सुचना ! सुचना !! सुचना !!!
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औ साधारण सभा र १० औ महाधिवेशन सम्बन्धि सूचना
उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २३ औ साधारण सभा र १० औ महाधिवेशन सम्पन्न गर्नको लागि मिति २०८२/०८/०४ गते बसेको संघिय कार्यसमितिको बैठक र मिति २०८२/०८ /२० गते बसेको कार्य सम्पादन समिति बैठकको निर्णय अनुसार तपशिल बमोजिमको निर्वाचन कार्य तालिका आबद्ध संघ संस्था, प्रदेश कार्य समिति र सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
निर्वाचन कार्य तालिका
क. २०८२ साल फागुन०६ र ०७ गते निर्वाचन हुने अवस्था भएमा:
- २०८२/०९/१५ गते सम्म संस्था आबद्धता र नवीकरणको अन्तिम समय सीमा
- २०८२/०९/१६ गते महासंघमा आवद्दता र नबिकरण भएका संस्थाको नामावली प्रमाणीकरण
- २०८२/०९/१६ देखि २०८२/०९/२३ सम्म आबद्दद्ता र नबिकरण भएका संस्थाहरु उपर दाबि बिरोध को (उजुरी) सूचना प्रकाशन
- २०८२/०९/२४ देखि २०८२/०९/२७ सम्म उजुरी वा दाबि बिरोध माथिको अन्तिम निर्णय
- २०८२/०९/२९ गते संस्थाहरुको अन्तिम नामावली प्रकाशन
- २०८२/०९/३० मा संस्थाहरुबाट १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको फोटो र अपाङ्गता परिचय पत्र र अभिभावक भएमा पुष्टि गर्ने कागजात सहित संस्थाको निर्णय र सिफारिश
- २०८२/१०/१९ सम्म प्रतिनिधिहरुको नामावली सम्बन्धित संस्थाहरुले पठाई सक्नु पर्ने र अन्यथा व्यवस्थापकीय दृष्टी कोणले प्रतिनिधिहरुको नाम समावेश गर्न नसकिने ।
ख. २०८२ साल चैत २७ र २८ गते निर्वाचन हुने अवस्था भएमा:
- २०८२ फागुन ०५ गते सम्म संस्था आबद्धता र नवीकरणको अन्तिम समय सीमा
- २०८२/११/०६ र ०७ मा संस्थाको नामावली प्रमाणीकरण
- २०८२ फागुन ०७ गतेदेखि २०८२ फागुन १५ गतेसम्म दाबी-विरोध (उजुरी) का लागि सूचना प्रकाशन
- २०८२ फागुन २१ गते संस्थाहरूको अन्तिम नामावली प्रकाशन
- २०८२ फागुन २२ गते पत्राचार प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको फोटो र अपाङ्गता परिचय पत्र र अभिभावक भएमा पुष्टि गर्ने कागजात सहित संस्थाको निर्णय र सिफारिश
- २०८२ चैत ११ गते सम्म प्रतिनिधिहरुको नामावली सम्बन्धित संस्थाहरुले पठाई सक्नु पर्ने र अन्यथा व्यवस्थापकीय दृष्टी कोणले प्रतिनिधिहरुको नाम समावेश गर्न नसकिने
- २०८२ चैत १९ गते प्रशासकीय प्रमुखबाट प्रमाणित र अन्तिम प्रतिनिधिहरूको नामावली प्रकाशन ।
नोट : २०८२/११/०६ र ०७ गते वा २०८२/१२/ २७ र २८ गते कुन मितिमा सम्पन्न गर्ने भन्ने सुचना २०८२/०९/१० गते सूचना प्रकाशित गरिने छ संस्था आबद्धता र नवीकरण माथि उल्लेख भए बमोजिम अन्तिम समय सिमा हुनेछ ।

