Similar Posts

  • आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति

    आन्दोलनमा ऐक्यवद्धताको लागि प्रेस विज्ञप्ति   राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल देशभरि रहेका अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संघ संस्थाहरूको एक मात्र राष्ट्रिय स्तरको…

  • सरल भाषा सम्बन्धी बौद्धिक अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय सेमिनार

    २०७९ साल माघ २० गतेका दिन  बौद्धिक अपांगता भएका स्व-वकालतकर्ताहरूले काठमाडौमा पढ्न वा बुझ्न सरल भाषा सम्बन्धी राष्ट्रिय सेमिनार आयोजना गरे । राष्ट्रिय…

  • कर्मचारी छनौट गरिएको सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट मिति २०७६ असार १३ (२८ जुन २०१९) मा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा र महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित…

  • महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९.२ अनुसार नवीकरण भएका महासंघका सदस्य संस्थाहरुको अध्यावधिक विवरण प्रदेश…

  • Vacancies for Province Officers

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 400 member organizations throughout…

  • अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ सम्बन्धी प्रेस बिज्ञप्ती

    अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी बिधेयक २०७४ श्रावण २२ गते प्रतिनिधि सभाबाट अनुमोदन भइ २०७४/६/२९ गते सम्माननीय राष्ट्रपति ज्यूबाट प्रमाणिकरण भएपछि औपचारिक रूपमा उक्त विधेयक ऐनको रूपमा लागू भएको हो । सो ऐनको दफा १ मा यो ऐन प्रमाणीकरण भएको एकानब्बेऔँ दिन देखी लागू हुनेछ भन्ने उल्लेख छ र ऐनमा व्यवस्था भए अनुसार ऐनलाइ पूर्ण रूपमा कार्यान्वयन गर्न चाहिने नियमावली सो अवधिमा बनाइसक्नुपर्ने प्रावधान समेत राखिएको छ । तर ऐन पारित भएको तिन बर्षपछि मात्र आम अपाङगता भएका ब्यक्तिहरुको प्रतिक्षाको रुपमा रहेको नियमावली २०७७ श्रावण ५ गते मन्त्री परिषद्ले पारित गरि २०७७/५/१ गते नेपाल राजपत्रद्धारा सार्वजनिक गरेको छ । यस परिप्रेक्षमा सर्वप्रथम नियमावलीले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुलाइ सेवा सुविधामा प्राथमिकतामा राख्ने र उनीहरूलाई सेवा सुविधामा पहुँच पुर्याउन विशेष व्यवस्थाहरू गर्ने गरि राखिएका प्रावधानहरूको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल स्वागत गर्दछ । तर, अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले तोक्नु भनेका धेरै विषयहरू, नेपालको संविधानमा भएका व्यवस्था र नेपाल सरकारको नियमित नीति, कार्यक्रम, बजेट र पहिलेदेखिनै गर्दै आएका राम्रा अभ्यासहरुलाई भने नियमावलीले पूर्ण रुपमा समेटन् सकेको छैन ।