सूचना
तिहार तथा छठ पर्वको विदा सम्बन्धमा
यस राष्ट्रिय अपाङ्ग महासंघ, नेपालको निर्णयअनुसार हिन्दुहरूको महान् पर्व तिहार को अवसरमा २०८३ साल कार्तिक २२ गतेदेखि कार्तिक २६ गतेसम्म कार्यालय विदा रहनेछ ।
त्यसैगरी, २०८३ साल कार्तिक २९ गते छठ पर्व परेको र उक्त पर्वको अवसरमा कार्यालय व्यवस्थापनलाई ध्यानमा राख्दै २०८३ साल कार्तिक २७ गते एक दिन थप विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।
अतः विदा समाप्त भएपछि २०८३ साल कार्तिक ३० गतेदेखि राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।
कुमार रेग्मी
महासचिव
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
मिति: २०८३ साल कार्तिक २१ गते शनिवार

