Articles

IssueM Articles

  • आगोले खाएको सपना आगोले नै जोडिदियो

    गाउँमा म सामान्य चिया पसल गरेर बसेको थिएँ । अचानक मेरो पसलमा आगो लाग्यो । जुन आगोसँगै मेरा बाँकी सपना पनि त्यही धुवासँगै उडेर गयो । अब के गर्ने होला ? कहाँ जाने होला ? कसलाई भन्ने होला ? आफू मात्र हैन् ६ जनाको परिवार कसरी पाल्ने होला । एक माथि अर्को चिन्ता बढ्न थाल्यो…

  • बाबुले अर्कैलाई टिपेर हिडेपछि विचल्ली श्रृजनाको फेरिएको जीवन

    श्रृजना नेपाली, अपांगता भएकी वालिका हुन् । उनको  घर जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ५ मा छ । उनी २०६२ साउन ५ गते बुवा मुनबहादुर नेपाली र आमा नानी नेपालीको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । उनीसहित उनको घरमा ६ जनाको परिवार रहेको छ । उनी स्थानीय विद्यालयमा कक्षा ३ अध्ययनरत छिन् । उनको…

  • आत्मनिर्भर बन्दै कल्छे साउद

    “मेरो जीवनका ३४ बसन्त केही नगरी बिते । कहिले रुँदै हिडें । कहिले भोक मेटाउन माग्दै हिडें। दुःखै दुःखको दैनिकीमा स्वावलम्बन समुहलाई भेट्न पाएँ । यहि नै मेरा बाँकी जीवनको सहारा बन्यो । यसैले मलाई सुखी हुन र रमाउन सिकायो । म अहिले ज्यादै खुसी छु ।” बढो खुसी साथ आफ्ना कुरा सुनाए कल्छे साउदले…

  • स्वावलम्वन समूह सामाजिक कार्य तर्फ

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको साझेदारीमा जिल्ला च्याप्टर कैलालीले अपाङ्गता अधिकारको लागि सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालन गर्यो  । यसै कार्यक्रम अन्तरगत वि.सं. २०७० सालमा कर्णखर अधिकारीको नेतृत्वमा  साडेपानी गाविसमा साडेपानी स्वावलम्वन समुहको गठन भयो । जसमा ११ जना सदस्यहरु थिए । गठन त भयो अब के गर्ने ? सबै सदस्यहरु अन्योलमा  थियौं । यसै बीच जिल्ला…

  • समन्वय गर्न सके सम्भव रहेछ

    आर्थिक अवस्था कमजोर भए पछि कसको के लाग्छ ? पैसा नै नभए पछि कैलाली जिल्लाको बौनिया गाविसका ३५ जना अपाङ्गता भएका बालबालिकाहरुले पढ्दा पढ्दै विद्यालय छोडे । यस गाविसमा कूल ४५० जना मध्ये ८७ जना विध्यार्थीहरु विद्लायमा अध्ययनरत थिए । जसमध्ये १० जना अपाङ्गता भएका विद्यार्थीहरुको घरको आर्थिक स्थिति एकदमै दयनिय थियो । उनिहरुले किन…

  • हार खाईन, जित्नको लागि संर्घषरत छु

    मलाई लाग्थ्यो अब म बर्वाद भएँ, अब म जीवनमा केही गर्न सक्दिन होला, समाज पनि कति निष्ठूरी रहेछ, हामी जस्तो व्यक्तिलाई मान्छे नै नगन्ने । दोश्रो दर्जाको नागरिकको जस्तो व्यवहार गरेको देख्दा मलाई निकै चित्त दुख्थ्यो । २४ वर्षीय हिमा वस्नेतले विगतलाई यसरी सम्झिन्छिन् । सुर्खेत जिल्लाको मैनतडा गाविस वडा नं ३ की हिमा शारीरिक…

  • फेरिदै गरेको मेरो जीवन

    २९ वर्ष अगाडि पाल्पा जिल्लाको भैरबस्थानमा जन्मेका बाबुराम शारिरीक रुपमा अपाङ्गता भएका व्यक्ति हुन् । अपाङ्गता भएको कारण पहाडमा हिडडुल गर्न अफ्ठ्यारो थियो । कुनै ठाउँ पुग्न पनि सजिलो थिएन । घरमा बस्ने बाहेक अरु कुनै काम थिएन । तराई झरे केही गर्न सकिन्थ्यो की जस्तो लाग्थ्यो । तर कसरी तराई मधेस झर्ने । उनीहरु…

  • स्थानीय तहको बजेट अपाङ्गताको विकासमा

    सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्छ भन्ने कुरा जिल्ला भरी नै हल्ला थियो । त्यही भएर सदरमुकाम नजिकैका केही अपाङ्गता भएका व्यक्तिहरु बेला बेला अधिकार खोज्नका लागि जिल्लाका सरकारी  कार्यालयमा जाने गर्दथे । तर उनीहरुको कुरा एउटा कानले सुन्ने र अर्को कानले उडाईदिने मात्र हुन्थ्यो । कसैले पनि उनिहरुको कुरालाई गम्भिरतापुर्वक लिने गरेका थिएनन् ।…

  • हार नखाई जितेकाः जितबहादुर

    सान, मान, इज्जतमा वसेका जितबहादुर २०४६ सालको माघ महिनामा आइपुग्दा अन्ततः हारे । भर्खरका लालाबालालाई हुर्काउनु त छदैं थियो । अर्कोतिर परिवार पनि चलाउनु थियो । त्यसकारण घरमा वस्तुभाउ पालिएको थियो । तर रुखमा घास काट्न चढेका जितबहादुर एक्कासी भूईंमा बजारिए । उपचार गराउने ठाउँ तथा आर्थिक समस्याको कारणले गर्दा उनी शारीरिक अपाङ्गता भएका व्यक्ति…