Membership Application decoration Picture

Similar Posts

  • राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो

    “मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”
    बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकाय, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् ।  

  • कोरोना भाइरसको संक्रमण सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अपिल

    मिति २०७६/१२/७ हाल विश्व COVID-19 भन्ने नयाँ कोरोना भाइरसको चपेटामा परेको सबैलाइ जानकारी छ । संसार अहिले यो भाइरसको संक्रमणको महाविपत्तिको मारमा परेको…

  • दरभाउ पत्र (Quotation) आह्वानको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका  केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका…

  • अति अशक्त अपाङ्गता भएका ब्यक्तिको सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश बिज्ञप्ती ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको मिति २०७७ जेष्ठ २८  च नं १५७२ को पत्रअनुसार साबिक बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका अति अशक्त अपाङ्गता ( ख वर्गको अपाङ्गता परिचय) पत्र प्राप्त भएका लाभग्राहीलाई मासिक रु १६००। का दरले चालु आ.व. को तेश्रो चौमासिक २०७६ चैत्रदेखी २०७७ असार सम्म को लागि हुन आउने रकम चालु आ.व. २०७६/२०७७ को सामाजिक सुरक्षा भत्ता शीर्षकमा बिनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराउने भनी सबै स्थानीय तहलाई परिपत्र गरिएको अवस्था छ ।

  • The Future is Accessible Run Together 5K

    On December 3rd each year the world celebrates “International Day of People with Disabilities.” In 1992, the United Nations proclaimed this as a…

  • अन्तरक्रियात्मक कार्यकम सम्पन्न !

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६  को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।