Advocating for Food relief items to persons with disabilities during the lockdown
June 2020 Four students from Dharan municipality, two girls (Binita Satar, Sunita shah) from ward -15 Gyanchakshu Marg and two boys (Sagar shah,…
June 2020 Four students from Dharan municipality, two girls (Binita Satar, Sunita shah) from ward -15 Gyanchakshu Marg and two boys (Sagar shah,…
बिश्वब्यापी महामारी कोभिड १९ को प्रभाववाट नेपाल पनि अछुतो रहन नसकिएहेको अवस्थामा light for the world संगको सहकार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र ICCO Cooperation को साझेदारीमा संचालित परियोजा Covid -19 Response , Bridging (TO 16) अन्तर्गत तयार पारिएको सचेतना मुलक रेडियो संदेश सिन्धुपाल्चोक जिल्लामा Radio sindhu 105 MHz र काभ्रे जिल्लामा Radio Namobuddha वाट प्रसारण हुदै आइरहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी नियमावली २०७७ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री पार्वत गुरुङ ज्यूको प्रमुख आतिथ्यता र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्यूको अध्यक्षतामा, मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिव लगायत विभिन्न प्रतिनिधिज्यूहरु, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष ज्यूहरु,महासंघका देशैभरीका आवद्ध अपाङ्गता क्षेत्रका संघसंस्थाहरु, अपाङ्गताका वर्गीय महासंघ र सदस्य संस्थाहरु स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका साझेदार सस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कार्यरत गैरसरकारी संघ सस्थाहरु, विभिन्न संचारकर्मी ज्यूहरु गरी ३०० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
जीवनका विविध पक्षहरूमा सहभागी हुन, सिक्न, काम गर्न र दैनिक जीवन संचालन गर्न मानव जीवनमा संचारको ठूलो महत्व हुन्छ । संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । बहिरा व्यक्तिहरूको लागि एक आपसमा संचार गर्न र सुन्ने समुदायसँग संचार गर्न सांकेतिक भाषाको प्रयोग गर्छन् । तर हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरू आबाजमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकेका छैनन् ।
“मेरो गणना मेरो सहभागीता” भन्ने मुल नाराका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र केन्द्रीय तथ्याकं बिभागको संयुक्त अयोजनामा माइराइट नेपालको सहयोगमा राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गताका भएका व्यक्तिहरूको सवाल बिषयमा छलफल बृहत अन्तर्कृया कार्यक्रम भर्चुअल माध्यमबाट मिति २६ भाद्र २०७७ मा सम्पन्न भएको थियो । केन्द्रिय तथाङ्क विभागबाट महानिर्देशक श्री नेविन लाल श्रेष्ठ ज्यूको अध्यक्षता संचालित यस बृहत अन्तर्कृया कार्यक्रममा विभागका कर्मचारी, युएनफपीए, युएनका प्रतिनिधि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय, प्रादेशिक पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कर्मचारी, महासंघका पूर्व अध्यक्ष तथा निर्वतमान अध्यक्ष, दश वर्गीय स्वावलम्बी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र अपाङ्गता क्षेत्रमा सक्रिय रूपमा कार्यरत अपाङ्गता क्षेत्रमा काम गर्ने संघसंस्थाहरु र पत्रकारहरु गरी १३९ जनाको सक्रिय सहभागितामा रहेको थियो ।
कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।
नेपालमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व गर्दै, अपाङ्गता भएका व्यक्तिका अधिकारहरूलाई संस्थागत गर्दै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आजबाट आफ्नो अथक यात्राको क्रममा २८ औँ बर्षमा प्रवेश गरेको छ । यो सुखद घडीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल परिवार, यस संस्थालाई आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सदस्य संस्था, सरकारी तथा गैर सरकारी सरोकारवाला निकाय, अपाङ्गता भएका व्यक्ति, नागरिक समाज, साझेदार संस्था, विकास निकायहरू, सञ्चार माध्यम, निजी क्षेत्र लगायत सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ । यसै अवसरमा सम्पूर्ण सदस्य संस्थाहरूमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले…