स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल
स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ।
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”
मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले शिक्षा हासिल गरी…
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न…
नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुका अधिकारहरु के के छन्, ती अधिकारहरुको सही उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुहरु यसमा समावेश गरीएको छ ।