तस्विरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननिय तप बहादुर मगर ज्यु, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननिय सूर्य प्रसाद शर्मा ढुङ्गेल ज्यु, माननिय मिहिर ठाकुर ज्यु, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रशासकिय व्यवस्थापक लय प्रसाद उप्रेति र हामिलाई पनि समावेश गर परियोजनाको वरिष्ठ परियोजना संयोजक बिमल बस्नेत।

Similar Posts

  • Vacancy: Program Assistant in Provincial Office

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in its office at Butwal (Lumbini Province)

  • समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि…

  • सामाजिक सुरक्षा भत्ता सम्बन्धी प्रेश विज्ञप्ति

    अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको सन्दर्भमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागको च. नं १३७० मिति २०७६/१२/२६ को परिपत्रको विषयमा राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो आधिकारिक धारणा मिति २०७७/२/७ को प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिसकेको हो ।  उक्त परिपत्रबाट उत्पन्न परिस्थिति र चौतर्फि भएको गुनासोका बारेमा मिति २०७७ जेष्ठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सम्माननीय प्रधानमन्त्री ज्यूबाट पाइरहेको सामाजिक सुरक्षा भत्ता कटौति नगरिने र यसको दायरा अझ फराकिलो पारिने भनि प्रतिवद्धता व्यक्त भएकोमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल आम अपाङ्गता भएका ब्यक्तिहरुका तर्फबाट आभार ब्यक्त गर्दछ र साथै राष्ट्रिय अपाङ्ग महासंघ  नेपाल सो प्रतिबद्धताको प्रभावकारी रूपमा कार्यान्वयन होस भन्ने जोडदार माग गर्दछ ।

  • कोभिड प्रतिकार्यको लागि सचेतनामूलक समावेशी भिडियो

    कोभिड १९ को विश्वव्यापी संक्रमणको महामारीको प्रभाव नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको छ । यस विपद् र महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरु विभिन्न अवरोध र अपाङ्गताको आधारमा गरिने विभेदको कारणले सबैभन्दा धेरै जोखिममा परेका हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने सहायक सामग्री उहाँहरुको जीवन अभिन्न अंग हो । आफ्नो सहायक सामग्री सफा राख्न र संक्रमणमुक्त गराउने उपायहरुको बारेमा सिकाउन, सहयोगीले हेरचाह गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सहयोगीलाई विस्तृत जानकारी गराउने उद्देश्यले सरल भाषामा सांकेतिक भाषा दोभाषे र क्याप्सनिङ सहितको भिडियो नेपाल टेलिभिजनमा सामाचार भन्दा पहिले जानकारीमूलक सुचना सन्देश प्रसारण भइरहेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले क्रिश्चियन एडसँगको सहकार्यमा तयार भएको यस जानकारीमूलक भिडियोलाई निम्न लिङ्क मार्फत जानकारी लिन पनि सक्नु हुनेछ ।