अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई स्वास्थ्य र पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश नं १ र २ को आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरु द्धारा संचालित संस्थाका सदस्यहरुलाई स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संखुवासभाको खाँदवारी र महोत्तरीको बर्दिबासमा गरिएको उक्त कार्यक्रमहरुमा कुल १२ जिल्लाका १५ वटा संस्थाका ४२ सहभागीहरु रहेका थिए जसमध्ये २४ जना शारीरिक, दृश्टी सम्बन्धी ४, बौद्धिक अपाङ्गता अभिभावक ४ र अन्य सहभागी १० जना उपस्थित हुनुभएको थियो ।

