लोकसेवा आयोगको विज्ञापन समावेशी बनाउन धर्ना

लोकसेवा आयोगको मिति २०७६ जेष्ठ १५ गते प्रकाशित विज्ञापन अनुसार ९१६१ जना कर्मचारीको माग हुँदा ४ जना मात्र अपाङ्गता भएका ब्यक्तिलाई आरक्षणको ब्यवस्था गरि नेपालको संविधान २०७२ अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी महासन्धी निजामति सेवा ऐन २०४९ को भावनाको वेवास्ता गरेको छ । त्यसैले उक्त बिज्ञापनमा उल्लेखित संख्यालाई १०० प्रतिशत मानी अपाङ्गता भएका ब्यक्तिले हालसम्म प्राप्त गरिरहेको ५ प्रतिशत आरक्षण कायम हुने गरि विज्ञापन सच्याउनका लागि सरकारसँग माग गरिरहेको छ ।

यसै सन्दर्भमा समावेशीताका पक्षधर राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, दलित महासंघ, आदीबासी जनजाती महासंघ र मधेसी महासंघको संयुक्त आयोजना र दलित महासंघको नेतृत्वमा मिति २०७६ जेष्ठ २५ गते “समावेशीता बचाउ राष्ट्रिय आन्दोलन” अन्तरगत समावेशी चरित्रको संविधानको कार्यान्वयनको लागि माइतीघर मण्डलामा दिनको १२:३० बजे देखी २ बजे सम्म धर्ना दिने कार्य सम्पन्न भयो । मिति २०७६ जेष्ठ २६ गते यातायात विभाग बबरमहलमा धर्ना दिने कार्यक्रम तय भएको छ ।

