“हामीलाई पनि समावेश गर” Phase-II परियोजना अन्तर्गत तोकिएको स्थानीय तहमा परियोजना कार्यान्वयन गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संस्था(OPD) छनौट लागि प्रकाशित सूचना
१: संस्थाको परिचय:
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न वि.सं. २०५० सालदेखि निरन्तर क्रियाशील एकमात्र राष्ट्रिय छाता संस्था हो । यस संस्थाले नीति निर्माणमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेश गराउन र बनेका नीतिहरूको कार्यान्वयन गराउनका लागि विशेष भूमिका खेल्दै आएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले पछिल्लो समयमा अपाङ्गता समावेशी विकास, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न, सदस्य संस्थाहरू (OPDs) र अन्य सरोकारवालाहरूको क्षमता विकास, CRPD को कार्यान्वयनमा काम गरिरहेको छ ।
२. परियोजनाको पृष्ठभूमि
‘हामीलाई पनि समावेश गर” फेज–II’ परियोजना राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFD-N) र CBM Global Disability Inclusion सङ्गको साझेदारीमा सञ्चालन गरिरहेको पाँच वर्षे (सन २०२५-२०३०) सम्मको परियोजना हो ।
यस परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना अधिकारहरूको पूर्ण उपभोग गर्न र सामाजिक, आर्थिक तथा राजनीतिक जीवनमा समान रूपले सहभागी हुन सक्ने समावेशी नेपाली समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
नेपालले अपाङ्गता अधिकार प्रवर्द्धनका क्षेत्रमा केही प्रगति हासिल गरेको छ, तर अर्थपूर्ण समावेशीकरण अझै पनि सीमित छ । अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा पहुँच जस्ता आधारभूत क्षेत्रमा विभिन्न अवरोधहरूको सामना गरिरहेका छन्, जुन सामाजिक असमानता, परम्परागत सोच तथा सांस्कृतिक पूर्वाग्रहले झनै जटिल बनाएको छ । विशेषगरी अपाङ्गता भएका महिलाहरू र सीमान्तकृत समुदायका व्यक्तिहरूले बहुअपमानीकरण र बहिष्करणको सामना गर्नुपरिरहेको छ ।
“हामीलाई पनि समावेश गर” पहिलो चरणका उपलब्धिहरूलाई आधार मानेर, यस दोस्रो चरणमा अधिकार, नीति कार्यान्वयन र प्रणालीगत परिवर्तन ल्याउनको लागि काम गर्नेछ । यस परियोजनाले अपाङ्गता भएका व्यक्तिहरू विशेषगरी अपाङ्गता भएका महिलाहरू र अपाङ्गता त्यस भित्रपनि निम्न प्रतिनिधित्व भएका समूहहरूलाई ज्ञान, सीप, चेतना र निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्ने दिशामा सशक्त बनाउने लक्ष्य राखेको छ । साथै, संघीय, प्रदेश र स्थानीय तहका सरकारी नीतिहरू, कार्यक्रमहरू र बजेट अपाङ्गता समावेशी बनाउनका लागि परियोजनाले काम गर्नेछ ।
परियोजनाले मुख्य गरि नीति तथा सुशासन, न्यायमा पहुँच, अपाङ्गता भएका महिलाहरू र निम्न प्रतिनिधित्व भएका समूहहरूको लागि नेतृत्व तथा सशक्तिकरण, पहुँचयुक्तता, सचेतना तथा महासंघ र यसका सदस्य संस्थाहरुको क्षमता विकासमा काम गर्नेछ ।
“हामीलाई पनि समावेश गर” फेज-II’ परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रबर्ध्दनका लागि रहेका विद्यमान अवरोधहरू हटाउदै, समान अवसर प्रवर्द्धन गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण र सम्मानजनक सहभागितालाई सुनिश्चित गर्ने लक्ष्य राखेको छ । अन्ततः, यस परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना अधिकारहरू पूर्ण रूपमा उपयोग गर्न सक्ने समावेशी, न्यायपूर्ण र सक्षम समाज निर्माण गर्न योगदान पुर्याउने छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले CBM Global Disability Inclusion सँगको साझेदारीमा सन्चालित “हामीलाई पनि समावेश गर” परियोजना अन्तर्गत ४ प्रदेशका १२ पालिकाबाट १२ वटा अपाङ्गता भएका व्यक्तिहरूद्वारा संचालित संस्था (OPDs) लाई स्थानीय स्तरमा परियोजना कार्यान्वयन साझेदारको रूपमा छनौट गर्नुपर्ने भएकालेसुदूरपश्चिम प्रदेशमा जानकी गाउँपालिका-कैलाली, मङ्गलसेन नगरपालिका-अछाम, भीमदत्त नगरपालिका-कंचनपुर,लुम्बिनी प्रदेशमा शीतगङ्गा नगरपालिका-अर्घाखाँची, दङ्गिशरण गाउँपालिका- दांग, बढैयाताल गाउँपालिका-बर्दिया,कर्णाली प्रदेशमा मुसिकोट नगरपालिका-रुकुमपश्चिम, छायाँनाथ रारा नगरपालिका-मुगु, सिंजा गाउँपालिका – जुम्ला र मधेश प्रदेशमा आदर्श कोतवाल गाउँपालिका-बारा, परोहा नगरपालिका – रौतहट र लोहारपट्टी नगरपालिका- महोत्तरी सम्बन्धित जिल्लामा दर्ता भई माथि उल्लेखित पालिकामा कार्यक्षेत्र बनाई कार्य गरिरहेका स्थानिय OPD’s हरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पुर्ण प्रक्रिया पुरा गरि आवेदनहरु procurement@nfdn.org.np र बोधार्थमा spc.iu@nfdn.org.np र dcc.iu@nfdn.org.np मा OPD छनौटका लागि आवेदन बिषय राखी पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
३. कार्यशर्तको उद्देश्य:
यो कार्यशर्तको उद्देश्य राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) ले “हामीलाई पनि समावेश गर” परियोजनाको १२ पालिकाबाट १२ वटा अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPDs) लाई स्थानीय स्तरमा कार्यान्वयन साझेदारको रूपमा चयन गर्ने छ । यी OPD हरूलाई उनीहरूको संस्थागत प्रणालीलाई सुदृढ गर्न र सम्बन्धित नगरपालिकाहरूमा वकालत पहलहरूको नेतृत्व गर्नका लागि आर्थिक अनुदान र क्षमता विकास सहयोग प्रदान गरिनेछ ।
संस्थाले गर्नुपर्ने कार्यहरु:
- स्थानीय तहमा परियोजना गतिविधिहरू कार्यान्वयन गर्ने ।
- स्थानीय अपाङ्गता समन्वय समिति सँग समन्वय गरि काम गर्ने ।
- स्थानीय तहमा अपाङ्गता समावेशी निति तथा कार्यक्रम, बजेट र नीति कार्यान्वयनका लागि गतिविधिहरू सञ्चालन गर्ने ।
- अपाङ्गता भएका महिलाहरू तथा कम प्रतिनिधित्व भएका समूहका व्यक्तिहरूलाई लक्षित क्षमता अभिवृद्धि तालिमहरू सञ्चालन गर्ने ।
- संस्थाका पदाधिकारी एवम् सदस्यको समयानुकुल क्षमता विकास गरी उनीहरूले गर्ने जनवकालत र अन्य कार्यलाई प्रभावकारी बनाउन मद्दत गर्ने ।
- अपाङ्गता भएका व्यक्तिलाइ स्थानीय पालिकाहरूले दिने सेवा सुविधाहरूमा पहुँच वृद्धि गर्न स्थानीय स्तरमा गरिने जनवकालत, पैरवी एवम् प्राविधिक सहयोग सम्बन्धी कार्यकलाप सञ्चालन गर्न सहयोग गर्ने ।
- समुदायमा आधारित संस्था/समूह/सन्जालसंगको समन्वय र सहकार्य, आमसञ्चारको परिचालन वा त्यस्तै अन्य सिर्जनशिल रणनैतिक प्रयास मार्फत अपाङ्गता, अपाङ्गताको आधारमा हुने विभेद, प्रतिनिधित्व र अर्थपुर्ण सहभागिता जस्ता विषयवारे जनचेतना अविवृद्धि गर्ने ।
- हिंसापीडित तथा जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई न्याय तथा सेवामा पहुँच प्राप्त गर्न सहयोग गर्ने, आवश्यक परेमा रेफरल तथा केस–फोलोअप गर्ने ।
- स्थानीय सरकार, नागरिक समाज र सामुदायिक संगठनहरूसँग समन्वय गर्दै परियोजना उद्देश्यहरू प्रवर्द्धन गर्ने ।
- सबै गतिविधिहरूमा कम्तीमा ५०% अपाङ्गता भएका महिला र ३०% निम्न प्रतिनिधित्व भएका अपाङ्गता समूहहरूको सहभागिता सुनिश्चित गर्ने ।
संस्था/समूह छनौटका न्यूनतम आधारहरू:
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालित “Include Us Phase II” परियोजना कार्यान्वयनका लागि माथि उल्लेखित पालिकाहरूमा साझेदारीमा कार्य गर्नका लागि सम्बन्धित जिल्लामा दर्ता भई सोही पालिकामा कार्यरत अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था छनौट गरि सो संस्थालाई सहयोग प्रदान गरिनेछ ।
- सम्बन्धित पालिकामा न्यूनतम २ वर्षदेखि नियमित कार्य गरिरहेको ।
- अपाङ्गता भएका व्यक्ति वा तीनका अविभावकको पुर्ण नियन्त्रण, नेतृत्व र सकृयता रहने संस्था/समूह । तर ती संस्था/समूहले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र सम्बर्धनका लागि काम गरिरहेका हुनु पर्नेछ ।
- स्थानीय सरकारसँग काम गरेको वा स्थानीय शासन संरचनामा सहभागिता जनाएको अनुभव हुनुपर्ने ।
- संस्थागत क्षमता सवल भएका संस्थाहरू जस्तै भौतिक पुर्वाधार, विध्यमान परियोजना र कार्यक्रम, नियमित आर्थिक स्रोतको व्यवस्था, कर्मचारीको व्यवस्था, आवश्यक दस्तावेज र नीतिहरू आदि भएको ।
- लिङ्गका आधारमा महिला वा यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिद्वारा सञ्चालित संस्थाहरू ।
आवेदन पेश गर्ने संस्थाहरुले निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
- संस्थाको को विवरण फारम: यो फारम डाउनलोड गर्न यो लिंकमा क्लिक गर्नुहोस:
- संस्थाको आधिकारिक आवेदन पत्र सहित अवधारणा पत्र,
- जिल्ला प्रशासन कार्यालयबाट संस्थाको दर्ता प्रमाणपत्र, २०८३ असार मसान्त सम्म नबिकरण भएको प्रमाणको प्रतिलिपि,
- समाज कल्याण परिषदमा आवद्दता भएको प्रमाण पत्र र २०८३ असार मसान्त सम्म नबिकरण भएको प्रमाणको प्रतिलिपि,
- परियोजनाको कार्य क्षेत्रका स्थानीय तहमा दर्ता वा सुचिकृत भएको भएको प्रमाण,
- अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र र कर छुट को प्रमाण पत्र,
- संस्थाको विधान,
- संस्थाको प्रोफाइल,
- पछिल्ला २ आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन,
- अनुभव: स्थानीय सरकार वा अन्य संस्थासँगका साझेदारीमा काम गरेको प्रतिवेदनहरु ।
शुन्य सहनशीलता सम्बन्धि नीति:
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सधै समानताको सम्मान र प्रवर्द्धन गर्दछ, साथै महासंघ अपाङ्गता, लिंग, आर्थिक अवस्था, रंग, धर्म, जातजाति, भूगोल वा अन्य कुनै पनि आधारमा कुनै पनि प्रकारको भेदभाव, दुर्व्यवहार र हिंसाको विरुद्धमा छ । त्यसैले सम्पुर्ण सस्थाहरुले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको बाल संरक्षण तथा सुरक्षा नीति २०८० र यौन हिँसा, शोषण र दुर्व्यबहार विरुद्धको संरक्षण नीति २०८० मा उल्लेख गरिएका सबै प्रावधानहरु पालना गर्नु पर्नेछ ।
रित नपुगेका अपूर्ण आवेदनहरूलाई मूल्यांकनमा समावेश गरिने छैन ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सम्पूर्ण छनौट प्रक्रियालाई रद्द गर्ने, स्थगित गर्ने वा परिवर्तन गर्ने, साथै कुनै कारण नखुलाई कुनै पनि आवेदन अस्वीकृत गर्ने अधिकार आफुमा निहित राख्दछ ।

