News

  • मानव अधिकार हनन सम्बन्धी उजूरी प्रकृया सम्बन्धी जनहितको सन्देश

    कोभिड १९ महामारीको समयमा विभिन्न हिंसाका घटनाहरु बढी भएको सामाचार हामीले पाएका छौं । महामारीमा सुरक्षित भइ कसरी उजूरी गर्ने भन्ने जानकारी सबै माझ पुर्याउने उद्देश्यले मानव अधिकार हननका उजूरी प्रकृया सम्बन्धी जनचेतनामूलक सन्देश तयार भएको छ । कतिपय अपाङ्गता भएका व्यक्तिहरु आफूलाई परेको हिंसाको बारेमा सम्बन्धित निकायमा उजूरी दिने प्रकृया थाहा नभएर न्यायबाट बञ्चित हुनु परेको मानव अधिकार हननका घटना संकलनको क्रममा देखिएको छ । अझ यस किसिमका घटनाहरु सार्वजनिक  हुने दरले लुकाउन र मिलाउन खोज्ने प्रवृत्ति पनि यथावत नै छ । मानव अधिकारको हनन भएको देख्ने सुन्ने स्वयम व्यक्ति, घर परिवार संरक्षक वा नागरिक समाजले पनि यस्ता घटनाहरुको समयमै आवाज उठाउनुपर्छ । यस्ता मानव अधिकार हननका घटनाहरुको सवालमा राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना स्थानिय संरचनाहरु र संघीय स्तरमा उजूरी लिने सम्बन्धित निकायहरुसँग घटनाको सत्य तथ्य बझ्ने पिडितलाई उचित न्याय र  क्षतिपूर्तिको व्यवस्थाको लागि राज्यसँग पहलका कार्यहरु गर्दै आएको छ ।

  • १७ औं मुनिश्वर स्मृति दिवस सम्पन्न !

    पुष २, २०७७ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपूर्व अध्यक्ष मुनिश्वर पाण्डे ज्युको १७ औं मुनिश्वर स्मृति दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्नु हुने…

  • कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार

    मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट…

  • समावेसी जनगणना २०७८

    २४ मंसिर, २०७७ यथार्थ र तथ्य परक जनगणना धेरै नै महत्वपूर्ण हुन्छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा अपाङ्गता भएका…

  • सामाजिक सुरक्षा सम्बन्धी प्रेश विज्ञप्ती

    प्रस्तुत बिषयमा सामाजिक सुरक्षा नियमावली कार्यान्वयन गर्नभनि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागले मिति २०७६/१२/२६ च.नं १३७० को परिपत्रसँगै रोकिएको सामाजिक सुरक्षा भत्ता निरन्तरताको लागि गत आ.व को अन्तिम चौमासिक र चालु आ.व को प्रथम चौमासिक नेपाल सरकार मन्त्रीपरिषदले सामाजिक सुरक्षा भत्ता शिर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरि आर्थिक सहायता उपलब्ध गराउने गरी अस्थायी समाधान गरिएको थियो ।

  • अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका

    मिती २२ मङ्सिर २०७७ (७ डिसेम्बर२०२०)  अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष श्री मित्रलाल…

  • सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानी सम्बन्धी सचेतनामुलक जानकारी

    समावेशी विकासको नमुना, सबैकालागि पहुँचयुक्त स्वच्छता, सरसफाइ र पिउने पानीको संरचना   सरसफाई, पिउने पानी र स्वच्छताकालागि बन्ने पूर्वाधार र उपलब्ध सुविधाहरू महिला,…

  • अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

    मिति: १८ मंसिर २०७७ अपाङ्गता भएका ब्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित र राष्ट्रिय अपाङ्ग महासंघ…

  • अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष श्री मित्रलाल शर्माको शुभकामना सन्देश

    संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखी अपाङ्गता भएका व्यक्तिको अधिकारलाई सम्मान गर्दै संसारभरि हरेक वर्ष मनाउने गरिएको अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको आज हामी २९औँ सृङ्खलामा आइपुगेका छौँ । “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता” भन्ने मुल राष्ट्रिय नारा र Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको दिवस विभिन्न गतिविधि सहित मनाइँदै छ । तसर्थ यस महत्वपूर्ण घडीमा सम्पूर्ण नेपाली तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, सेवा प्रदायक, अपाङ्गता भएका व्यक्तिको हक अधिकारको लागि लागि परेका सरकारी निकाय, राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, साझेदार निकाय, नागरिक समाज, पत्रकार वुद्धिजीवी, नीजी क्षेत्र लगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।