Similar Posts

  • मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

    कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

  • अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धी सूचना

    विगतका वर्षहरु झैँ यसवर्ष पनि अष्ट्रेलियन सरकार (Australian Government)ले अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ को लागि आवेदन खुलेको छ र यस आवदेनको अन्तिम मिति २९ अप्रिल २०२३ सम्म समयावधी रहेको छ । यस आवेदनको बारेमा सबै अपाङ्गता भएका व्यक्तिहरुलाई जानकारी दिन र आवेदनको लागि प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग समन्वय गरी अष्ट्रेलियन अवार्ड छात्रवृत्ति २०२३ सम्बन्धित अभिमुखीकरण सत्रको आयोजना गर्दैछ । उक्त कार्यक्रम यही फागुन ६ गते अर्थात शुक्रबार 18 February 2022 हुन गइरहेको हुनाले इच्छुक सबै जना सहभागी भइदिनुहुन अनुरोध छ ।

  • कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि. स.२०५० सालदेखिनिरन्तर कृयाशिल एकमात्र राष्ट्रिय स्तरको छाता संस्था…

  • ११ बुदेँ प्रतिबद्धता पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग युवा सम्मेलन सम्पन्न

    “कसैलाई पछि नछाड्ने” दिगो विकास लक्ष्यको मुख्य उद्येश्यलाई आत्मसात गरी, राष्ट्रिय युवा अपाङ्ग सम्मेलन २०७५, असोज ७ र ८ गते, सातै वटा प्रदेशबाट…