विश्व डाउन सिन्ड्रोम दिवस सम्बन्धी प्रेस विज्ञप्ती
प्रत्येक वर्षको २१ मार्च विश्व डाउन सिन्ड्रोम दिवस (World Down Syndrome Day) को रुपमा मनाइन्छ । डाउन सिन्ड्रोम एक वंशाणुगत अवस्था हो जसमा २१औं जोडी क्रोमोजोमको अलावा एउटा पूर्ण वा आंशिक थप क्रोमोजोम रहन्छ जसले गर्दा व्यक्तिको विकास क्रममा परिवर्तन ल्याउँदछ फलस्वरुप डाउन सिन्ड्रोमको लक्षण देखाउँदछ । विश्वमा प्रत्येक १००० देखि ११०० जन्मेका जिवित शिशु मध्य १ जना डाउन सिड्रोम भएका शिशु जन्मन्छन। यसरी प्रत्येक वर्ष करीब ३,००० देखि ५,००० डाउन सिन्ड्रोम भएका बालबालिकाहरु जन्मने गर्दछन ।

