 2019

"पहुँचयुक्त डकुमेन्टहरू कसरी बनाउने" भन्ने भिडियो श्रृङ्खलामा माईक्रोसफ्ट अफिसका बिभिन्न सफ्टवेयरहरू (जस्तै: वर्ड, एक्सल र पावरपोईन्ट) हरूको प्रयोग गरेर फाईलहरू तयार गर्दा ती फाईलहरू कसरी अपाङ्गता भएका व्यक्तिहरूका लागि (विशेषगरी दृष्टिबाचक वा स्क्रिन रिडर सफ्टरवेयर प्रयोग गरेर कम्प्युटर चलाउने दृष्टिबिहिन व्यक्तिहरू) पहुँचयुक्त बनाउन सकिन्छ भनेर प्रयोगात्मक किसिमले सिकाइएको छ। यी भिडियोहरू राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सि.बि.एम. सँगको साझेदारीमा तयार गरेको हो। यो भिडियो तयार गर्न सहयोग प्राविधिक स्रोत व्यक्ति श्री आयुष श्रेष्ठ हुनुहुन्छ। भिडीयो हेर्नको लागि महासंघको वेवसाइटको यो लिंकमा क्लिक गर्नुहोला ।

Watch Video

अटिजम जनचेतना

Published on Feb 26, 2018

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।

Watch Video

ईमेज च्यानेलको अन्तरक्रिया कार्यक्रम 'Talk of the Town"

Published on Dec 2, 2017

अपाङ्गता दिवसको सेरोफेरोमा रही हालै पारित भएको अपाङ्गता अधिकार ऐनका प्रावधान र प्रभावकारी कार्यन्वयन कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष श्री सुदर्शन सुवेदी र सेभ द चिल्डेनका लैङ्गिक सवालकी विषेशज्ञ श्री सोनी प्रधानसँग ईमेज च्यानलको 'Talk of the Town' कार्यक्रममा गरिएको अन्तरक्रिया कार्यक्रम यस भिडियोमा प्रस्तुत गरिएको छ ।

स्रोतः ईमेज च्यानेल

Watch Video

संघियतामा अपाङ्गताका सवाल

Published on Jul 11, 2017

देश संघियताको प्रक्रियामा लम्कदै गरेको परिपेक्षमा अपाङ्गता भएका व्यक्तिहरुले पनि अरु नागरिक सरी हक र अधिकार पाउनु पर्ने र उनीहरुलाई दया र मायाको पात्र नबनाएर उनीहरुको सामाजिक समावेशीकरण र राजनैतिक सहभागिताको सवालका साथै  हरेक क्षेत्रमा उनीहरुको पहुँचमा सुनिश्चितता कायम गरिनुपर्ने बारेमा यस कार्यक्रममा देखाएको छ ।

Watch Video

श्रवण दृष्टिविहिन अपाङ्गता भएको बालबालिकाको कथा

Published on Jun 5, 2017

श्रवणदृष्टिविहिन अपांगता भनेको के हो र श्रवणदृष्टिविहिन अपांगता भएका बालबालिकाको अवस्था र हाल भइरहेका प्रयासहरु यस कार्यक्रममा प्रस्तुत गरीएको छ ।

Watch Video

हिमोफिलिया भनेको के हो?

Published on May 29, 2017

हिमोफिलियाको कारण र यसबाट हुने सक्ने असर र न्युनिकरणका उपाय तथा नेपाल सरकारले गरेको व्यवस्था लगायतका विषयहरु यस कार्यक्रममा समेटिएका छन।

Watch Video

स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल

Published on May 22, 2017

स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ।

Watch Video

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा क्षमता विकास

Published on May 10, 2017

अपाङ्गता भएका महिलाहरुका लागि सिप तथा रोजगारी प्रवर्धन प्रभावकारी रुपमा कार्यान्वयन गरी उनीहरुलाई विकासको मूलधारमा ल्याउनु पर्ने आजको आवश्यकता हो । भौतिक संरचना पहँचयुक्त तथा अनुकुल वातावरण बनाउन सकेमा अपाङ्गता भएका महिलाहरुले पनि समाजमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भनी यस कार्यक्रममा प्रस्तुत गरिएको छ ।

Watch Video

समाहित शिक्षा

Published on May 10, 2017

यस कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग समाहित शिक्षा शाखाका उपनिर्देशक गणेश पौडेलसंग समाहित शिक्षा र अपांगता भएका विद्यार्थिहरुको अवस्था, शिक्षामा गरिएका नितिगत व्यवस्था तथा सेवा सुविधाका बारेमा जानकारीमुलक विषयवस्तु समेटिएका छन।

Watch Video

पहुँचयुक्तता

Published on May 1, 2017

अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।

Watch Video

नेपालमा अपाङ्गता भएका महिलाहरुको अवस्था

Published on Aug 31, 2016

समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।

Watch Video

नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारको सवाल

Published on Apr 26, 2016

विगत लामो समय देखि नै अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सुनिश्चित नभएको र यसलाई कल्याणकारी अवधारणाका रुपमा मात्र सिमित रहेको परिपेक्षमा अबको संविधानमा अपाङ्गताको सवालमा अधिकारमुखी अवधारणाको विकासमा जोड दिदैं अपाङ्गता अधिकार ऐन पारित गर्न भोग्नु परेका उकाली ओरालीको एक झलक यसमा प्रस्तुत गरीएको छ ।

Watch Video

साझा सवाल - अपाङ्गता भएर पनि प्रेरक जीवन बाँच्नेहरु

Published on Dec 13, 2015

यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।

Watch Video

संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारहरु

Published on Mar 15, 2015

नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारहरु के के छन्, ती अधिकारहरुको सही उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुहरु यसमा समावेश गरीएको  छ ।

Watch Video

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web
stats
times since January, 2015.