स्थानीय निर्वाचनमा अपाङ्गताको सवाल
स्थानिय निर्वाचनले अपांगता भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गरी निर्वाचन अपांगता मैत्री बन्न सक्यो कि सकेन भन्ने विषय यस कार्यक्रममा समावेश गरीएको छ।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्टिय अपांग महासंघको सहकार्यमा निर्माण गरिएको यस कार्यक्रममा अटिजम भनेको के हो ? अटिजम भएका व्यक्तिहरुका लागि कस्तो वातावरणको आवस्यकता पर्छ? उनिहरुको सिकाईका विधिहरु के हनसक्छन आदि विषयमा जानकारी मुलक विषय वस्तु समेटिएका छन ।
समाजमा अपाङ्गता भएका महिलाहरुले विभिन्न चुनौति र समस्याहरु भोग्नु परीरहेको छ तर उनीहरुले प्रयाप्त अवसर र पहुँचयुक्त वातावरण पाएमा आफ्ना क्षमता प्रदर्शन गरी समाजमा उदाहरणीय कामहरु गर्न सक्छन् भन्ने विषय यसमा समेटिएको छ ।
यस कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका सफल अपाङ्गता भएका व्यक्तिहरुको संघर्ष र सफलताको कथाहरुलाई समेटिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको जीवन भोगाई र चुनौतिहरु के के रहेका छन् र कसरी आफ्नो सिप र क्षमतालाई विकास गर्दै ती व्यक्तिहरु प्रेरक जीवन बाच्न सफल भए भन्ने विषयवस्तुहरु समावेश गरिएको छ ।
कोभिड १९ सम्बन्धी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव श्री राजु बस्नेतले सांकेतिक भाषा सहितको भिडियो मार्फत सूचना सन्देश दिनुभएको छ । यस सन्देशलाई महासंघको युवटुभ (You tube) मा देहायबमोजिमको लिङ्कमा पनि गइ जानकारी लिन सक्नुहुनेछ । कृपया यस सूचनालाई सेयर गरी सबैलाई सूसुचित गर्न र गराउन अनुरोध छ । सुरक्षित रहौं । आफु बचौं र अरुलाई पनि बचाऔं ।।
नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।
कोरोना भाइरस सम्बन्धी सचेतना र जानकारीको लागि विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग, यु.एस.ए.आइ.डी., राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ह्याण्डीक्याप इन्टरनेशनलको संयुक्त प्रयास । सचेतनामुलक भिडियो, सांकेतिक भाषा सहित ।