Author: NFDN

  • भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूका लागि राष्ट्रिय अपाङ्ग महासंघको पहल

    सम्पादकीय टोली भूकम्प प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाका बारेमा निरन्तर सूचनाहरू सङ्कलन गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो स्रोत-साधन, संरचना, मानवशक्ति, सञ्जाल सबैको सकेसम्म उपयोग गरी विपद्का कारणले समस्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सकेसम्म उद्धार तथा राहतमा पहुँच पुर्‍याउने काममा आफूलाई संलग्न गरायो । त्यस क्रममा गरिएका केही काम यस्ता रहे- १. सूचना तथा तथ्याङ्क…

  • भूकम्प र अपाङ्गता

    हुमकला पाण्डे नेपालमा यही २०७२ वैशाख १२ र २९ गते आएका ७.८ रेक्टर स्केलका महाविनाशकारी भूकम्पका कारण आठ हजारभन्दा बढी मानिसको मृत्युभयो । बाइस हजारभन्दा बढी व्यक्ति घाइते भए । भूकम्पबाट अति प्रभावित १४ र अन्य ३५ जिल्लाका हजारौं व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएका छन् । यसरी बढी प्रभावित हुनेमा अपाङ्गता भएका व्यक्ति, सुत्केरी…

  • २०७२ को महाभूकम्पको अनुभूति र अपाङ्गता

    नरबहादुर लिम्बू २०७२ वैशाख १२ गते शनिवार परेकाले बिहानको शनिवार-विशेष खाना खाई सदाझैं रेडियो नेपालको व्यक्ति-व्यक्तित्व कार्यक्रम सुन्दै लेखक आफ्नै घरको दोस्रो तला, बाटोपट्टिको कोठामा ढल्किरहेको हुन्छ । ढल्काइका क्रममा निद्रले झपक्क छोप्छ । उस्लाई के थाहा- यही दिन महाभूकम्प आइ पूरै देशलाई तहस-नहस पार्छ भन्ने कुरा ? आफ्नो ५० वर्षे उमेरमा यस्तो कहिलै परेको…

  • कविता: दैवले रुवायो धर्धरी

    प्रणय श्रेष्ठ सबको आँसु वर्षन्छ बर्बरी दैवले रुवायो धर्धरी जताततै भूकम्प चलाउने वर्षा गराई धर्तीलाई गलाउने प्रकोप यो रोकिएन केही गरी दैवलेनि रुवायो धर्धरी खुल्ला आकाश मसानघाट बास भो मानव लाश दैवको प्यास भो उजाड भयो धेरैको छहारी दैवले रुवायो धर्धरी सबैको पाल हुरीले उढायो बेहाल भइयो झरीले रुझायो हुरीबतास रोकिएन केही गरी दैवले रुवायो…

  • अपाङ्गता भएका व्यक्तिहरूका लागी पनि अवसर हो!

    बिमल पौडेल “हरेक संकट अवसर त हो तर सबैका लागि होइन ।“ (सेतोपाटी, २०७२, जेठ ६) पत्रकार विजयकुमार पाण्डेका शब्दमा हरेक सङ्कट अवसर भइहाल्दैन र अझ त्यो सबैका लागि त झन् प्राप्त नहुन पनि सक्छ । यहाँ देशले वर्तमान समयमा भोग्नु परिरहेको विनाशकारी भूकम्पपछि गरिने राहत वितरण, पुनर्निर्माण एवं पुनःस्थापना प्रक्रिया अपाङ्गता भएका व्यक्तिहरूका निम्ति के…

  • सम्पादकीय

    भूकम्प पृथ्वीको एउटा निरन्तर प्रकृया भएतापनि यो कहिलेकाहीँ मानव जीवन र भौतिक सम्पत्तिको व्यापक विनाशको कारक हुनेगर्छ । भूकम्प कहिले र कसरी आउँछ भन्ने विषयमा थाहा पाउन हालसम्मको विज्ञानले पनि कुनै प्रगति नगरेको हुनाले यसको त्रास मानिसमा निकै ठूलो हुनेगर्छ । गत बैशाख १२ गते नेपालमा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युटको भूकम्प र…

  • कभर स्टोरी: भूकम्प र अपाङ्गता

    “अपाङ्गता भएका व्यक्तिहरू आफैं सुरक्षित हुन सक्नेगरी पहिला नै संरचनाहरू निर्माण गर्नुपर्ने रहेछ” सम्पादकीय टोली २०७२ वैशाख १२ गते दिउँसो करिब १२ बज्दै थियो, मकवानपुर जिल्ला थाहा नगरपालिकाका १४ वर्षे सुशान्तका अभिभावक काममा बाहिर गएको अवस्था परेछ । उनी भने आफ्नै घरको पिँढीमा थिए, जहाँ उनका अभिभावकले उनलाई राखेर गएका थिए । अचानक धर्तीसँगै उनको घर…