अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले…
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले…
अति अशक्त अपाङ्गता भएका ब्यक्ति र ६० वर्ष उमेर नपुगेका एकल महिलाहरुले पाइरहेको सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १६३ मिति २०७७/४/१६ को परिपत्र अनुसार हाल संशोधन प्रकृयामा रहेको सामाजिक सुरक्षा ऐन, २०७५ संशोधन भएपछि सोही बमोजिम हुने गरी त्यस्ता लाभग्राहीहरुको छुट्टै अभिलेख राखि ब्यवस्थापन सूचना प्रणालीमा नवीकरण गर्नु भन्ने पत्रको आशयले बिगत लामो समयदेखी प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता प्रदानको लागि पुर्व तयारी तथा प्रदान उन्मुख देखिन्छ तर सुनिश्चितता गर्न सक्दैन । यद्यपी सरकारको यो सकरात्मक कदमको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल धन्यबाद ब्यक्त गर्दछ ।
अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्न भनी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता सोहि बिभागको मिति २०७७/२/२८ च.नं १५७२ को परिपत्र अनुसार आ.व. ०७६/०७७ को असार मसान्त सम्मको लागि सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायत उपलब्ध गराउने भनि परिपत्र गरि अस्थायी समाधान गरिएको थियो भने सामाजिक सुरक्षा ऐन २०७५ संशोधन गरी स्थायी समाधान गरिनेछ भनी सरकारको प्रतिवद्धता आएको थियो ।
प.सं २०७६/०७७/२०९ निजामती सेवा ऐन २०४९ लाई प्रतिस्थापन गर्न बनेको संघीय निजामती सेवा बिधेयक प्रतिनिधि सभामा दर्ता भइ प्रतिनिधि सभा राज्य व्यवस्था तथा…
प्रदेश नं १ मा रहेका हेमोफिलिया अपाङ्गता भएका व्यक्तिहरुको जिवन रक्षाको लागि अत्यावश्यक रक्ततत्व एन्टी हेमोफिलिक फ्याक्टर (Anti-hemophilic Factor VIII & IX) खरिद गर्नुपर्ने भएको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नम्वर १ बिराटनगरस्थित कार्यालयले देहाय बमोजिमको विस्तृत प्राविधिक विवरण भएको Factor VIII and Factor IX आपूर्ति गर्नको लागि आयकर र मूल्य अभिवृद्धि करमा दर्ता भएका र औषधी व्यवस्था विभागबाट उक्त फ्याक्टर आपूर्ति गर्ने इजाजत प्राप्त फर्म वा कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र हुनेगरी तपसिलका शर्तहरुको अधिनमा रही शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।
गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७६ चैत्र २६ गतेको निर्णय अनुसार सामाजिक सुरक्षा नियमावलि २०७६ को कार्यान्वयन गर्न भन्दै सबै स्थानीय तहलाई अति अशक्त अपाङ्ता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता निरन्तर नगर्ने भन्ने परिपत्र प्रति राष्ट्रिय अपाङ्ग महासंघको गम्भिर ध्यानकर्षण भएको छ । निरन्तर अन्य ब्यक्तिहरुको सहयोग बिना बाच्न समेत कठिनाइ हुने वर्गले बिगत लामो समयदेखी पाइरहेको सुविधा कटौति गर्ने निर्णय गरेर अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिको राज्यको जवाफदेहितामा शंका उत्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान र अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को भावना बिपरित यो निर्णय भएको हुँदा अविलम्ब उक्त निर्णय खारेज गरी पाइरहेको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सरकारसँग अपिल गर्दछ ।
कोभिड १९ प्रतिकार्य सम्बन्धी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बनाएको मार्गदर्शन संघीय मामिला तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत सबै स्थानीय तहलाई पठाइएको छ । मन्त्रालयले “कोभिड-१९ को विरुद्धको अभियानमा अपाङ्गता सम्वन्धी सरोकारवालाहरुका लागि मार्गनिर्देशन, २०७७” यसैसाथ लिङ्क संलग्न गरिएको छ । सो पत्रमार्फत कोभिड-१९ (COVID-19) महामारी व्यवस्थापनका सन्दर्भमा अपाङ्गता सम्बन्धी सरकारी निकायलगायत सम्पूर्ण सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिका सम्बन्धी उक्त मार्गदर्शन कार्यान्वयनका लागि अनुरोध भई आएको हुदाँ सो को कार्यान्वयनका लागि निर्देशानुसार अनुरोध छ ।
नोटः यो नेपाली अनुवाद राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कोभिड १९ विरूद्धको अभियानलाई अपाङ्गता समावेशी बनाउन अन्तर्राष्ट्रिय निकायहरू गरेका प्रयासहरू, तयार पारेका सुझाव, जानकारी सिफारिसहरूबाट सबै अपाङ्गता भएका व्यक्ति तथा स्थानीय सरोरकारवालाहरू लाभान्वित हुन भन्ने उद्देश्यले गरेको हो ।
सन् १९७७ मा नै संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन प्रत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरे पश्चात बिश्वब्यापी रुपमा आठ मार्चलाइ नारि दिवशको रुपमा मनाउदै आइएको छ l