आपूर्तिकर्ता, सेवा प्रदायक तथा प्राविधिक विज्ञ सूचिकरण (रोस्टर दर्ता) कालागि सूचना आव्हान
वस्तु, सेवा तथा परामर्शदाताहरूको पूर्व-योग्यता (Pre-Qualification) सूची स्थापना सम्बन्धी सार्वजनिक सूचना
| सूचना नं.: NFDN-321/2082/83 | प्रथम पटक प्रकाशन मिति: ०५ असार २०८३ |
| आवेदन दिने अन्तिम मिति: ३२ असार २०८३ | समय: नेपाल समय अनुसार साँझ ५:०० बजेभित्र |
१. पृष्ठभूमि र उद्देश्य
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) ले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न कार्यक्रमगत तथा संस्थागत आवश्यकताहरू पूरा गर्न पूर्वयोग्यता प्राप्त व्यक्तिगत परामर्शदाता, परामर्शदाता फर्म, सेवा प्रदायक, होटल तथा वस्तु आपूर्तिकर्ता/विक्रेताहरूको मौजुदा सूची (Roster) अद्यावधिक गर्न लागेको छ ।
यस अभिरुचि अभिव्यक्ति (EOI) को मुख्य उद्देश्य योग्य, अनुभवी र भरपर्दो विज्ञ एवं आपूर्तिकर्ताहरूको पहिचान गरी सूचीकृत गर्नु हो । महासङ्घको संगठनात्मक आवश्यकता र खरिद योजनाका आधारमा तालिम, अनुसन्धान, कानुनी सहायता, भौतिक तथा डिजिटल पहुँचयुक्तता लेखापरीक्षण (Accessibility Audit), प्राविधिक सहयोग र वस्तु तथा सेवा खरिद लगायतका विशिष्ट कार्यभारहरू सिर्जना हुँदा यसरी सूचीकृत फर्म वा व्यक्तिहरूलाई नियमानुसार आवश्यक परेको समयमा आवद्ध वा आमन्त्रित गरिनेछ ।
२. कार्यको वर्गीकरण तथा दायरा (Categories and Scope of Work)
आवेदकहरूले आफ्नो योग्यता, दक्षता र कार्यक्षेत्र अनुसार निम्न मध्ये कुनै एक वा एकभन्दा बढी श्रेणीका लागि आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्दा आफूले काम गर्न चाहेको श्रेणी स्पष्ट रूपमा चयन गर्नुपर्नेछ ।
क) सेवा तथा परामर्श सम्बन्धी श्रेणीहरू (Categories for Services)
| क्र.सं. | कार्यक्षेत्र (Area) | विशिष्ट विषयवस्तु तथा सेवा विवरण (Subject & Scope) |
| १ | परामर्श र व्यावसायिक सेवाहरू | समावेशी शिक्षा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI), PIL तथा कानुनी सेवा, अध्ययन अनुसन्धान, डिजिटल तथा भौतिक पहुँचयुक्तता परीक्षण (Accessibility Audit), अपाङ्गता समावेशी विकास, समावेशी जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण (DIDRR), मानव अधिकार, संरक्षण (Safeguarding), मानव संसाधन (HR), वित्तीय एवं कार्यक्रमगत क्षमता विकास तालिम, परियोजनाहरुको बेसलाइन र एन्डलाइन सर्वेक्षण तथा मूल्याङ्कन, नोटरी सेवा, सरल भासा सम्पादन (Easy-to-Read) मा सामग्री तयारी, स्थानीय शासन विशेषज्ञता, नीति तथा कानुन समीक्षा एवं मस्यौदा तर्जुमा सेवा । |
| २ | सवारी भाडा र हवाई टिकट सेवा | आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट व्यवस्थापन, लामो तथा छोटो रुटका लागि भाडामा सवारी साधन (गाडी, बस आदि) सम्बन्धी सेवा । |
| ३ | निर्माण, मर्मत तथा सम्भार सेवा | प्लम्बिङ, बिजुली मर्मत, प्रिन्टर, कम्प्युटर तथा आईटी उपकरण मर्मत सम्भार । |
| ४ | सवारी साधन मर्मत | दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको नियमित मर्मत, सर्भिसिङ तथा सम्भार । |
| ५ | विज्ञापन तथा सूचना प्रकाशन | पत्रपत्रिका, अनलाइन मिडिया र रोजगार पोर्टलहरू (Job Portals) मा सूचना तथा विज्ञापन प्रकाशन सेवा । |
| ६ | सञ्चार तथा मिडिया सेवाहरू | मिडिया हाउसहरू (छापा, प्रसारण तथा अन्लाइन सेवा), पोडकास्ट उत्पादन, कार्यक्रम सञ्चालक (MC) सेवा । |
| ७ | पाल, मञ्च र क्याटरिङ व्यवस्थापन सेवा | खाना, खाजा, टेन्ट, मञ्च व्यवस्थापन (Stage Setup) र जेनेरेटर । |
| ८ | क्यामेरा, ध्वनि र मल्टिमिडिया | विभिन्न साइजका एलईडी स्क्रिन, साउन्ड सिस्टम, जेनेरेटर, ड्रोन क्यामेरा र दक्ष अपरेटर सहितको मल्टिमिडिया व्यवस्थापन । |
| ९ | अडियो/भिडियो सामग्री उत्पादन | सार्वजनिक हितकारिका लागि सूचना (PSA), IEC सामग्री र भिडियो वृत्तचित्र (Video Documentary) निर्माण तथा प्रसारण । |
| १० | होटल सेवा | आवासीय तथा दिवा कार्यक्रमहरू, सभा, सम्मेलन र तालिम हल सम्बन्धी सेवा । |
| ११ | दोभाषे, क्याप्सनिङ र अनुवाद सेवा | नेपाली साङ्केतिक भाषा दोभाषे (SLI), क्लोज क्याप्सनर नेपाली-अङ्ग्रेजी र स्थानीय भाषा अनुवादक सेवा । |
| १२ | सुरक्षा तथा कुरियर सेवाहरू | कार्यालय तथा कार्यक्रमका लागि सुरक्षा गार्ड र आन्तरिक एवं अन्तर्राष्ट्रिय कुरियर सेवा । |
| १३ | इभेन्ट म्यानेजमेन्ट | विभिन्न दिवस /उत्सवहरू, साधारण सभा, राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मेलन, व्यवस्थापन । |
| १४ | सन्चार र इन्टरनेट सेवा | कार्यालयका लागि इन्टरनेट प्याकेज, Mobile तथा ल्यान्डलाइन भुक्तानी र नेटवर्क मर्मत सम्भार । |
| १५ | आईटी (IT) सेवाहरू | वेबसाइट, मोबाइल एप, वेब एप्लिकेसन, वेबसाइट होस्टिङ र सफ्टवेयर मर्मत सम्भार । |
| १६ | सफ्टवेयर सोलुसन्स | मानव संसाधन सफ्टवेयर (HRMS), लेखा तथा खरिद सफ्टवेयर, गुगल वर्कस्पेस, माइक्रोसफ्ट-३६५ र जुम व्यवस्थापन । |
| १७ | बीमा सेवाहरू | कार्यालयका चल-अचल सम्पत्ति तथा अन्य सुरक्षाका लागि गैर-जीवन बीमा । |
ख) मालसामान आपूर्ति सम्बन्धी श्रेणीहरू (Categories for Goods Delivery)
| क्र.सं. | कार्यक्षेत्र (Area) | सामानको विवरण (Subject Details) |
| १ | स्टेशनरी तथा कार्यालय सामग्री | सबै प्रकारका कार्यालय प्रयोजनका लागि स्टेशनरी र दैनिक उपभोग्य सामानहरू । |
| २ | कार्यालयको भान्साका लागि उपकरण | कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने भान्साका इलेक्ट्रोनिक्स तथा अन्य घरायसी सामानहरू । |
| ३ | सरसफाइ सामग्री | नियमित खानेपानी आपूर्ति, खानेपानी ट्याङ्की सफाइ र कार्यालय प्रयोजनका स्वच्छता (WASH) सम्बन्धी सामग्रीहरू । |
| ४ | फर्निचर | कार्यालयको आवश्यकता अनुसारका काठ, स्टिल वा अन्य धातुका फर्निचर र फर्निसिङका सामग्रीहरू । |
| ५ | आईटी उपकरण तथा पार्टपुर्जा | कम्प्युटर, प्रिन्टर, सीसीटीभी, टोनर, कार्ट्रिज, मनिटर, ल्यापटप, स्क्यानर आदि । |
| ६ | अन्य इलेक्ट्रोनिक उपकरण | कार्यालयमा आवश्यक पर्ने विद्युतीय उपकरणहरू र तिनको नियमित मर्मत सम्भार सेवा । |
| ७ | छपाइ तथा भिजुअलिटी सामग्री | डिजाइन, पुस्तक, प्रतिवेदन, म्यानुअल, ब्रोसर, लिफलेट, ब्याज, ब्यानर छपाइ, परिचयपत्र र ब्रेल छपाइ |
| ८ | कपडा तथा प्रवर्द्धनात्मक सामग्री | प्रवर्द्धनात्मक टी-शर्ट, झोला, टोपी, तौलिया र कार्यालय तथा कार्यक्रमको पहिचानका लागि आवश्यक सामग्रीहरू । |
| ९ | विपद् तथा आपतकालीन राहत सामग्री | गैर-खाद्य वस्तुहरू र खाद्य राहत सामग्रीहरू । |
| १० | किराना तथा तरकारीहरू | किराना सामान, दुग्धजन्य पदार्थ, फलफूल तथा ताजा तरकारीहरू । |
३. न्यूनतम योग्यता र मापदण्ड (Minimum Eligibility Criteria)
| श्रेणी / वर्गीकरण | न्यूनतम आवश्यक योग्यता र अनुभव |
| प्राविधिक विज्ञ / परामर्शदाता | • शिक्षा, कानुन, सामाजिक विज्ञान, अपाङ्गता अध्ययन, लैङ्गिक अध्ययन, विकास अध्ययन, अनुसन्धान, पहुँचयुक्तता वा सम्बन्धित क्षेत्रमा न्यूनतम शैक्षिक योग्यता हासिल गरेको । • सम्बन्धित कार्यक्षेत्रमा कम्तिमा ५ वर्षको व्यावसायिक अनुभव भएको । • अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs), सरकारी निकाय, गैरसरकारी संस्था (NGO/INGO), संयुक्त राष्ट्र सङ्घीय निकाय वा विकास साझेदारहरूसँग काम गरेको प्रमाणित अनुभव भएको । • विगतमा सम्पादन गरेका कार्यहरूको प्रमाण (जस्तै: तालिम मोड्युल, अनुसन्धान प्रतिवेदन, कानुनी संक्षिप्त विवरण, पहुँचयुक्तता लेखापरीक्षण प्रतिवेदन, नीतिगत कागजात, वा कार्य सम्पन्न प्रमाणपत्र) पेश गर्न सक्ने । • नियमानुसार प्यान (PAN) वा भ्याट (VAT) दर्ता एवं कर सम्बन्धी कागजातहरू भएको । • अपाङ्गता भएका व्यक्ति, अपाङ्गता भएका महिला र विभिन्न अपाङ्गता समूहका विज्ञहरूलाई आवेदनका लागि विशेष प्रोत्साहन गरिन्छ । |
| आपूर्तिकर्ता तथा विक्रेता | • प्रचलित कानुन बमोजिम दर्ता भएको वैध कम्पनी/फर्म दर्ता प्रमाणपत्र । • आद्यावधिक गरिएको (FY-2081/082) कर फरर्छ्यौट (Tax Clearance) प्रमाणपत्र । • स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ता प्रमाणपत्र । • सरकारी निकाय, गैरसरकारी संस्था, आईएनजिओ वा विकास साझेदारहरूलाई सामान वा सेवा आपूर्ति गरेको पूर्व अनुभव । • सम्झौता बमोजिम तोकिएको समयसीमाभित्र गुणस्तरीय सामान आपूर्ति गर्न सक्ने संस्थागत क्षमता । • उपलब्ध भएसम्म कम्पनी प्रोफाइल, क्याटलग, मूल्य सूची वा नमूना दरभाउ (Quotation) । |
४. आवश्यक आवेदन कागजातहरू (Required Documents)
इच्छुक आवेदकहरूले आफ्नो वर्गीकरण अनुसार निम्न बमोजिमका कागजातहरू डिजिटल प्रतिलिपि (Scan Copy) गरी अनलाइन फारममा अपलोड गर्नुपर्नेछ:
क) व्यक्तिगत परामर्शदाता / विज्ञहरूका लागि:
- आफू आवद्ध हुन चाहेको श्रेणी (Category) स्पष्ट रूपमा खुलाई पेश गरिएको आवेदन पत्र (Cover Letter) ।
- कम्तिमा दुई जना व्यावसायिक सन्दर्भ व्यक्ति (References) को विवरण सहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) ।
- नेपाली नागरिकताको प्रमाणपत्र वा अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि ।
- प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- विगतमा सम्पादन गरेका कार्यहरूको प्रमाण (प्रतिवेदन, तालिम मोड्युल, कार्य सम्पन्न पत्र आदि) ।
- प्रस्तावित दैनिक परामर्श शुल्क दर (नेपाली रुपैयाँमा) ।
ख) परामर्श फर्म / संस्थाहरूका लागि:
- आवेदन दिन चाहेको श्रेणी (Category) स्पष्ट खुलेको कभर पत्र ।
- संस्था/कम्पनीको संक्षिप्त विवरण (Company Profile) ।
- फर्म वा कम्पनी दर्ता प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि ।
- प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र ।
- आर्थिक वर्ष २०८१/०८२ को कर फरर्छ्यौट प्रमाणपत्र ।
- यस्तै प्रकृतिका अघिल्लो असाइनमेन्टहरू सफलतापूर्वक सम्पन्न गरेको प्रमाण ।
- संस्थामा आबद्ध मुख्य विज्ञहरूको सूची र CV ।
- कम्तिमा दुई वटा संगठनात्मक वा व्यावसायिक सन्दर्भ पत्रहरू (References) ।
- प्रस्तावित दैनिक वा कार्यभारमा आधारित (Assignment-based) दर रेट विवरण ।
ग) आपूर्तिकर्ता / विक्रेताहरूका लागि:
- आवेदन दिन चाहेको समूह वा लट नम्बर (Lot/Category) स्पष्ट खुलेको कभर पत्र ।
- कम्पनी वा फर्मको प्रोफाइल (Company Profile) ।
- व्यवसाय दर्ता तथा नवीकरण प्रमाणपत्र ।
- प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्र ।
- अद्यावधिक गरिएको कर फरर्छ्यौट प्रमाणपत्र ।
- नियमित आपूर्ति गरिने वस्तुहरूको क्याटलग, मूल्य सूची, वा नमूना दरभाउ (Sample Quotation) ।
- सामान वा सेवा आपूर्तिको पूर्व अनुभव खुल्ने कागजात वा पत्रहरू ।
- कम्तिमा दुई वटा ग्राहक सन्दर्भहरू (Client References) ।
५. मूल्याङ्कन र रोस्टर सूचीकरण प्रक्रिया (Evaluation & Roster Inclusion)
प्राप्त आवेदनहरूलाई निम्न मापदण्डका आधारमा पुनरावलोकन तथा मूल्याङ्कन गरी योग्य ठहरिएका आवेदकहरूलाई मात्र रोस्टरमा समावेश गरिनेछ:
- शैक्षिक योग्यता, प्राविधिक विज्ञता र कार्यअनुभवको सान्दर्भिकता ।
- अपाङ्गता समावेशीकरण, पहुँचयुक्तता, GEDSI, र अधिकारमुखी दृष्टिकोण सम्बन्धी व्यावहारिक बुझाइ ।
- विगतका कार्यभार वा सामान आपूर्तिको गुणस्तर र विश्वसनीयता ।
- प्रस्तावित लागत/मूल्यको औचित्य र बजार अनुकूलता ।
- कर, कानुन र प्रचलित ऐन नियमहरूको पालना (Compliance) ।
- संस्थागत क्षमता र गैर-भेदभावपूर्ण कार्यशैलीप्रतिको प्रतिबद्धता ।
महत्वपूर्ण नोट:
- कुनै पनि आवेदन बिना कारण स्वीकृत वा अस्वीकृत गर्ने पूर्ण अधिकार राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) मा सुरक्षित रहनेछ ।
- रोस्टर (सूची) मा समावेश हुनुले मात्र महासङ्घबाट कार्यदेश वा खरिद सम्झौता पाउने सुनिश्चितता वा कानुनी दायित्व सिर्जना गर्दैन ।
- भविष्यमा हुने व्यवसायिक साझेदारी महासङ्घको खरिद नीति, दातृ निकायको सर्त, र बजेट/स्रोतको उपलब्धताको अधीनमा रहनेछ ।
६. संरक्षण, समावेशीकरण र नैतिक प्रतिबद्धता (Safeguarding & Inclusion)
सूचीकृत सबै रोस्टर सदस्यहरूले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संरक्षण (Safeguarding), पहुँचयुक्तता, गोपनीयता, लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण, गैर-भेदभाव, यौन शोषण, दुर्व्यवहार तथा हिंसा रोकथाम (PSEA) र स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी नीति एवं आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ ।
महासङ्घले अपाङ्गता भएका व्यक्ति, ओपीडी विशेषज्ञ र आर्थिक-सामाजिक रूपमा निम्न प्रतिनिधित्व भएका सीमान्तकृत समूहबाट आवेदन दिन विशेष प्रोत्साहन गर्दछ ।
७. आवेदन पेश गर्ने प्रक्रिया (Application Submission Procedure)
कृपया पेश गर्न आवश्यक पर्ने कागजातहरु (अनुसुची १.१ – आपूर्तिकर्ताको लागि सूचीदर्ता फारम, अनुसुची १.२ – परामर्शदाताको लागि सूचीदर्ता फारम र अनुसुची २ – आपूर्तिकर्ता र परामर्शदाताको आचारसंहिता) तल दिइएको लिंकबाट डाउनलोड गरी भरेर आधिकारिक हस्ताक्षर तथा संस्थाको छाप लगाई पेश गर्नुहोला । Link: All required forms for suppliers registration
इच्छुक व्यक्ति, फर्म, संस्था वा विक्रेताहरूले महासङ्घले तोकेको अनलाइन गुगल फारम भर्नु पर्नेछ । फारममा मागिएका सम्पूर्ण विवरणहरू भरेर र आवश्यक कागजातहरू संलग्न गरी तोकिएको समयभित्र बुझाउनु पर्नेछ ।
अनलाइन आवेदन फारम लिङ्क (Google Form): https://forms.gle/h5cKUhv85ZfuwnUs6

८. थप जानकारी वा स्पष्टीकरणका लागि सम्पर्क
यस सूचना सम्बन्धी कुनै पनि जिज्ञासा वा थप स्पष्टीकरण आवश्यक परेमा आवेदकहरूले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) को संघीय कार्यालय वा सम्बन्धित प्रदेश कार्यालयहरूमा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ ।
| कार्यालय (Office) | स्थान (Location) | सम्पर्क नम्बर (Contact) |
| संघीय कार्यालय | रातोपुल, काठमाडौं–७ | ०१-४५८७३४१, ०१-५३३११५ |
| कोशी प्रदेश कार्यालय | प्रगति टोल, विराटनगर-१२ | ९८४००१५८६९ |
| मधेश प्रदेश कार्यालय | भ्रमरपुरा चोक, जनकपुर-४ | ९८४००१५००६ |
| बागमती प्रदेश कार्यालय | वासुदेवमार्ग, हेटौंडा-२ | ९८४५२२११८९ |
| गण्डकी प्रदेश कार्यालय | रत्नचोक, पोखरा–७ | ९८४४३७१५३२ |
| लुम्बिनी प्रदेश कार्यालय | भालुवाङ, राप्ती, दाङ | ९८४८१००९५१ |
| कर्णाली प्रदेश कार्यालय | वीरेन्द्रनगर–७, सुर्खेत | ९८४८२९३८९४ |
| सुदूरपश्चिम प्रदेश कार्यालय | हसनपुर, धनगढी-५ | ९८६८४१७७३४ |

