Similar Posts

  • १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा सम्बन्धि ३५ दिने  सूचनाको संशोधित ७ दिने सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं बार्षिक साधारण सभा आगामी २०८२/१२/२७ र २८ गते बुटवल(रुपन्देही जिल्ला)मा तपशिल बमोजिमका एजेन्डा सहित आयोजना…

  • निर्वाचनको अवधिमा कार्यालय बन्द रहने सम्बन्धी सूचना

    उपरोक्त सम्बन्धमा २०७९ साल बैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न महासंघका अधिकांश कार्यसमिति सदस्य र कर्मचारीहरू आ-आफ्नो जिल्ला तथा गाउँपालिकामा जाने…

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

  • विश्वव्यापी पहुँचयुक्तता जागरूकता दिवसको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विज्ञप्ती

    प्रत्येक वर्ष मे महिनाको तेश्रो बिहीवारलाई “विश्वव्यापी पहुँचयुक्तता जागरुकता दिवस” को रुपमा मनाइन्छ । भनिन्छ, परिवर्तन एउटा व्यक्ति बाट सुरु हुन्छ,  यसै क्रममा, सन २०११ मा एक वेब निर्माता, जो डेभनले बनाएको एउटा ब्लग पोस्ट पछी प्रेरित भइ यो दिवस मनाउन शुरुवात गरिएको हो। । डिजिटल पहुँचयुक्तताको क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरू लगायत धेरै व्यक्ति, संगठनहरूले गरेका प्रयास, सफल अभ्यास र हासिल उपलब्धिहरूले आज अपाङ्गता भएका व्यक्ति लगायत धेरैको सूचनाको पहुँचमा ठूलो योगदान पुर्‍याएको छ । डिजिटल पहुँचयुक्तताले अपाङ्गता भएका ब्यक्ति (खास गरेर दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति) को शिक्षा  र सशक्तिकरणमा सघाउ पुग्ने भएकोले यो दिवसलाई महत्वका साथ लिइन्छ । समावेशी र दिगो विकासको दिशामा महतवपूर्ण कदमको रुपमा डिजिटल पहुँचको आवश्यकतालाइ उजागर गर्न यो “विश्व पहुँचयुक्तता जागरुकताको दिवस” २०१२ बाट मनाउन सुरु भएको हो । जब प्रविधि समावेशी हुन्छ यसले सबैलाइ सिक्ने र यसबाट लाभान्वित हुने अवसर मिल्छ ।